Bhakta Shakya Sahayatri Man

Bhakta Shakya Sahayatri Man Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhakta Shakya Sahayatri Man, News & Media Website, Kathmandu.

नमस्कार सबैलाई म भक्त शाक्य धादिङ्गेकाले निर्दोष।🙏Follow/Like
तपाईंको एक फलोले मलाई यस पेजमा अझै नयाँ videos ल्याउन हौसला मिल्ने छ, केही दिन प्रदैन हजुर मेराvideos हेर्दिनुहोला।फलो गर्नुस ल।नयाँ नयाँ रमाइला तथा जानकारीमुलकvideosहेर्न पाउनुहुने छ।🇳👍️❤️

26/05/2026

Dhading

26/05/2026

सुङ्गुर

26/05/2026

साच्चिकै बालेन बालेन हो
नेपाल देशको अहिलेसम्मकै उत्कृष्ट प्रधानमन्त्री जो काम छ तन मन

26/05/2026

... जि खत्रा,

26/05/2026
26/05/2026

viral चमेली

भष्टचार गरेको छैन हैन। राम्री भयो भनेर आलोचना तथा गलत धारणहरु आउनु बेकार हो। 👇️रास्वपा सांसद सृष्टी भट्टराईले आफूलाई “सु...
24/05/2026

भष्टचार गरेको छैन हैन। राम्री भयो भनेर आलोचना तथा गलत धारणहरु आउनु बेकार हो। 👇️

रास्वपा सांसद सृष्टी भट्टराईले आफूलाई “सुन्दर देखिएकै आधारमा” आलोचना गरिएको भन्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी छन्। उनले यस्तो आलोचनालाई “पाखण्डीपनको पराकाष्ठा” भन्दै टिप्पणी गरेकी हुन्।

फेसबुक स्टाटसमा उनले लेखेकी छन् कि केही व्यक्तिहरू अन्य गम्भीर विषयमा मौन बस्ने तर आफूलाई केवल रूप–रंगका आधारमा आलोचना गर्ने गरेको देख्दा अनौठो लागेको छ। उनले लेखेकी छन्:

“अरू भ्रष्ट हुँदा केही बोल्न नसक्ने व्यक्तिले मलाई भने केवल सुन्दर देखिएकै आधारमा आलोचना गरिरहेको छ! पाखण्डीपनको पराकाष्ठा।”

साथै उनले आफ्नो सुन्दरताले धेरैको ध्यान तानेको भन्दै व्यंग्यात्मक शैलीमा प्रश्न गरेकी छन्— आफू आलोचनाबाट निराश हुने कि त्यसलाई सकारात्मक रूपमा लिने?

भट्टराईले आफू “प्रश्न गर्ने ठाउँबाट जवाफ दिने ठाउँमा पुगेको” उल्लेख गर्दै नयाँ पुस्ता राजनीतिमा आएको कारण देशको पछिल्लो अवस्था भएको बताएकी छन्। उनी चुप लागेर बस्ने पुस्तामा नपर्ने तर अनावश्यक धेरै बोल्ने पक्षमा पनि नरहेको बताउँछिन्।

सुनसरीकी सृष्टी भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनेकी हुन्। राजनीतिमा आउनुअघि उनी सुनसरी जिल्ला अदालतमा बाल विशेषज्ञका रूपमा कार्यरत थिइन् भने कोशी प्रदेशमा करिअर काउन्सिलरको रूपमा पनि सक्रिय थिइन्।

संघर्ष, साथ र सफलताको सुन्दर उदाहरण ❤️ज्ञानेन्द्र खड्का र तुल्सा चौधरीले एउटै कलेजमा सिभिल इन्जिनियरिङ डिप्लोमा अध्ययन ग...
24/05/2026

संघर्ष, साथ र सफलताको सुन्दर उदाहरण ❤️
ज्ञानेन्द्र खड्का र तुल्सा चौधरीले एउटै कलेजमा सिभिल इन्जिनियरिङ डिप्लोमा अध्ययन गर्दै जीवनका अनेक संघर्षहरू सँगै पार गर्नुभयो। पढाइसँगै लोकसेवाको तयारीमा निरन्तर मेहनत गर्दै उहाँहरूले एकअर्कालाई हौसला, प्रेरणा र साथ दिनुभयो।
आज त्यही संघर्ष, मेहनत र समर्पणको परिणामस्वरूप दुवै जना सफल भई एउटै गाउँपालिकामा कार्यरत हुनुहुन्छ। परिवारको सकारात्मक साथ, विश्वास र समझदारीका कारण उहाँहरूले भर्खरै अन्तरजातीय विवाह गरी आफ्नो प्रेमलाई सुन्दर सम्बन्धमा परिणत गर्नुभएको छ। 💍💞
उहाँहरूको यात्रा केवल प्रेमकथा मात्र होइन, मेहनत, विश्वास, समानता र सहकार्यको प्रेरणादायी उदाहरण पनि हो।
संघर्षमा साथ दिने सम्बन्ध नै जीवनको सबैभन्दा ठूलो शक्ति हो भन्ने सन्देश उहाँहरूको यात्राले दिएको छ। ❤️
आगामी वैवाहिक जीवन सुख, सफलता, समृद्धि र अथाह प्रेमले भरिपूर्ण रहोस्। हार्दिक शुभकामना! 🌸

