09/08/2026
बा: छोरा! स्वास्थ्य बिमा पनि हट्यो ।
छोरा : बा! बालेनले निशुल्क स्वास्थ्य सेवा ल्याउनलाई हो ।
बा: छोरा ! एक सिलिन्डर ग्यास पाउन समेत हप्तौ लाग्न थाल्यो ।
छोरा : बा! ग्यास भणडारण हुदैछ घर घरमा पासपोर्ट लाईसेन्स जसरी ग्यासको सिलिन्डर ल्याइदिन्छ ।
बा : छोरा ! बिजुलिको बिलमा कर लागेर अलि बढी आयो ।
छोरा : बा ! निशुल्क बिजुली दिनलाई अहिले त्यसो गरेको हो । बा ! ढुक्कहुनुस् बालेनले देश बनाउछ ।
बा : खै मलाई पत्यार छैन छोरा । तिमी घरदेश फर्किनु र बालेनले देश बनाउनु उस्तै लाग्छ छोरा उफ् !