BuzzNepal

BuzzNepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BuzzNepal, News & Media Website, Anamnagar, Kathmandu.

जनताको विश्वास शिरमा राखेर ‘शासक’ होइन ‘सेवक’ बन्छु : सुनिता डंगोलकाठमाडौं महानगरपालिकाको उममेयर पदमा निर्वाचित सुनिता ड...
27/05/2022

जनताको विश्वास शिरमा राखेर ‘शासक’ होइन ‘सेवक’ बन्छु : सुनिता डंगोल
काठमाडौं महानगरपालिकाको उममेयर पदमा निर्वाचित सुनिता डंगोलले जित–हारको मासिकताबाट माथि उठेर व्यवस्थित, जीवन्त महानगर बनाउने अभियानमा लाग्न आग्रह गरेकी छन्।

मतगणनाको अन्तिम नजिता आएसँग विजयी र्‍यालीमा सहभागी भएकी डंगोलले सबैसँग सहकार्य गरेर काठमाडौं सहरलाई स्वच्छ, सफा, हराभरा बनाउने प्रतिबद्धता व्यक्त गरेककी छन्। उनले जनताले गरेको विश्वासलाई शिरमा राखेर राष्ट्रको शासक होइन सेवक बन्न तत्पर भएको बताइन्।

काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउँछु : बालेन साह काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहले...
27/05/2022

काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउँछु : बालेन साह

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहले नगरबासीसँगको सहकार्यमा काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिज्ञा व्यक्त गरेका छन्।

राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा प्रमुख साहले नागरिकको आशाअनुरुप सहरको मुहार फेर्ने बताए। ‘आगामी पाँच वर्षमा निर्वाचनका समयमा नागरिकसामु गरिएको वाचालाई इमान्दारिताकासाथ कार्यान्वयन गर्नेतर्फ लाग्नेछु’, उनले भने।

बालेंनले काठमाडौँको मेयरमा जित्ने निश्चित भए पछी बालेंन समर्थकहरु  खुसियाली मनाउदै
25/05/2022

बालेंनले काठमाडौँको मेयरमा जित्ने निश्चित भए पछी बालेंन समर्थकहरु खुसियाली मनाउदै

नेपाल-अमेरिका दौत्य सम्बन्ध स्थापित भएको ७५ वर्ष पुगेको छ। सो अवसरमा शुक्रबार राति विशेष कार्यक्रमको आयोजना गरिएको थियो।...
30/04/2022

नेपाल-अमेरिका दौत्य सम्बन्ध स्थापित भएको ७५ वर्ष पुगेको छ। सो अवसरमा शुक्रबार राति विशेष कार्यक्रमको आयोजना गरिएको थियो। जसमा प्रधानमन्त्री शेरबहादुर देउवासहित अमेरिकी राजदूत र्‍यान्डी बेरी र विभिन्न पार्टीका शीर्ष नेता तथा विशिष्ट पाहुनाको सहभागिता रहेको थियो।

सो अवसरमा अमेरिकी दूतावासले नेपाल र अमेरिकाबीचको सम्बन्ध पुस्तौं पुस्तादेखि निरन्तर जारी रहेको र पिसकोर, युएसएआइडी, एमसिसीलगायत विभिन्न कार्यक्रम र सहभागितामार्फत जनस्तरमै अपनत्व कायम गर्ने र फुलब्राइट वा आइभिएलपीलगायत अनेकौं आदानप्रदान कार्यक्रममार्फत सम्बन्ध अझै सुदृढ बनाउन प्रयत्नरत रहेको उल्लेख गरेको छ।

यस्तै राजदूत बेरीले जनता-जनताबीचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यमान्यता नै यस बहुपुस्ताको अमेरिका-नेपाल सम्बन्धको जग भएको बताएका छन्। ‘आजको दिनमा जलवायु सङ्कटलाई सम्बोधन गर्ने र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउने जस्ता कठिन समस्याहरूलाई समाधान गर्नका लागि हामीलाई पहिलेभन्दा बढी एकअर्काको आवश्यकता छ। यो काम हामी एकअर्कासँग मिलेर गर्न उत्सुक छौं र यसबाट फल प्राप्त गर्नेछौं, जसरी पुस्तौंदेखिको हाम्रो मित्रताले हामीलाई प्रतिफल दिँदै आएको छ’, बेरीले जारी गरेको सन्देशमा भनिएको छ।
तस्बिर : U.S. Embassy, Nepal
#

