KhabarZero

KhabarZero "Zero देखि उजागर, सत्य खोलेर समापन" यो हो KhabarZero
(1)

04/05/2026

सेना र प्रहरीको अथक प्रयासको बाबजुद पनि रोशी ७ लास्कोट र घुमाउनेको बिचमा फसेका यात्रुहरूको उद्धार हुन सकेको छैन

03/05/2026

नेपाली हो नि, चान्स पाए पछि गर्छ 😂

03/05/2026

बिद्रोह...!

02/05/2026

अनुमतिबिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्य तथा दक्षिण एसियाली मामिला विशेष दूत एवम् भारतका लागि राजदूत सर्जियो गोरले एभरेष्ट बेसक्याम्प (सगरमाथाको आधारशिविरमा) पुगेर अल्ट्रा एक्स जेन २ नामक अमेरिकन कार्गो ड्रोनको परीक्षण गरेका छन । अनुमति बिना चीनको सीमा क्षेत्रमा पुगेर ड्रोन परीक्षण कसरी भयो भन्ने बारेमा अहिलेसम्म नेपालको सरकारले केही बोलेको छैन् ।

01/05/2026

मन्दिर पनि ढल्यो

30/04/2026

किन अदालतले रोक लगायो "लालिबजार"

29/04/2026

पुल्चोक क्याम्पस परिसरमा प्रहरीको गस्ती ?

28/04/2026

प्रधानमन्त्रीलाई बालेनलाई आरआर स्ववियू अध्यक्ष लोकेश खड्काको खुला चुनौती: विचार र वाद भए कार्यकर्ता विश्वविद्यालय पठाउ र चुनाव गर

28/04/2026

सरकार विरुद्ध विद्यार्थीले घेरे त्रिभुवन विश्वविद्यालयको डिन कार्यालय, प्रधानमन्त्री बालेन र शिक्षामन्त्री सस्मित पोखरेलको राजिनामा माग

28/04/2026

काठमाडौं । ओडिसाको केओन्झार जिल्लास्थित पटना ब्लकबाट एउटा यस्तो हृदयविदारक र स्तब्धकारी समाचार बाहिरिएको छ, जसले आधुनिक समाज र प्रशासनिक संवेदनशीलतामाथि गम्भीर प्रश्न खडा गरेको छ ।

आफ्नी मृत दिदीको बैंक खातामा रहेको रकम निकाल्न बैंकले ‘खातावाला नै उपस्थित हुनुपर्ने’ अव्यवहारिक अडान राखेपछि एक व्यक्तिले दिदीको चिहान खनेर अस्थिपञ्जर नै बैंक पुर्‍याएका छन् ।

घटनाको मुख्य पात्र ५० वर्षीय जितु मुन्डा हुन्, जसकी दिदी कालारा मुन्डाको केही समयअघि मृत्यु भएको थियो । कालाराको ओडिसा ग्रामीण बैंकको मालिपोसी शाखामा २०,००० रुपैयाँ जम्मा थियो । आर्थिक समस्यामा रहेका जितुले उक्त रकम निकाल्नका लागि आवश्यक मृत्यु दर्ता प्रमाणपत्र र अन्य कानुनी कागजातहरू संकलन गरेर बैंकमा पेश गरेका थिए ।

तर, बैंकका कर्मचारीहरूले जितुको पीडा बुझ्नुको सट्टा प्रक्रियागत झन्झट देखाउँदै उनलाई पटक-पटक फर्काइदिए । बैंक प्रशासनले मृत व्यक्तिको हकमा हुने कानुनी सहजतालाई बेवास्ता गर्दै ‘खातावाला व्यक्ति स्वयं उपस्थित नभई रकम दिन नसकिने’ अमानवीय र तर्कहीन अडान लिन छोडेन । एक मृत व्यक्ति कसरी बैंक आउन सक्छ भन्ने कुरा बुझ्न बैंक व्यवस्थापन असमर्थ देखियो ।

हप्तौंसम्म बैंक धाउँदा पनि कुनै समाधान ननिस्किएपछि र आर्थिक अभावले पिरोलिएपछि जितुले एउटा विचलित तुल्याउने कदम चाल्ने निर्णय गरे । उनले आफ्नी दिदीको चिहान खनेर त्यहाँ रहेको अस्थिपञ्जर बाहिर निकाले र त्यसलाई एउटा कपडामा बेरेर आफ्नो काँधमा राखी सीधै बैंकको शाखा पुगे ।

जब जितु काँधमा अस्थिपञ्जर बोकेर बैंक भित्र प्रवेश गरे, त्यहाँ उपस्थित कर्मचारी र अन्य ग्राहकहरूबीच खैलाबैला मच्चियो। धेरै मानिसहरू डराएर बैंक बाहिर भागे भने कोही यो दृश्य देखेर स्तब्ध भए । जितुले बैंक काउन्टरमै दिदीको अस्थिपञ्जर राखेर आफ्नो आक्रोश र बेदना पोखेका थिए, जसको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी बैंक पुगेर जितुलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले संवेदनशीलता देखाउँदै जितुलाई सम्झाई-बुझाई दिदीको अस्थिपञ्जर पुनः सम्मानपूर्वक गाड्न लगाएको छ। यो घटनाले स्थानीय प्रशासन र बैंकको कार्यशैलीप्रति सर्वसाधारणमा ठूलो आक्रोश पैदा गरेको छ ।

यो घटनाले विशेषगरी ग्रामीण भेगमा बसोबास गर्ने गरिब र आदिवासी समुदायले भोग्नुपर्ने प्रशासनिक सास्तीलाई उजागर गरेको छ । नियम र कानुन जनताको सहजताका लागि हुनुपर्नेमा, उल्टै सर्वसाधारणलाई मानसिक र शारीरिक यातना दिने हतियार बनेको भन्दै अधिकारकर्मीहरूले ओडिसा ग्रामीण बैंकको कडा आलोचना गरेका छन् ।

अहिलेसम्म ओडिसा ग्रामीण बैंकले यस विषयमा कुनै आधिकारिक स्पष्टीकरण वा माफी मागेको छैन । तर, यो घटनाले विश्वभरको ध्यान खिचेको छ र बैंकिङ प्रणालीमा हुनुपर्ने मानवीय संवेदना र सुधारका बारेमा नयाँ बहस छेडिदिएको छ ।

सरकार विरुद्ध त्रिविमा उत्रियो विद्यार्थी शक्ति
28/04/2026

सरकार विरुद्ध त्रिविमा उत्रियो विद्यार्थी शक्ति

28/04/2026

अनेकथरी रास्वपा सांसद, गर्छन् अनेक फण्डा

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when KhabarZero posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KhabarZero:

Share