Sudur Voice TV

Sudur Voice TV भ्रष्टाचार अनियमितता र बेथिति विरुद्धको आवाज
Department of Information Reg. No. 4543/080-081
Phone: 9862139599
Visit our Website: https://sudurvoice.com/

एमाले अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनका क्रममा गोली हान्न आदेश दिएको भेटिए कारबाही भोग्न तयार रहेको बताएका छन्।ज...
03/11/2025

एमाले अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनका क्रममा गोली हान्न आदेश दिएको भेटिए कारबाही भोग्न तयार रहेको बताएका छन्।
जन-जी आन्दोलनपछि पहिलोपटक कान्तिपुर टेलिभिजनमा अन्तर्वार्ता दिँदै उनले भने, "छानबिन आयोग ममाथि मात्रै केन्द्रित भयो। छानबिन आयोगले त २३ र २४ गतेको घटनाक्रमलाई छानबिन गर्नुपर्ने हो। तर सिधै ममाथि केन्द्रित भएर छानबिन समिति गठन भएको छ। यो पूर्वाग्राही हो। गोली हान्ने प्रहरी र आदेश दिने अधिकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ। मैले आन्दोलनका क्रममा गोली हान्न आदेश दिएको छैन। गोली हान्न आदेश दिनेमा मेरो संलग्नता भेटिए अवश्य म कारबाही भोग्न तयार छु।"

नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ।
26/10/2025

नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ।

अस्ट्रेलिया विरुद्धको ओडिआइ खेलमा रोहित शर्मा अर्धशतक बनाएर क्याच आउट भएका छन्। उनले ९७ बलमा ७३ रन बनाएका हुन्।
23/10/2025

अस्ट्रेलिया विरुद्धको ओडिआइ खेलमा रोहित शर्मा अर्धशतक बनाएर क्याच आउट भएका छन्।
उनले ९७ बलमा ७३ रन बनाएका हुन्।

दुर्गा प्रसाई भन्छन्-  "पेट्रोल, डिजेल, आफूलाई अत्यावश्यक चाहिने सामग्री र खानेकुराहरू किनेर राखिहाल्नुहोस्। छठ पछाडि ठू...
20/10/2025

दुर्गा प्रसाई भन्छन्- "पेट्रोल, डिजेल, आफूलाई अत्यावश्यक चाहिने सामग्री र खानेकुराहरू किनेर राखिहाल्नुहोस्। छठ पछाडि ठूलो आन्दोलन हुँदैछ, नेपाल अनिश्चितकालीन बन्द हुँदैछ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सबै नेपाल बन्द हुँदैछ। जबसम्म यो व्यवस्था र संविधान फ्याक्दैनौँ, तबसम्म हाम्रो आन्दोलन रोकिँदैन।"
स्राेत: प्राइम टाइम टेलिभिजन

ओमानलाई ३८ रनले पराजित गर्दै नेपालले शानदार जित हासिल गरेको छ।
15/10/2025

ओमानलाई ३८ रनले पराजित गर्दै नेपालले शानदार जित हासिल गरेको छ।

ओहो ! जेन–जीका गृहमन्त्रीको निरीहता !अधिवक्ता तथा कानुनका ज्ञाता ओमप्रकाश अर्याल जेन–जी आन्दोलनको बलमा गृहमन्त्री बने।जे...
09/10/2025

ओहो ! जेन–जीका गृहमन्त्रीको निरीहता !
अधिवक्ता तथा कानुनका ज्ञाता ओमप्रकाश अर्याल जेन–जी आन्दोलनको बलमा गृहमन्त्री बने।
जेन–जी आन्दोलनको माग देशको भ्रष्टाचार, बेथिति रोक्ने र जनताको करबाट अकूत सम्पत्ति कमाएका नेताहरूलाई अनुसन्धानको दायरामा ल्याउने थियो। तर, गृहमन्त्री अर्याल तिनै मागलाई बेवास्ता गर्दै चैनको निद्रामा देखिन्छन्।
यति मात्र हाेइन, आजै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनका निकट नेता महेश बस्नेतले सरकारलाई ठाडो चुनौती दिँदै खुलेआम अराजक अभिव्यक्ति दिए। ओली र महेश नागरिकलाई भड्काउने काम गरिरहेका छन्। उनीहरूको बोलीमा लगाम लगाउन नसक्दा मुठभेड वा हिंसा भड्किने सम्भावना छ।
गृहमन्त्री अर्याल अधिवक्ता हुँदा ओलीविरुद्ध नै मुद्दा दायर गर्ने व्यक्ति हुन्। तर, गृहमन्त्री बनेपछि ओली र महेश बस्नेतका अभिव्यक्ति नियन्त्रण गर्न निरीह देखिनु अचम्मको विषय हो। ओली–महेशले कानुनलाई नै मात खुवाउने अभिव्यक्ति दिँदा समेत गृहमन्त्री कुन दुलोमा बसिराखेका छन्। कानुनका ज्ञाता मानिने अर्याल सर, कानुनलाई चुनौती दिँदै अराजकता फैलाउनेमाथि यतिसम्म निरीह किन देखिए?
गृहमन्त्री निरीह बन्नु कौतुहलताको विषय मात्र होइन, उनको भूमिकामाथि आशंका बढ्न थाल्यो। कतै उनले जेन–जीको मागअनुसार भन्दा अन्य स्वार्थमा काम गरेको हो,कि भन्ने संशय पनि पैदा भएको छ, है।
Write By: Janesh Thakulla

