Photobank2020

Photobank2020 Global photo bank is a photo gallery. All photos are seeing free every time every day.

पर्यटन प्रवर्द्धनका लागि लैङ्गिक संवेदनशील र लचिलो  पर्यटन आवश्यक : अध्यक्ष ढकालपुस ९, काठमाडौं । नेपाल उद्योग वाणिज्य म...
25/12/2025

पर्यटन प्रवर्द्धनका लागि लैङ्गिक संवेदनशील र लचिलो पर्यटन आवश्यक : अध्यक्ष ढकाल
पुस ९, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रको विकासका लैङ्गिक संवेदनशील, दिगो र लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक भएको बताउनु भएको छ ।
काठमाडौंमा आयोजित “लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धन ” विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सो धारणा राख्नु भएको हो । उहाँले नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्र रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन र स्थानीय जीविकोपार्जनमा महत्वपूर्ण आधार रहँदै आएको बताउनु भयो । साथै उहाँले होमस्टे, तथा समुदायमा आधारित पर्यटनका माध्यमबाट महिला उद्यमशीलता प्रर्वद्धन भइरहेको बताउनु भयो । “ पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधार हो । देशको आर्थिक विकासमा आन्तरिक तथा बाह्य दुवै पर्यटनको उत्तिकै योगदान रहेको छ । यद्यपी पछिल्लो समय आन्तरिक पर्यटन फस्टाउँदो अवस्थामा छ । यसले रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र चयायमान बनाउन ठूलो सहयोग गरेको छ ।” उहाँले भन्नु भयो ।
पर्यटन क्षेत्रमा महिलाहरुको सहभागिता बढ्दै गएको र यसले महिलाहरुलाई आत्मनिर्भर बन्न सघाउन पुर्‍याएको चर्चा गर्दै अध्यक्ष ढकालले उद्योग वाणिज्य महासंघले महिलाहरुको उद्यमशीलताको विकास तथा नेतृत्व विकसमा थुप्रै नीतिगत सुधार गरेको जानकारी दिनुभयो । महासंघको नेतृत्वमा महिला सहभागिता अभिवृद्धि गर्न महासंघले विधान संशोधन गरि महिला सहभागिता अभिवृद्धिका लागि पहल गरको समेत उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष ढकालले नेपालमा थुप्रै सम्भावनाहरु रहेको उल्लेख गर्दै नेपालमा केही भएको छैन भन्ने भाष्य परिवर्तन गर्नु पर्ने बताउनु भयो । साथै उहाँले नेपालमै आन्तरिक पुँजी परिचालन गरेर पनि पूर्वाधार निर्माण तथा अन्य उद्यमशील काम गर्न सकिन्छ भन्ने सोचकासाथ महासंघको पहलमा १० अर्ब रुर्पंैँया नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरि काम भईरहको जानकारी दिनभयो । उहाँले आन्तरिक बचतलाई एकिकृत गर्न तथा उद्यमशीलताको लागि आवश्यक पूँजी व्यवस्था दुवैका लागि कम्पनीले सहयोग गर्ने बताउनु भयो ।
नेपालमा लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवर्द्धनका लागि एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डेभलपमेन्ट नेपालको आयोजनामा तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रमको संयुक्त पहल अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा आयोजना गरिएको थियो ।

लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवर्द्धनका लागि काठमाडौँमा उच्चस्तरीयनीतिगत संवादकाठमाडौं । नेपालमा लैङ्गिक उत्तरदायी ...
24/12/2025

लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवर्द्धनका लागि काठमाडौँमा उच्चस्तरीय
नीतिगत संवाद

काठमाडौं । नेपालमा लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवर्द्धनका लागि
“लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धन” विषयक
उच्चस्तरीय नीतिगत संवाद गरिएको छ । काठमाडौंमा बुधबार नीति निर्माता,
विकास साझेदार, निजी क्षेत्रका प्रतिनिधि, महिला पर्यटन उद्यमी तथा
विज्ञहरूको सहभागितामा नीति संवाद आयोजना गरिएको हो । कार्यक्रममा पर्यटन क्षेत्रमा समावेशी आर्थिक वृद्धि र महिला उद्यमशीलता प्रवर्द्धनका
उपायहरूमाथि छलफल गरिएको छ । कार्यक्रम एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डेभलपमेन्ट नेपालको आयोजनामा तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रमको संयुक्त पहल अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा आयोजना गरिएको हो ।

