Dr. JK, PhD

Dr. JK, PhD राजनीतिमा युवाको सार्थक सहभागिता।
पुरानो सोच तोड्दै, पारदर्शी नेतृत्व, सुशासन र रोजगारीमुखी नीतिमार्फत
आत्मनिर्भर र सम्मानित नेपाल बनाउने अभियान।

म दुई फरक–फरक विषयमा मास्टर अफ साइन्स (M.Sc.) र जैवप्रविधि (Biotechnology) मा पीएचडी हासिल गरेको अनुसन्धानकर्ता र शिक्षक हुँ। धेरै वर्षसम्म अध्यापनसँगै मैले स्वास्थ्य क्षेत्रमा अनुसन्धान र परियोजना कार्य गर्दै जनस्वास्थ्य सुधार र समाजमा वैज्ञानिक चेतना फैलाउन महत्वपूर्ण योगदान पुर्‍याएको छु।
हाल म अनुसन्धानकर्ता र चिन्तकका रूपमा, विज्ञान, तथ्य र विवेकको आधारमा नेपाललाई सकारात्मक परिवर्तनतर्फ अघि बढाउने उद्देश्यमा सक्रिय छु।
शिक्षा, स्वास्थ्य, अनुसन्धान र युवाको चेतनाबाट मात्र समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माण सम्भव छ भन्ने मेरो दृढ विश्वास हो।

गरिमा चौधरीजस्ता अबोध बालिकामाथि बलात्कार र हत्या गर्ने अपराधीलाई कुनै पनि बहानामा उन्मुक्ति नदिई कानुन संशोधन गरेर मृत्...
22/08/2026

गरिमा चौधरीजस्ता अबोध बालिकामाथि बलात्कार र हत्या गर्ने अपराधीलाई कुनै पनि बहानामा उन्मुक्ति नदिई कानुन संशोधन गरेर मृत्युदण्ड (फाँसी) को व्यवस्था गर्नुपर्छ। साथै, यस्ता अपराधमा शीघ्र अनुसन्धान र छिटो न्याय सुनिश्चित गर्दै बालबालिकाको सुरक्षा प्रणालीलाई थप कडा र प्रभावकारी बनाउनुपर्छ।

20/08/2026

यो कस्तो प्रजातन्त्र? What kind of democracy is this?

ग्यासको अभावले जनता चुलो बाल्न नसक्ने अवस्थामा पुग्दा पनि सरकार भने समस्या समाधान गर्नुभन्दा भाषण र आश्वासनमै सीमित देखि...
16/08/2026

ग्यासको अभावले जनता चुलो बाल्न नसक्ने अवस्थामा पुग्दा पनि सरकार भने समस्या समाधान गर्नुभन्दा भाषण र आश्वासनमै सीमित देखिन्छ। जनताको भान्सासम्म ग्यास पुर्‍याउन नसक्ने सरकारले विकास र समृद्धिका ठूला सपना देखाउनु केवल मजाकजस्तै भएको छ।

नेदरल्याण्ड टुरमा सन्दिप लामिछानेको खराब प्रदर्शन पछि उनलाई अन्तिम खेलमा क्याप्टेन रोहित पौडलले टोलीबाट बाहिर राखे। त्यस...
11/08/2026

नेदरल्याण्ड टुरमा सन्दिप लामिछानेको खराब प्रदर्शन पछि उनलाई अन्तिम खेलमा क्याप्टेन रोहित पौडलले टोलीबाट बाहिर राखे। त्यस खेलपछि रोहित पौडेललाई क्याप्टेनबाट हटाएर सन्दिप लामिछानेलाई क्याप्टेन बनाइयो । फुटबल पछि अब क्रिकेटको ओरालो यात्रा सुरु भयो ।

प्रधानमन्त्री बालेन शाहले एलपी ग्याँस अभाव र सरकारको कार्यसम्पादनबारे प्रश्न उठिरहेका बेला सरकारी उद्योग तथा संस्थानहरूम...
08/08/2026

प्रधानमन्त्री बालेन शाहले एलपी ग्याँस अभाव र सरकारको कार्यसम्पादनबारे प्रश्न उठिरहेका बेला सरकारी उद्योग तथा संस्थानहरूमा सुधार भइरहेको दाबी गरेका छन्। उनले नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, दुग्ध विकास संस्थान, नेपाल वायुसेवा निगमलगायतमा देखिएको सुधारको विवरणसमेत सार्वजनिक गरेका छन्।

नेपालमा खाना पकाउने ग्यासको कृत्रिम अभाव अन्त्य गर्न आपूर्ति प्रणालीलाई पारदर्शी बनाउँदै कालोबजारी र भण्डारणमाथि कडा अनु...
04/08/2026

नेपालमा खाना पकाउने ग्यासको कृत्रिम अभाव अन्त्य गर्न आपूर्ति प्रणालीलाई पारदर्शी बनाउँदै कालोबजारी र भण्डारणमाथि कडा अनुगमन तथा कारबाही गर्न आवश्यक छ। दीर्घकालीन समाधानका लागि एलपी ग्यासमा निर्भरता घटाई विद्युतीय चुलो र स्वच्छ ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ, तर त्यसका लागि सरकारले विद्युत्माथि लगाएका कर र शुल्क घटाएर विद्युतीय ऊर्जालाई सस्तो र पहुँचयोग्य बनाउनुपर्छ।

सर्वोच्च अदालतले गुणस्तरहीन इन्धन आपूर्ति गरेको ठहर गर्दै नेपाल आयल निगमलाई नेपाल विद्युत् प्राधिकरणलाई ११ करोड २१ लाख र...
03/08/2026

सर्वोच्च अदालतले गुणस्तरहीन इन्धन आपूर्ति गरेको ठहर गर्दै नेपाल आयल निगमलाई नेपाल विद्युत् प्राधिकरणलाई ११ करोड २१ लाख रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ।

ब्रड पिक हिमपहिरोमा ज्यान गुमाएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित सम्पूर्ण आरोहण टोलीप्रति हार्दिक श...
02/08/2026

ब्रड पिक हिमपहिरोमा ज्यान गुमाएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित सम्पूर्ण आरोहण टोलीप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।

ललितपुरको गोदावरी मार्बल इन्डष्ट्रिज बन्द भएर अहिले खण्डहर बनेको छ। पहिले यहाँ उत्पादन भएको मार्बल विदेशसम्म निर्यात हुन...
01/08/2026

ललितपुरको गोदावरी मार्बल इन्डष्ट्रिज बन्द भएर अहिले खण्डहर बनेको छ। पहिले यहाँ उत्पादन भएको मार्बल विदेशसम्म निर्यात हुन्थ्यो।

धर्म फरक हुन सक्छ, तर मानवता सबैभन्दा ठूलो साझा मूल्य हो। 🤝🕊️
29/07/2026

धर्म फरक हुन सक्छ, तर मानवता सबैभन्दा ठूलो साझा मूल्य हो। 🤝🕊️

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dr. JK, PhD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share