21/02/2022
खोक्रो राष्ट्रवाद र श्रीलंकाको चरम आर्थिक सङ्कट!
*********************************************
सन् २०१९,अप्रिलमा सर्वप्रथम Srilanka का तत्कालिन सरकारको प्रयासपछी अमेरिकाले श्रीलंकाका लागि MCC सहयोग Approved गर्यो। त्यतिबेला श्रीलंकाका राष्ट्रपति 'मइत्रीपाला सिरीसेना' थिए। उनको सरकारले MCC लाई अघि बढाउने प्रकृया थाल्यो। श्रीलंका र MCC बिच राजधानी कोलम्बो लगायत शहरी क्षेत्रमा भौतिक संरचना विकास एंवम शहरीकरणलाई व्यवस्थित गर्ने बारे सहमति भएको थियो।
त्यो समय चुनावको थियो। हामी कहाँ हाल चर्चा भएजस्तै MCC लाई लिएर सार्वभौमता र राष्ट्रिय सुरक्षाका अनेकौ Illusion Conspiracy फैलाइए। त्यसको नेतृत्व स्वंयम राजापाक्षे दाजुभाईले लिए। MCC को पक्षमा तथ्यपूर्ण विचार राख्नेहरू देशद्रोही झैं लखेटिए। राजापाक्षेले नियन्त्रित ढङ्गबाट अघिल्लो सरकार र MCC लाई जोडेर मुलुकलाई राष्ट्रवाद र राष्ट्रघातको दुई कित्तामा विभक्त गराए। फलस्वरूप उनले चुनाव जिते र श्रीलंकाको सम्पूर्ण राज्यशक्तीलाई पूर्ण आफ्नो नियन्त्रणमा लिए।
त्यसपछी डा.सुर्यराज, डा. युवराज, भरत दाहाल जस्ता MCC बारे Illusion Conspiracy फैलाएर उनको चुनावी अभियानमा सहयोग गर्नेहरुलाई MCC बारे अध्ययन गर्न खटाए। अन्तत: सार्वभौमता र राष्ट्रिय सुरक्षाको हवाला दिदै MCC लाई खारेज गरे।
विगत तिन वर्षमा श्रीलंका सरकारलाई विदेशी दातृ निकायको अनुदान शुन्य बराबर नै छ। हाल श्रीलंकाको अर्थतन्त्र लगभग कङगाल हुने अवस्थामा छ। कोभिड महामारी पश्चात बेरोजगारी, गरिबी, महङ्गीले श्रीलंकालाई नराम्ररी थलाएको छ। विश्व बैंक 🏦को पछिल्लो तथ्याङ्क अनुसार विगत दुई वर्ष श्रीलंकाको गरीबी ११.७% को दरले बढेको छ। र यो सबैभन्दा ज्यादा शहरी क्षेत्रमा रहेको छ। कुनै ठुलो पूर्वाधारको प्रोजेक्ट सन्चालन भएको छैन र भएका उद्योगहरू धमाधम बन्द हुदैछन। जसले लाखौँ बेरोजगारीहरू बढेका छन। राष्ट्रवादको नारा बेचेर सत्ता हत्याएको राजापाक्षे परिवार लगभग निरिह जस्तै बनेको छ।
हाल नेपालको अवस्था त्यस्तै छ, यहाँ एकथरी बर्गका अगाडि MCC बारे छलफल गर्यो कि अमेरिकाले हवाई फायर देखी चिन घेर्ने रणनिति भन्दै छोप्न आइहाल्छन। कम्याक्टको प्रकृयामा संलग्न भएकाहरु नै राष्ट्रवादको कुइरो भित्र मडारीदैछन। तिन वर्ष अगाडि श्रीलंकाका समाचार वहसहरू यस्तै हुन्थे। नतिजा श्रीलंका आज यस्तो भयो। सायद कोभिड महामारी पश्चात MCC कम्प्याक्ट कार्यन्वयनमा गएको भए कम्तीमा यसले रोजगारका अवसर सिर्जना हुन्थ्यो र केहि हदसम्म यसले अर्थतन्त्रलाई बचाउथ्यो।
नेपालको पोस्ट कोभिड Economic status हेर्दा र यहाँका बौद्धिक अपभ्रसकहरूको Conspiracy हेर्दा नेपाल लगभग दोस्रो श्रीलंका हुने खतरा बढ्दैछ।
सारंस- मेरो भाइ यत्ति हो कि, हामीले खोक्रो राष्ट्रबाद को नाउँमा विकास को परियोजना लाई रोक्ने काम नगरौं, विकास हाम्रै हुने हो, रोजगार हामीले नै पाउने हो, अहिले तत्काल उग्र राष्ट्रबाद ले गर्दा चुनावी , राजनितीक फाइदा मिलेपनि कालान्तर मा हामी सधैं गरीब, अल्पविकसित देश नै रहने छौ, अनावश्यक संका उपशंका गर्न छौडौँ र जति पनि सही तरिकाले देश बिकाश हुन सक्ने परियोजना हरू छन् सबैलाइ लिएर देश विकास गर्न सबै अग्रसर हौँ! 🙏