17/09/2026
बाढीपीडितका लागि शुलभ सहकारीको सहयोग
शुक्लागण्डकी नगरपालिका–६, खैरेनीटारस्थित शुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवामा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि रु. २७ हजार ७७७ सहयोग गरेको छ ।
संस्थाले उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो ।