Period का कुरा

  • Home
  • Period का कुरा

Period का कुरा Podcast smashing period taboos, stigmas, and harmful practices for dignified menstruation.

10/08/2025
08/08/2025

रजोनिवृत्ति (Menopause): लक्षणहरू कसरी व्यवस्थापन गर्ने?
रजोनिवृत्तिले महिलाहरूमा ज्यादै कठिन परिवर्तनहरू निम्त्याउँछ। ती मध्ये केही सामान्य लक्षणहरू निम्न हुन्: -
अनिद्रा , निदाउन गाह्रो हुने हुनाले छटपटी हुन्छ ।- कम कामवासना - कामवासनाको इच्छामा ह्रास आउछ । यसले गर्दा कतिपय परिवारमा अर्थात श्रीमानश्रीमतीबीचको सम्बन्धमा फाटो आउन सक्छ ।यसको कारण महिलाहरुको समस्या पुरुषहरुले नबुझ्नाले हुन जान्छ । धेरैजसो महिलाहरुमा मेनुपोज हुनु अघि पनि र पछि काम इच्छा कमी हुन्छ ।यस समयमा हुने अन्य परिवर्तनहरु यस प्रकार छन् -
तातो पानी बग्ने , वजन बढ्ने ,दिक्क हुने , रिस उठने , छटपटी हुने ,झर्को लाग्ने , चिटचिट पसिना आउने , मन अस्थिर हुने ,योनी सुख्खापन हुनेजस्ता बिविध कारणले समस्यालाई अझ जटिल बनाउने गर्दछ ।यदि योनी सुख्खा हुदा एस्ट्रोजेन ड्रपको प्रयोग गर्यौॅ भने जोखिम अझ बढाउँछ: - यसका जोखिम यस प्रकार छन् :- ओस्टियोपोरोसिस , हृदय रोग र पिसाब असंयम भै थाम्नै गाह्रो हुने परिस्थिति आउछ ।
यस प्रकारको अवस्थालाई केही हदसम्म निदान गर्न
यहाँ 5 भिटामिनहरूको कुरा गरिएको छ। जसले उल्लेखित मेनुपोजमा देखिएका समस्या अथवा लक्षणहरूमा मद्दत गर्दछ: भिटामिन ए ,भिटामिन ए को लागि आवश्यक छ: - छाला , हड्डीहरू ,मासु । यसैगरी यी निम्नलिखित कुराहरुमा पनि तपाईले भिटामिन ए पाउनुहुनेछ: जस्तै- माछा ,अण्डा , गाजर , पालुङ्गो , कलेजो ।त्यसै गरी भिटामिन डी तपाईको शरीरका हड्डी मजबुत हुन , मांसपेशी कसिलो हुन र तनाव हुने समस्या समाधानका लागि धेरै महत्त्वपूर्ण छ। भिटामिन डि सूर्यको तापका अतिरिक्त, तपाईं यसलाई प्राप्त गर्न माछा, अण्डा र च्याउ पनि खान सक्नुहुन्छ। त्यस्तै त्यस समय अत्यावश्यक छ भिटामिन 'इ ', भिटामिन इ एक शक्तिशाली एन्टिअक्सिडेन्ट हो। यसले तपाईंको हड्डी, मस्तिष्क र मुटुमा खुल्लारुपले रेडिकलहरूसँग लड्छ। यसले तपाईंमा देखापरेको तनाव र सूजनबाट पनि बचाउँछ। तपाईंले कलेजो, अण्डा, समुद्री खाना, एभोकाडो, बदामहरु , ब्रोकाउली, पालुङ्गोबाट भिटामिन 'ई' प्राप्त गर्न सक्नुहुन्छ। भिटामिन बी 12,( B12)ले तपाईंको हड्डी बलियो बनाउन, तनाव कम गर्न, स्मरण शक्ति बढाउन र शारीरिक ऊर्जाको लागि महत्त्वपूर्ण छ। रजोनिवृत्तिको समयमा सामान्यतया B12 को कमी देखा पर्छ। त्यस कारण कलेजो, मासु, डेयरी र सिताके च्याउबाट आफ्नो B12 प्राप्त हुने हुनाले यी चिजहरु खाने गर्नुपर्छ । भिटामिन B6 सेरोटोनिन उत्पादन गर्न तपाईलाई B6 चाहिन्छ। सेरोटोनिन बिना, तपाईं सबैभन्दा संवेदनशील हुनुहुन्छ: - यसले अनिद्रा ,दिक्क लागेर आउने, कमजोरी ,तातो पानी बग्ने ,गुलियो चिजको लोभ जागेर आउदछ । तसर्थ यसको परिपूर्तिका लागि दूधका परिकार, अण्डा, माछा, मासु, कलेजो, पालुङ्गो र गाजर खानुपर्छ जसमा प्रशस्त मात्रामा भिटामिन B6 प्राप्त हुन्छ ।
यसरी रजोनिवृत्त अर्थात मेनोपोज हुने समयमा महिलाहरुले खानपान र स्वास्थ्यप्रति विशेष ध्यान पुर्याउनुपर्छ भने परिवारले पनि महिलाहरुको त्यस समयको कठिन परिस्थितिलाई यो प्राकृतिक नियम ठानी सक्तो सहयोग पुर्याउनुपर्दछ ।

कुप्रथा रोकिएको छैन, मात्र प्रवृत्ति केही फेरिएको छ 🩸
27/07/2025

कुप्रथा रोकिएको छैन, मात्र प्रवृत्ति केही फेरिएको छ 🩸

११ साउन, काठमाडौं । दुई साताअघि कञ्चनपुरमा छाउगोठमा सुतेका बेला सर्पले डसेर एक महिलाको मृत्यु भएको खबर चर्चामा आ.....

20/07/2025
हामीले कहिल्यै सोचेका छौं? हाम्रो घरको शौचालयमा राखिएको बाल्टिन र जगमा के–के लुकेर बस्छ र त्यो कसरी महिलाको स्वास्थ्यलाई...
18/07/2025

हामीले कहिल्यै सोचेका छौं? हाम्रो घरको शौचालयमा राखिएको बाल्टिन र जगमा के–के लुकेर बस्छ र त्यो कसरी महिलाको स्वास्थ्यलाई चुपचाप असर गरिरहेको छ?

आजको Period Kaa Kura एपिसोडमा हामीले साबिता अधिकारीसँग कुरा गरेका छौ जसले University of Sydney बाट “Microbial Risk in Rural Sanitation” विसयमा Phd अनुसन्धान गर्नु भएको छ। नेपाल र फिजीका गाउँहरूमा प्रयोग हुने दैनिक शौचालयका उपकरणहरूमा E. coli र अन्य ब्याक्टेरिया भेटिएका छन् जुन् हाम्रो स्वास्थ्यलाई घातक हुन सक्च.

🔍 यस एपिसोडमा के सुन्न सकिन्छ ?

👉 सफा नगरिएको toilet को बाल्टी र जगले कसरी गम्भीर संक्रमण निम्त्याउन सक्छ?
👉सरसफाइ र महिनावारी स्वास्थ्य किन सँगसँगै जानै जरुरी छ?
👉 अनि साबिताका व्यक्तिगतरूपमा महिनावारी ट्याबू र stigma तोड्दै आएको यात्रा

यदि तपाईं सार्वजनिक स्वास्थ्य, महिनावारी स्वास्थ्य वा आफ्नै घरको शौचालयमै के भैरहेको छ, कस्तो छ भनेर फेरि सोच्न चाहनुहुन्छ भने, यो एपिसोड तपाईंका लागि हो।
🎧 पूरा episode comment box मा सुन्नु होला।