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो सम्पत्ति छानबिन गर्न सरकारलाई चुनौती दिएका छन्।भक्तपुरमा आयोजित कार्यक्रममा बोल्द...
09/10/2025

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो सम्पत्ति छानबिन गर्न सरकारलाई चुनौती दिएका छन्।
भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै चुनावको नाटक गरेर यो सरकारले नेताहरूलाई जेल हाल्न खोजेको आशंका व्यक्त गरे।
उनले भने, ‘यो सरकारको क्रियाकलाप लोकतान्त्रिक छैन। संविधानसम्वत् छैन, कानुनी राजतर्फ छैन। राज्य आतङ्क सिर्जना गर्न खोजिएको छ। चुनावको एउटा नाटक मञ्चन गरेर नेताहरूलाई जेल हालेर, मुद्दा लगाएर अपमान गर्न खोजिँदै छ। चुनावमा अरूलाई चुनाव लड्न नदिएर बुथ कब्जा गरेर आफू मात्रै जित्ने सपना देखिरहेकाहरूले त्यो सपना नदेख्नू।’
उनले दलका नेताहरूलाई रोक्ने दिवा सपनामा जनताले चिसो पानी खन्याउने जिकिर गरे। उनले थपे, ‘चुनाव गराउनुपर्नेछ, उहाँहरू राजनीतिक दलसँग संवाद गर्नुहुन्न। राजनीतिक दलमाथि दमन र बदनाम गर्न उत्रिनुभएको छ। दललाई बाइपास गरेर चुनाव हुन्छ ?’
उनले गृहमन्त्रीले व्यक्तिको नाम नै तोकेर परिचालित व्यक्तिहरूलाई उजुरी हाल्न लगाएको दाबी गरे।

टी-२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै शानदार जित हासिल गरेको छ।
08/10/2025

टी-२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै शानदार जित हासिल गरेको छ।

टी-२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले कुवेतलाई १४२ रनको लक्ष्य दिएको छ।
08/10/2025

टी-२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले कुवेतलाई १४२ रनको लक्ष्य दिएको छ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउ...
08/10/2025

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन वर्तमान सरकारलाई ठाडो चुनौती दिएका छन् ।
बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै बस्नेतले जेनजी अगुवाहरूले ओलीविरुद्ध प्रहरीमा उजुरी दिएको भोलिपल्टै आक्रोशित हुँदै भने, “तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई पक्राउ गरेर देखाऊ !”
आफूहरू दूधले नुहाएको नभएको स्वीकार गर्दै बस्नेतले अगाडी भने, “महेश बस्नेत भ्रष्टाचारी हो भने कारबाही गर । होइन भने त भ्रष्टाचारी हो भनेर आरोप लगाउन पाइन्छ त?”

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्...
08/10/2025

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा लिएर विशेष अदालत पुगेको छ ।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, पूर्वमन्त्रीहरू राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध मुद्दा दायरका लागि अदालतमा रुजु गर्ने काम भइरहेको छ ।
अख्तियारले आरोपितहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ । जग्गा हिनामिना गर्ने योजना र घूस डिल प्रकरण मा पूर्वमन्त्रीद्वय र बिचौलियासहितका व्यक्तिको अडियो सार्वजनिक भएपछि अख्तियारले यो मुद्दा अघि बढाएको हो ।

जेन–जी युवाहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै दबाब बढाएपछि प्रध...
07/10/2025

जेन–जी युवाहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै दबाब बढाएपछि प्रधानमन्त्री सुशीला कार्कीले सबै सुरक्षा अंगका प्रमुखहरूसँग लामो छलफल गरेकी छन् ।
सोमबार रातिदेखि मङ्गलबार बिहान २ बजेसम्म बालुवाटारमा चलेको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, गृहसचिव र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायत सहभागी थिए ।
जेन–जी युवाहरूले सोमबार काठमाडौं प्रहरी परिसरमा ओली र लेखकविरुद्ध जाहेरी दर्ता गराउन खोजे पनि प्रहरीले अस्वीकार गरेको थियो । त्यसपछि प्रहरी महानिरीक्षक खापुङ गृहमन्त्री कहाँ पुगेका हुन् ।
प्रधानमन्त्री र गृहमन्त्रीसँगको छलफलमा प्रहरी महानिरीक्षक खापुङले ओली र लेखकविरुद्ध उजुरी दर्ता गर्न केन्द्रीय सुरक्षा समितिबाट लिखित निर्देशन आएमा मात्र अघि बढ्न तयार रहेको आशय व्यक्त गरेको स्रोतले बतायो ।

Address

Kathmandu

Telephone

+9779800000000

Website

Alerts

Be the first to know and let us send you an email when Sudur Voice TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sudur Voice TV:

Share