30/07/2026
डिजिटल नेपालको कथा आजबाट सुरु भएको होइन।
यसको सुरुवात ती पहिलो टेलिफोनका तारहरूबाट भएको थियो, जहाँ भिर–पाखा चढेर तार जोड्ने हातहरू थिए, सडकभरि केबल बिछ्याउने अथक पाइलाहरू थिए। उनीहरूको पसिना, साहस र समर्पणले नेपालको सञ्चार पूर्वाधारको पहिलो अध्याय लेख्यो।
आज हामी डिजिटल नेपालको कुरा गरिरहेका छौं भने त्यसको जग त्यही पुस्ताले बनाएको थियो। सञ्चारको यो यात्रा केवल प्रविधिको विकासको कथा होइन, यो पुस्तौँलाई जोड्ने विश्वास, परिवर्तन र समृद्धिको निरन्तर यात्रा हो।