आदरणीय सबैमा नमस्कार।म भक्त शाक्य।विगतमा पद, राजनीति वा व्यक्तिगत प्रभावको आडमा जे–जस्ता गतिविधि भएका भए पनि, आजको मितिद...
24/05/2026

आदरणीय सबैमा नमस्कार।
म भक्त शाक्य।
विगतमा पद, राजनीति वा व्यक्तिगत प्रभावको आडमा जे–जस्ता गतिविधि भएका भए पनि, आजको मितिदेखि त्यस्ता कार्य बन्द गरिदिनुहुन विनम्र अनुरोध गर्दछु। अहिले ज्याम्रुङका युवाहरू एकताबद्ध भइसकेका छन् र अब हरेक गतिविधिप्रति हाम्रो साझा निगरानी र जिम्मेवारी रहनेछ। त्यसैले सबै जिम्मेवार व्यक्तिहरूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुहोला र गलत कार्य गर्ने सोच पनि नराख्नुहोला।
हामी कसैसँग व्यक्तिगत दुश्मनी राखेर होइन, समाजको हित, पारदर्शिता र न्यायको पक्षमा उभिएका हौँ। गाउँ, समाज र भविष्यलाई असर पर्ने कुनै पनि गलत गतिविधि अब सह्य हुने छैन। कानुनभन्दा माथि कोही छैन भन्ने कुरा सबैले बुझ्न जरुरी छ।
युवाशक्ति जागेको छ, सचेत भएको छ र अब समाजमा हुने हरेक सही–गलत कुरामा खबरदारी गर्नेछ। त्यसैले सबै पक्षलाई मिलेर सभ्य, सुरक्षित र जिम्मेवार समाज निर्माणमा सहयोग गर्न अनुरोध गर्दछु।
धन्यवाद।
जय ज्याम्रुङ, जय युवा शक्ति। ✊

23/05/2026

भगवानप्रति अगाध आस्था राख्दै हजारौं भक्तजनहरू नरसिंहधाम महामहोत्सवमा सहभागी हुनुभएको दृश्य अत्यन्त भावुक र प्रेरणादायी बनेको छ। त्रिपुरासुन्दरी गाउँपालिका–सल्यानटार, धादिङस्थित नेत्रावती नदी र बुढीगण्डकीको पवित्र संगमस्थलमा आज झन्डै एक लाख भक्तजनहरूको उपस्थिति हुनु आफैंमा ठूलो धार्मिक गौरवको विषय हो।
तर यति विशाल जनसहभागिताका बीच व्यवस्थापन पक्ष भने अपेक्षाअनुसार प्रभावकारी देखिन सकेको छैन। अत्यधिक भीड हुँदा पनि पर्याप्त स्वयंसेवक परिचालन हुन नसक्दा भक्तजनहरूले सास्ती भोग्नुपरेको अवस्था छ। पार्किङ, ट्राफिक व्यवस्थापन, खानेपानी, शौचालय, आकस्मिक स्वास्थ्य सेवा, एम्बुलेन्स, सुरक्षा व्यवस्था तथा आवतजावतमा गम्भीर समस्या देखिएको छ। जताततै गाडीको चाप बढ्दा यात्रु तथा स्थानीय बासिन्दाहरूलाई समेत कठिनाइ भइरहेको छ।
विशेषगरी पार्किङ व्यवस्थापन अहिलेको सबैभन्दा चुनौतीपूर्ण विषय बनेको छ। यदि कुनै आकस्मिक अवस्था वा भागदौडको स्थिति सिर्जना भयो भने ठूलो जोखिम हुन सक्ने सम्भावना देखिन्छ। त्यसैले समयमै सतर्कता अपनाउनु अत्यन्त आवश्यक छ।
यस विषयमा मन्दिर तथा मेला व्यवस्थापन समिति, त्रिपुरासुन्दरी गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा सम्बन्धित सबै पक्षको तत्काल ध्यान जान आवश्यक छ। भक्तजनहरूको सुरक्षालाई पहिलो प्राथमिकता दिँदै:
• ट्राफिक तथा पार्किङ व्यवस्थापन व्यवस्थित बनाउने
• स्वयंसेवक संख्या तत्काल बढाउने
• स्वास्थ्य सेवा तथा एम्बुलेन्स तयारी अवस्थामा राख्ने
• खानेपानी र शौचालय व्यवस्थापन सुधार गर्ने
• भीड नियन्त्रण तथा सुरक्षा व्यवस्था कडा बनाउने
जस्ता कार्यहरू तत्काल प्रभावकारी रूपमा लागू गरिनुपर्छ।
धार्मिक आस्था र श्रद्धाको सम्मान गर्दै भक्तजनहरूले सुरक्षित, सहज र व्यवस्थित वातावरणमा दर्शन गर्न पाउने अधिकार सुनिश्चित गर्नु आयोजक तथा व्यवस्थापन समितिको मुख्य जिम्मेवारी हो। अहिले देखिएका कमजोरीलाई गम्भीर रूपमा लिएर शीघ्र सुधार गरियोस् भन्ने सबै भक्तजनहरूको अपेक्षा रहेको छ।

#धन्यबाद
#धादिङ #सल्यान #टार

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Bhakta Shakya Sahayatri Man posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share