नेपाल आमा Nepal aamaa

नेपाल आमा Nepal aamaa पेज लाइक गरिदिनु ल

24/07/2025
ओसाका, जापान — गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका वर्तमान उपाध्यक्ष कृष्ण शर्मा गैरेले आगामी कार्यकाल ९२०२५–२०२७० का...
24/07/2025

ओसाका, जापान — गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका वर्तमान उपाध्यक्ष कृष्ण शर्मा गैरेले आगामी कार्यकाल ९२०२५–२०२७० का लागि वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।

जापानमा लामो समयदेखि बसोबास गर्दै आउनुभएका गैरेले एनआरएनएलाई सामाजिक सेवाको माध्यम बनाई निरन्तर सक्रिय रूपमा क्रियाशील रहँदै आउनुभएको छ। उहाँको समाजसेवा, नेतृत्व क्षमता तथा संस्थागत अनुभव यहाँका नेपाली समुदायबीच पहिल्यैबाट स्थापित र सम्मानित रहँदै आएको छ। जापानको ओसाका संचालित प्रथम नेपाल फेष्टिवलको संयोजकको भुमिकामा रहेर कुशलता पूर्वक सम्पन्न समेत गर्नूभएको छ ।

उहाँले उम्मेदवारी घोषणा गर्दै सम्पूर्ण जापानवासी आमा–बुबा, दाजु–भाइ, दिदी–बहिनी, बुद्धिजीवी वर्गहरूलाई समर्पित गर्दै आफ्नो सन्देशमा विगतदेखि पाएको माया, आशिर्वाद, प्रेरणा, साथ, सहयोग र समर्थनप्रति हार्दिक कृतज्ञता प्रकट गर्नुभएको छ।

उहाँको एनआरएनए जापानसँगको अनुभव यसप्रकार छ
२०११–२०१३, एनआरएनए कान्साई – सदस्य

२०१३–२०१५, एनआरएनए कान्साई – सदस्य

२०१५–२०१७, एनआरएनए कान्साई – कोषाध्यक्ष

२०१७–२०१९, एनआरएनए कान्साई – उप–संयोजक

२०१९–२०२१, एनआरएनए कान्साई – संयोजक

२०२१–२०२३, एनआरएनए जापान – कोषाध्यक्ष

२०२३–२०२५, एनआरएनए जापान – उपाध्यक्ष

उहाँले विभिन्न कालखण्डमा विभिन्न जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गर्दै संघमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ। यिनै अनुभव र निरन्तर सेवाभावलाई अगाडि बढाउँदै उहाँले २०२५–२०२७ कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गर्नुभएको हो। उहाँले आफ्नो उम्मेदवारी औपचारिक रूपमा निर्वाचन समितिमा दर्ता गरिसक्नुभएको जानकारी गराउनुभएको छ।

गैरेले आफ्नो सन्देशमा भन्नुभएको छ, म विगतमा जस्तै यसपटक पनि तपाईंहरूको अमूल्य मत र माया प्राप्त गर्ने विश्वासका साथ अघि बढेको छु। मेरो इमानदारिता, संस्थाप्रतिको उत्तरदायित्व, जवाफदेहिता र नेतृत्वको निरन्तरता तपाईंहरूले मूल्याङ्कन गर्दै फेरि पनि साथ र समर्थन प्रदान गर्नुहुनेछ भन्ने अपेक्षा राखेको छु।

भविन्द्र गाहा मगर (भविन) ले एनआएनए पोल्याण्डको आठौं राष्ट्रिय अधिवेशनमा अध्यक्षको पदमा उम्मेद्धारी घोषणा गर्नुभएको छ । ग...
24/07/2025

भविन्द्र गाहा मगर (भविन) ले एनआएनए पोल्याण्डको आठौं राष्ट्रिय अधिवेशनमा अध्यक्षको पदमा उम्मेद्धारी घोषणा गर्नुभएको छ ।

गैर आवसिय नेपाली संघ (एनआएनए) पोल्याण्डको सन् २०२५ देखि २०२७ कार्यकालको लागि नयाँ कार्यसमिति चयन गर्न सञ्चालन हुन लागेको आठौं राष्ट्रिय अधिवेशनको निर्वाचनमा भविन्द्र गाहा मगर (भविन) ले सामाजिक सञ्जाल फेसबुक मार्फत उम्मेद्धारी घोषणा गर्नुभएको हो ।