उक्त संवादको उद्देश्य महिला नेतृत्वमा सञ्चालित पर्यटन उद्यमलाई सहयोग
पुग्ने नीतिगत तथा कार्यक्रमगत प्रतिक्रियाहरू सुदृढ गर्नु रहेको छ ।
कार्यक्रममा क्रममा नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्र- रोजगारी सिर्जना,
वैदेशिक मुद्रा आर्जन र स्थानीय जीविकोपार्जनमा महत्वपूर्ण आधार रहँदै आएको
र होमस्टे, आवास सेवा, हस्तकला, खाद्य सेवा तथा समुदायमा आधारित
पर्यटनजस्ता सूक्ष्म, साना तथा मझौला उद्यममार्फत महिलाहरूको उल्लेखनीय
योगदान रहेको विषयमा छलफल भएको थियो । सोही छलफलमा प्राकृतिक विपद्, कोभिड–१९ महामारी, जलवायु जोखिम तथा आर्थिक मन्दीजस्ता बारम्बारका संकटहरूले महिला नेतृत्वमा सञ्चालित पर्यटन उद्यमहरू बढी प्रभावित भएकोले वित्त, बजार, सीप, प्रविधि र संस्थागत सहयोगमा रहेका खाडलहरू उजागर गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लैङ्गिक संवेदनशील, दिगो र लचिलो पर्यटन उद्यम प्रवर्द्धनसम्बन्धी यो कार्यशाला अत्यन्त महत्वपूर्ण भएको उल्लेख गरेका छन् । उनले भने, “यस क्षेत्रलाई अगाडि बढाउन विभिन्न एड्भोकेसीका पहलहरू भइरहेका छन् । धेरै प्रक्रिया व्यवस्थित र संस्थागत भएका छन्, तर अझै धेरै काम गर्न बाँकी छ । महिलाको सहभागिता बढाउन हामीले कानुन र नीतिगत सुधार गरेका छौं । नेपालमा केही भएको छैन भन्ने जुन भाष्य बनाइएको छ, त्यसलाई चिर्न आवश्यक छ । नेपालमै आन्तरिक पुँजी परिचालन गरेर काम गर्न सकिन्छ र यहाँ सम्भावनाहरू छन् भन्ने सन्देश हामीले दिन खोजेका छौं । नेपालकै पुँजी प्रयोग गरेर ठूला परियोजनाहरू सञ्चालन गर्न सकिन्छ । विशेष गरी कोरोना महामारीपछि पर्यटन क्षेत्र आन्तरिक रूपमा उल्लेखनीय रूपमा बढेको छ ।” कार्यक्रममा बोल्दै एक्याड नेपालकी प्रमुख कार्यकारी अधिकृत दुर्गा थापाले नीति प्रतिबद्धता र व्यवहारिक कार्यान्वयन बीचको दूरी घटाउन संवाद कार्यक्रम महत्वपूर्ण रहेको बताएकी छन् । “पर्यटन क्षेत्रको पुनरुत्थान र रूपान्तरणका केन्द्रमा लैङ्गिक उत्तरदायित्व, दिगोपन र सहनशीलतालाई राख्नु आजको आवश्यकता हो,” उनले भनिन् ।

उनले उक्त संवाद नेपालका राष्ट्रिय विकास प्राथमिकता तथा दिगो विकास लक्ष्य
अन्तर्गत लक्ष्य ५ (लैङ्गिक समानता), लक्ष्य ८ (सम्मानजनक रोजगारी र आर्थिक
वृद्धि), लक्ष्य १० (असमानता न्यूनीकरण) र लक्ष्य १२ (उत्तरदायी उपभोग र
उत्पादन) सँग समेत मेल खाने स्पष्ट पारिन् ।

त्यसैगरी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले
पर्यटन पुनरुत्थान र वृद्धिमा लैङ्गिक उत्तरदायित्वलाई मूलधारमा ल्याउनुपर्ने आवश्यकता औँल्याए । “विशेषगरी समुदाय तहमा महिला नेतृत्वमा सञ्चालित पर्यटन उद्यमहरू नेपालको पर्यटन प्रणालीका मेरुदण्ड हुन् । तिनको सहनशीलता अभिवृद्धि र प्रभावकारी नीतिगत समर्थन बिना समावेशी, प्रतिस्पर्धी
र दिगो पर्यटन सम्भव हुँदैन,” उनले भने । उनले नेपाल पर्यटन बोर्डको समावेशी पर्यटन विकासको दृष्टिकोणसँग यो संवाद पूर्ण रूपमा मेल खाने उल्लेख गर्दै, “महिला उद्यमी सशक्तिकरण बिना दिगो पर्यटन विकास सम्भव छैन। यो संवाद नीतिगत प्रतिबद्धतालाई व्यवहारिक कार्यान्वयनमा रूपान्तरण गर्ने महत्वपूर्ण मञ्च बनेको छ,” सीईओ जोशीले थपे ।

