13/10/2025
June 29,2016 मा जर्जियाको ब्यस्त सडकमा शानदार कपडाले सजिएर चिटिक्क परेको अनुहारको साथ एउटी ६ सालकी बालिका देखा परी। हजारौंको भीडले उनलाई नियाल्थ्यो र दया प्रेमले सोध्ने गर्थे...
" नाम के हो?".
" घर कहाँ हो?"
" भोक लाग्यो?"
" बुवा-आमाको नाम के हो?"
" यहाँ एक्लै किन बसेको?"
" कति बर्षकी भयौं?"
" घर कहाँ हो भन, घरसम्म छाडिदिन्छु।"
" घरको फोन नम्बर कति हो? म फोन गर्दिन्छु।"
यस्तै सयौं, हजारौंले सहानुभूति र सहयोगी भावना देखाए।
केहीक्षणपछि सोही बालिका फोहोर र नमिलेको पोशाक र साधारण अनुहारमा त्यै ब्यस्त सडक र भीडमा देखा परी। हजारौं मान्छे ओहोरदोहोर गरें,तर एक ब्यक्ति कसैले पनि उनको हालखबर सोध्न र दयाभाव देखाउन आएनन्। घन्टै बित्यो,उनको नजिक सम्म कोही देखा परेनन्।
फेरि उनी सुसज्जित भएर एउटा भिडभाड रेष्टुरेन्टमा गईन र भरिभराउ टेबलको कुर्सीना बसिन्। टेबुलको साथ कुर्सीमा बसेका मान्छेहरुले दयाभाव देखाउँदै सोध्थें।
" को सँग आएको?"
" बुवा-आम खोइ ?"
"नाम के हो?"
" के खाने मन छ ?"
" हामो नानीको साथी बन्ने हो?"
उनी जुन टेबुलमा जान्थिन, सवैले हालखबर सोध्ने र खानाको अफर गर्थे।
उनी फेरि त्यही रेष्टुरेन्टमा असली अनुहार, फोहोर र नमिलेको कपडा लगाएर पुगिन र पहिलाको जस्तैं हरेक ब्यस्त टेबुलमा बसिन्। जब उनी कुनै टेबुलना जान्थिन, त्यहाँ कोहीले आफ्नो ब्याग लुकाउँथे, कोहीले यहाँ नआँऊ भन्थें कसैले उनलाई देखेर घिनले नाक खुम्क्याउँथे,कसैले गाली गर्थे त कसैले रेष्टुरेन्ट म्यानेजमेन्टसँग शिकायत गर्थें।
यो अनाथ बालबालिकाहरूको रेखदेख गर्ने संस्था UNICEF ले गरेको Social Experiment थियो। यो Experiment ले के पत्ता लगायो भनें, बालबालिकाहरूको मूल्याकंन हृदयले होईन,उनीहरुको बाहिरी सुन्दर आवरणले प्रभाव पार्ने रहेछ।
जब ती बालिका भिखारीको रूपमा रेष्टुरेन्टमा देखा परिन। त्यहाँको मानिसहरूको दुष्ट बोली र दुव्र्यवहारले ती बालिकालाई यति धेरै ठोस पुर्यायो, उनले आफुलाई सम्हाल्न सकिनन्। आखिर UNICEF ले बाकी रहेको Experiment बिचैमा रोक्नुपर्यो।
" Don't judge a book by it's cover"
( बाहिरी रुपले मात्रै उसको मुल्यांकन नगर )