एनआरएनए पोल्याण्डको २०२५ देखि २०२७ अवधिको लागि सदस्य बन्नुभएका ५५४ जना पञ्जिकृत सदस्यलाई बधाई दिंदै उहाँले एनआरएनए पोल्याण्डलाई साझा र पारदर्शी बनाउने उद्धेश्य राखेको बताउनुभयो । साथै, संस्थागत जवाफदेहिता र पारदर्शी एनआरएनए बनाउने अठोट मेरो, साथ तपाईंको भन्ने मुल नाराका साथ अध्यक्षको पदमा उम्मेद्धारी घोषणा गरेको उहाँले सार्वजनिक गर्नुभएको छ ।

त्यस्तैगरि, सामुहिक नेतृत्व प्रणाली अपनाई आफ्‌ना एजेन्डाहरु पुर्ण कार्यान्वयन गर्ने हिम्मतका साथ नेतृत्वको लागि आफुँ तयार रहेको उहाँको विचार थियो । नयाँ कार्यसमिति चयनकाे लागि आगामी जुलाई २६ तारिखमा निर्वाचन हुन लागेकाे हाे ।

20/07/2025

गाउँ घरमा गरिने मौलिक भजन सत्यवती ६ ढाब गुल्मी ゚viralシ

Comedy Champion शोका सञ्चालक विशाल भण्डारीले सामाजिक सञ्जालमार्फत गम्भीर गुनासो सार्वजनिक गरेका छन्। उनका अनुसार झण्डै १...
20/07/2025

Comedy Champion शोका सञ्चालक विशाल भण्डारीले सामाजिक सञ्जालमार्फत गम्भीर गुनासो सार्वजनिक गरेका छन्। उनका अनुसार झण्डै १८ महिनाअघि आफूलाई NRN बताउने एक लगानीकर्ता ३.५ करोड रुपैयाँ लगानी गर्ने सर्तमा कम्पनीमा ३०% सेयर लिएर प्रवेश गरे। तर सम्झौता विपरीत चेकमार्फत दबाब दिँदै २.४ करोड असुली गरेका र कम्पनीको गतिविधिमा लगातार अवरोध पुर्‍याउँदै आएको भण्डारीको आरोप छ।

उनले उक्त लगानीकर्ताको दबाब, मुद्दा, धम्की र प्रभाव प्रयोग गरेर कार्यक्रम रोक्ने, खाता रोक्नेजस्ता कार्यले कम्पनीलाई अस्थिर बनाएको बताएका छन्। यसका कारण सिजन ३ का विजेतालाई पुरस्कार दिन नसकिएको र केही स्टाफको तलब पनि बाँकी रहेको जानकारी दिएका छन्।

भण्डारीले उक्त मुद्दाको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयसम्म पनि पुर्‍याएको जनाउँदै न्याय, कानुनी संरक्षण र काम गर्ने वातावरणको माग गरेका छन्।

उनले भनेका छन्, “हामी यो देशमै बसेर दर्शकलाई हँसाउन चाहन्छौँ, तर हाम्रो इमान्दारीलाई निसाना बनाइँदैछ।”
Copy taja khabar

गुल्मी तम्घास घर बताउने लछुमन पाण्डे नाम गरेका उनी स्याङ्जाको वालिङमा वेवारेसि अवस्थामा छन् । उनको पारिवारिक स्रोतलाई जा...
16/07/2025

गुल्मी तम्घास घर बताउने लछुमन पाण्डे नाम गरेका उनी स्याङ्जाको वालिङमा वेवारेसि अवस्थामा छन् । उनको पारिवारिक स्रोतलाई जानकारी उपलब्ध गराइदिन अनुरोध सहित यो तस्बिर सार्वजनिक गरिएको छ ।
गुल्मी तम्घास तिरका साथीहरूलाई विशेष ध्यानाकर्षण गरिन्छ ।Namaste NepalGulmi online news

15/07/2025

यो समय हजुरले भेटाउनु भयो कि नाइ? # # @

Address

Kathmandu

Telephone

+971563238969

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल आमा Nepal aamaa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नेपाल आमा Nepal aamaa:

Share