29/10/2025
बिपिन दाइले गुरुकुलको गेटमा हाँस्दै भनेको त्यो वाक्य — “तिमी सँग टिकट किन्न पैसा छैन होला , जाउ… जाउ नाटक हेर म छु । त्यो हाँसोभित्र लुकेको सम्बन्ध आज कबड्डी-५ मा पहिलो पटक एउटै पर्दामा साकार भएको छ । 🎭
मण्डला थिएटरमा भएको गुरुकुलको Kathmandu International Theatre Festival — जहाँ तपाईं मेरो सेट हेड, म असिस्टेन्ट।
पछि मण्डलामा रसोमन नाटकमा एउटै स्टेजमा उभिँदै, म स्टेज म्यानेजर, तपाईं मञ्चको आत्मा ।
त्यो समय — संघर्ष र सिकाइको सुन्दर अध्याय थियो। 🎭
भूकम्पपछिका ती कठिन दिनहरूमा, जब केही थिएन, तपाईले बिजय “१ केजी मासु र रसबरी लिएर आउ है भन्दा, त्यो सानो खुशी, त्यो साझा भोक र त्यो ठूलो माया — आज पनि मनको कुनामा उस्तै ताजै छ ।
तिनकुने गुरुकुलको होस्टलका कति रातहरू — परिवारजस्तै माया, हाँसो, र सपनाका कुरा ।
समयले दूरी ल्यायो, जिम्मेवारीले व्यस्तता, तर माया र आदर अझै उस्तै गहिरो छ ।
आज, पर्दामा सँगै उभिँदा लाग्छ — जब सम्बन्धमा भरोसा र मनमा प्रेम बाँकी रहन्छ सपना त साँच्चै पुरा हुन्छन् ।
लार्जुङ, मुस्ताङ — हाम्रो यात्राको साक्षी, संघर्षदेखि सफलतासम्मको प्रतीक ।
:- Bijay Baral