07/09/2025
अस्ट्रेलियामा घाइते कंगारूलाई मद्दत गर्ने क्रममा दुई नेपाली नर्सको मृ'त्यु भएको समाचार पुष्टि भएको छ। २०२५ सेप्टेम्बर ४ तारिख, बिहीबार राति मेलबर्नको ह्युम फ्रीवेमा सर्ला खड्का र अरेजा सुवाल नामक ३० वर्षीया दुई नर्सहरूले घाइते कंगारूलाई मद्दत गर्न गाडी रोकेका थिए। त्यही क्रममा अर्को गाडीले उनीहरूलाई ठ'क्कर दिएको थियो। सर्ला खड्का घटनास्थलमै मृ'त्यु भएको थियो भने अरेजा सुवाललाई अस्पताल पुर्याइए पनि उनको पनि मृ'त्यु भएको थियो। दुवै जना अल्फ्रेड अस्पतालमा नर्सका रूपमा कार्यरत थिए र उनीहरूको मित्रता १४ वर्ष पुरानो थियो। केही घण्टा अघि सारलाले आफ्नो १४ वर्षे मित्रताको सम्झना गर्दै फेसबुकमा भावपूर्ण पोष्ट गर्दै लेखेकी थिईन्,“यी वर्षहरूमा तिमी मेरो निरन्तर साथ, मेरो साझेदार र साथी रह्यौ। हास्दा पेट दुख्ने सम्म हाँस्नदेखि आँसुमा एकअर्कालाई धैर्य दिनेसम्म, हामीले सबै देख्यौं र अझ बलियो छौं,” सारलाले लेखेकी थिइन्।