भक्तपुरको मध्यपुर ठिमीका बासिन्दाले सिन्दुरजात्रा मनाएका छन्। मध्यपुर ठिमीका बासिन्दाले आज बिहान खटसहितको सिन्दुरजात्रा ...
15/04/2022

भक्तपुरको मध्यपुर ठिमीका बासिन्दाले सिन्दुरजात्रा मनाएका छन्। मध्यपुर ठिमीका बासिन्दाले आज बिहान खटसहितको सिन्दुरजात्रा मनाएका हुन्। नयाँ वर्षको भोलिपल्ट ठिमीमा सिन्दुरजात्रा मनाउने गरिन्छ। सिन्दुरजात्राका कारण ठिमीका सडक रंगिएका छन्।

सिन्दुरजात्रा एकआपसमा सिन्दुर छ्यापेर बाजागाजा तथा नाचगानसहित मनाइन्छ। जात्रामा बालकदेखि वृद्धवृद्धासम्म सहभागी थिए। सिन्दुर जात्रा मध्यपुर ठिमीको सबैभन्दा ठूलो जात्रा हो।
तस्बिर : मोनिका मल्ल Monika Malla

नेवार समुदायले मनाउने ‘पाहान चर्हे’ अर्थात् पासा चहरे पर्व सकिएको छ। पाहान चर्हे (देवनागरी: पाहां चह्रे) जसलाई पासा चर्ह...
02/04/2022

नेवार समुदायले मनाउने ‘पाहान चर्हे’ अर्थात् पासा चहरे पर्व सकिएको छ। पाहान चर्हे (देवनागरी: पाहां चह्रे) जसलाई पासा चर्हे (पासा चह्रे) पनि भनिन्छ। नेपाल मण्डलामा वर्षको यो सबैभन्दा ठूलो धार्मिक चाड हो।

काठमाडौंमा विशेष उत्साहका साथ मनाइने यो पर्वमा ३ दिनसम्म विभिन्न उत्वसहरू गरिन्छ।

कोरोना महामारीपछि विस्तारैमा काठमाडौंमा उत्सव र जात्राहरू बढ्न थालेका छन्।
तस्बिर : मोनिका मल्ल Monika Malla

भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको ‘वान अन वान’ भे...
02/04/2022

भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको ‘वान अन वान’ भेटवार्ता सकिएको छ।

भेटवार्तामा नेपाल–भारत आपसी हितका विषयमा कुराकानी भएको बुझिएको छ।

भेटवार्ता सकिएलगत्तै हैदरावाद हाउसमा नेपाल–भारत द्विपक्षीय बैठक सुरु भएको छ। बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गरेका छन्।
तस्बिर : रोशन सापकोटा

29/03/2022
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सरकारले म्यादी प्रहरीको भर्ना खुलाएको छ। गत शुक्रबार नेपाल प्रहरीले...
20/03/2022

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सरकारले म्यादी प्रहरीको भर्ना खुलाएको छ। गत शुक्रबार नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीकाे भर्नाका लागि आवेदन खुलाएको हो।

म्यादी प्रहरीका लागि आजबाट काठमाडौं उपत्यकाका महानगरीय प्रहरी परिसर र उपत्यकाबाहिर जिल्ला प्रहरी कार्यालयमा दर्खास्त आव्हान गरिएको छ।

१८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले ११ चैतसम्म आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ। म्यादी प्रहरीका लागि काठमाडौंको टेकुस्थित प्रहरी परिसरमा फारम भर्नेको भीडः
तस्बिर : Monika Malla

काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा आज बिहीबार फागु पूर्णिमा अर्थात होली पर्व मनाइँदै छ। प्रत्येक वर्ष फागुन...
17/03/2022

काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा आज बिहीबार फागु पूर्णिमा अर्थात होली पर्व मनाइँदै छ। प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ।

आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रंङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लासका साथ हाेली मनाइने गरिन्छ।

बिहीबार पहाड तथा हिमाली क्षेत्रमा मनाइने फागु पूर्णिमा शुक्रबार तराईमा होलीको रुपमा मनाइँदै छ। यही अवसरमा काठमाडौंको बसन्तपुर क्षेत्रमा कैद गरिएका होली हर्षोल्लासका केही दृश्यहरू:
तस्बिर : Monika Malla

06/03/2022

हेलिकोप्टरबाट पानी खन्याएर दमौलीमा आगो निभाइँदै

27/02/2022

संसदबाट एमसिसी पास हुने दिन तातेकाे सडक !

Address

Anamnagar
Kathmandu

Telephone

+9779841882697

Website

Alerts

Be the first to know and let us send you an email when BuzzNepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BuzzNepal:

Share