News24Galaxy

News24Galaxy www.news24galaxy.com Media is one of the leading online news portals of Nepal. ताजा ताजा अपडेट समाचार
(3)

02/09/2026

आजका सबै पीडा र थकानलाई यही रातसँगै छोडेर,
भोलिको बिहान फेरि मुस्कुराउने हिम्मत मिलोस्।
सबैको मनले शान्ति पाओस्…
शुभ रात्री 🌙❤️❤️🙏

बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनका लागि तारकेश्वर नगरपालिकाद्वारा २२५ लिटर फिनेल सहयोगकाठमाडौं । रसुवा तथा नुवाकोट ...
02/09/2026

बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनका लागि तारकेश्वर नगरपालिकाद्वारा २२५ लिटर फिनेल सहयोग

काठमाडौं । रसुवा तथा नुवाकोट जिल्लामा भाद्र १० गते आएको बाढीबाट प्रभावित क्षेत्रमा मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनका लागि तारकेश्वर नगरपालिकाले २२५ लिटर फिनेल उपलब्ध गराएको छ।

नगरपालिकाले बालाजु प्रहरी वृत्त कार्यालयमार्फत शिक्षण अस्पताल, महाराजगञ्जलाई शव व्यवस्थापनका लागि आवश्यक फिनेल हस्तान्तरण गरेको हो।

फिनेल तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले बालाजु प्रहरी वृत्तका कार्यालय प्रमुखलाई हस्तान्तरण गर्नुभएको थियो। सहयोग हस्तान्तरण कार्यक्रममा नगर शिक्षा अधिकारी सुदिनराज बुढाथोकी, प्रशासन प्रमुख शम्भु प्रकाश शर्मा, कर्मचारी तथा नगर प्रहरीको उपस्थिति रहेको थियो।

बाढीका कारण प्रभावित बनेका क्षेत्रमा उद्धार, राहत तथा मानवीय सेवाका लागि आवश्यक सहयोग गर्दै आएको नगरपालिकाले विपद्को यस कठिन परिस्थितिमा समेत आफ्नो तर्फबाट सक्दो सहयोगलाई निरन्तरता दिएको जनाएको छ।

नगरपालिकाले बाढीपीडितको उद्धार तथा राहतसँगै मृतकको शव व्यवस्थापनजस्तो संवेदनशील कार्यमा समेत आवश्यक सामग्री उपलब्ध गराउँदै मानवीय सेवामा स्थानीय सरकारको भूमिका निर्वाह गरेको छ।

02/09/2026

बाढीपीडितको आँगनमा तारकेश्वरकी उपप्रमुख सिर्जना बुर्लाकोटी, लायन्स क्लबसँगै राहत वितरण

नुवाकोट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिन तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी नेतृत्वको टोली नुवाकोट पुगेको छ।

उपप्रमुख बुर्लाकोटीको टोलीले लायन्स क्लब अफ काठमाडौं तारकेश्वर र लायन्स क्लब अफ काठमाडौं जास्मिनसँग सहकार्य गर्दै बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरेको हो।

विपद्को समयमा स्थानीय सरकार जनताको दुःखमा प्रत्यक्ष उपस्थित हुनुपर्छ भन्ने भावनासहित उपप्रमुख बुर्लाकोटीको नेतृत्वमा नगरपालिकाको टोली राहत अभियानमा सहभागी भएको बताइएको छ।

बाढीबाट घरबार तथा दैनिक जीवन प्रभावित भएका परिवारलाई खाद्यान्न तथा आवश्यक राहत सामग्री उपलब्ध गराउँदै पीडितको अवस्था बुझ्ने र आवश्यक सहयोगका लागि पहल गर्ने कामसमेत गरिएको छ।

“विपद्मा परेका नागरिकको साथमा स्थानीय सरकार” भन्ने सन्देशसहित गरिएको उक्त मानवीय सहयोगले बाढीपीडितलाई केही राहत मिलेको छ।

बाढीपीडितको आँगनमा तारकेश्वरकी उपप्रमुख सिर्जना बुर्लाकोटी, लायन्स क्लबसँगै राहत वितरणनुवाकोट । भोटेकोशी नदीमा आएको विना...
02/09/2026

बाढीपीडितको आँगनमा तारकेश्वरकी उपप्रमुख सिर्जना बुर्लाकोटी, लायन्स क्लबसँगै राहत वितरण

नुवाकोट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिन तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी नेतृत्वको टोली नुवाकोट पुगेको छ।

उपप्रमुख बुर्लाकोटीको टोलीले लायन्स क्लब अफ काठमाडौं तारकेश्वर र लायन्स क्लब अफ काठमाडौं जास्मिनसँग सहकार्य गर्दै बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरेको हो।

विपद्को समयमा स्थानीय सरकार जनताको दुःखमा प्रत्यक्ष उपस्थित हुनुपर्छ भन्ने भावनासहित उपप्रमुख बुर्लाकोटीको नेतृत्वमा नगरपालिकाको टोली राहत अभियानमा सहभागी भएको बताइएको छ।

बाढीबाट घरबार तथा दैनिक जीवन प्रभावित भएका परिवारलाई खाद्यान्न तथा आवश्यक राहत सामग्री उपलब्ध गराउँदै पीडितको अवस्था बुझ्ने र आवश्यक सहयोगका लागि पहल गर्ने कामसमेत गरिएको छ।

“विपद्मा परेका नागरिकको साथमा स्थानीय सरकार” भन्ने सन्देशसहित गरिएको उक्त मानवीय सहयोगले बाढीपीडितलाई केही राहत मिलेको छ।

02/09/2026

प्रधानमन्त्रीले कसैलाई मुखै देखाउनु हुँदैन आउनुहुन्छ निउरेर हिँड्नुहुन्छ 😊 पुष्पकमल दाहाल: प्रचण्ड

02/09/2026

उहाँहरूलाई के भन्ने?🙄🙄

बागमती प्रदेश सरकारले बाढी प्रभावित नुवाकाेटमा त्रिशूली नदी वारपार गर्न विदुर-१ मा तुइन सञ्चालनमा ल्याएको छ।
02/09/2026

बागमती प्रदेश सरकारले बाढी प्रभावित नुवाकाेटमा त्रिशूली नदी वारपार गर्न विदुर-१ मा तुइन सञ्चालनमा ल्याएको छ।

प्रधानमन्त्री आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, के हो यो तरिका? कसैको अनुहार नै हेर्न नहुने हो?  : प्रचण्ड
02/09/2026

प्रधानमन्त्री आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, के हो यो तरिका? कसैको अनुहार नै हेर्न नहुने हो? : प्रचण्ड

02/09/2026

यसरी बाड्दै छन् त्रिशुलीमा बाढी पिडितलाई राहत

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when News24Galaxy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share