15/07/2025

"कमला चि!च्याइरहेकी थिई.....💔
तर गोठको ढोका मात्र होइन,
समाजको आत्मा पनि बन्द भइसकेको थियो।
साँझ परेपछि चिसोले अँगालो हाल्यो,
ड!रले सास अड्कियो,
र एउटा सर्पले "चुपचाप समाजलाई झकझक्याउँदै" उसलाई सधैँका लागि मौन बनायो।"
२८ वर्षकी एउटी युवती जो केवल महिनावारी भएकी थिई
उसको दोष यति मात्र थियो कि ऊ नारी थिई।
परम्पराको नाममा, ध!र्मको नाममा, लाजको नाममा
उसलाई जिउँदै गोठमा थु!नेर हामीले के जित्यौं?
जब छोरीको सिउँदोमा र!गत देखिन्छ पूजा गरिन्छ।
तर जब महिनावारी हुन्छ अपवित्र भन्दै एक्ल्याइन्छ।
यो कस्तो विडम्बना हो?
यो दु'र्घटना होइन यो सुनियोजित मौन ह*त्या हो।
यो संस्कार होइन यो शो'षण हो।
कमलाको चिच्याहटले हामीले पनि केहि सिक्नपर्छ कि
अब मौन बस्ने होइन बोल्नैपर्छ।
अब सहने होइन बदल्ने हो।
छाउगोठको अन्त्य अब कागजमा होइन समाजको व्यवहारमा देखिनुपर्छ ।

-सिम्रन खड्का ✍️

केहि दिन अगाडि कञ्चनपुरमा आफ्नै पक्की घर भए पनि अ!न्धवि!श्वासका कारण छिमेकीको घरछेउको छाउ!पडी गोठमा सुतेकी एक २८ वर्षीय महिलाको स!र्पले टो!केर मृ!त्यु भएको थियो। 😢💔

यस्ता खबरलाई दैनन्दिन सामान्य घटना मान्न छाडौ। यो  कथित परम्परा को नाममा रचिदै आएको सामाजिक अपराधको नतिजा हो ! One more ...
13/07/2025

यस्ता खबरलाई दैनन्दिन सामान्य घटना मान्न छाडौ।

यो कथित परम्परा को नाममा रचिदै आएको सामाजिक अपराधको नतिजा हो ! One more death in Menstrual Hut 😡

२९ असार, धनगढी । कञ्चनपुुरमा छाउगोठमा सुतेका बेला सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीया ...

We started Period Kaa Kura to create a space where we can be open and loud when we speak about period. Seeing our story ...
03/07/2025

We started Period Kaa Kura to create a space where we can be open and loud when we speak about period. Seeing our story featured alongside incredible menstrual justice campaigners in this piece means a lot.

Despite growing conversations, deep-rooted menstrual taboos and myths still persist across Nepal. These are the women trying to change that – Ridhi Agrawal reports.

महिनावारी प्याडको कर हटाउने सर्वोच्च अदालतको परमादेशबारे बुझ्नु भएको छ?यो पोस्टले सरल ढंगले बुझाउँछ:👉 सर्वोच्च अदालतको प...
28/06/2025

महिनावारी प्याडको कर हटाउने सर्वोच्च अदालतको परमादेशबारे बुझ्नु भएको छ?

यो पोस्टले सरल ढंगले बुझाउँछ:
👉 सर्वोच्च अदालतको परमादेशमा के छ?
👉 स्यानिटेरी प्याडको मुल्य कहिलेबाट हट्छ?
👉 अब थप के गर्न बाँकी छ?

पूरा बुझ्न सबै स्लाइडहरू हेर्नुहोला।
र यो निर्णय पछाडिको यात्रा बारेको कुराकानी हाम्रो नयाँ एपिसोड पनि सुन्नुहोस् ।

23/06/2025

सुर्खेतको जीवनज्योति माध्यमिक विद्यालय चौकुनेमा १२ कक्षामा अध्ययनरत पूजा नेपाली महिनावारीको समयमा विद्यालय ग.....

Address


Website

https://periodkaakura.com/

Alerts

Be the first to know and let us send you an email when Period का कुरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Period का कुरा:

  • Want your business to be the top-listed Media Company?

Share