कार्यक्रममा लैङ्गिक उत्तरदायी पर्यटन उद्यमशीलता तथा उद्यम दिगोपन र महिला
नेतृत्वमा सञ्चालित पर्यटन उद्यमको सहनशीलता अभिवृद्धि विषयमा केन्द्रित
दुई मुख्य सत्रहरू सञ्चालन गरिएका थिए । सहभागीहरूले आर्थिक, जलवायु तथा
बजारसम्बन्धी जोखिमहरूसँग जुध्न सक्ने नीतिगत उपाय, असल अभ्यास र उद्यम
तहका रणनीतिबारे विचार आदान–प्रदान गरिएका छन् । साथै, “पर्यटनमा महिला उद्यमशीलता: नीतिगत प्रतिबद्धताबाट व्यवहारिक कार्यान्वयनसम्म” र “समावेशी तथा सहनशील पर्यटन वृद्धि: सहकार्य र कार्यान्वयनका प्राथमिकता” शीर्षकका दुई प्यानल छलफलमार्फत सरकारी निकाय, विकास साझेदार र निजी क्षेत्रका लागि प्राथमिक कार्यदिशा पहिचान गरिएको थियो । उक्त नीतिगत संवादबाट नीतिसम्बन्धी महत्वपूर्ण सुझावहरू प्राप्त हुनुका साथै सरोकारवालाबीच समन्वय सुदृढ भएको र आगामी दिनमा महिला आर्थिक सशक्तिकरण तथा समावेशी पर्यटन वृद्धिका पहलहरूलाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

22/12/2025
एनएफपिजेको २८औँ साधारण सभा सम्पन्न, पाँच विधामा फोटो पत्रकार सम्मानितकाठमाडौँ — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफप...
21/12/2025

एनएफपिजेको २८औँ साधारण सभा सम्पन्न, पाँच विधामा फोटो पत्रकार सम्मानित

काठमाडौँ — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २८औँ वार्षिक साधारण सभा आइतबार ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालस्थित सभा हलमा सम्पन्न भएको छ। साधारण सभा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

प्रमुख अतिथि हार्तम्छालीले फोटोग्राफी समाजमा सबैभन्दा सरल, छिटो र प्रभावकारी सञ्चार माध्यम भएको उल्लेख गर्दै यसलाई प्रकृति, प्रविधि र संस्कृतिसँग समायोजन गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा एनएफपिजेका वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ ‘सागर’ले स्वागत मन्तव्य राख्नुभयो। सभामा अध्यक्ष प्रदीपराज वन्तले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै चालू आर्थिक वर्षभित्र सञ्चालन गरिने कार्यक्रम तथा संस्थागत रणनीतिहरूबारे जानकारी गराउनुभयो। अध्यक्ष वन्तले आगामी कार्यकालमा फोटो पत्रकारहरूको सामाजिक सुरक्षा, व्यावसायिक सशक्तिकरण र क्षमता विकासलाई प्राथमिकतामा राख्दै संगठनलाई अझ समावेशी, सुदृढ र प्रभावकारी बनाउने लक्ष्य लिएको बताउनुभयो।

महासचिव घनश्याम श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न गतिविधिहरूको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संगठन विस्तार, क्षमता विकास, अन्तर्राष्ट्रिय सहकार्य तथा फोटो पत्रकारहरूको हकहित संरक्षणमा उल्लेखनीय प्रगति भएको जानकारी गराउनुभयो। उहाँले आगामी दिनमा पेशागत सुरक्षा र डिजिटल क्षमताको अभिवृद्धिलाई थप सशक्त बनाइने उल्लेख गर्नुभयो।

त्यस्तै, कोषाध्यक्ष प्रदीपकुमार श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ को आम्दानी तथा खर्च विवरण सहितको आर्थिक प्रतिवेदन पेश गर्नुभयो। सभाले प्रस्तुत सबै प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरेको छ।

साधारण सभाको अवसरमा ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ पाँच विधामा प्रदान गरिएको थियो। ‘साहसिक फोटो पत्रकारिता सम्मान’ नबिनबाबु गुरुङ, ‘पर्यावरण–पर्यटन फोटो पत्रकारिता सम्मान’ उद्धव श्रेष्ठ, ‘मनोरञ्जन फोटो पत्रकारिता सम्मान’ सुबास मुखिया सुनुवार, ‘सांस्कृतिक फोटो पत्रकारिता सम्मान’ चन्द्रकला क्षेत्री र ‘खेलकुद फोटो पत्रकारिता सम्मान’ शंकर भुजेललाई प्रदान गरिएको हो।

त्यसैगरी पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाद्वारा स्थापित ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार–२०८२’ एनएफपिजेका सचिव प्रविन कुलुङ राईलाई प्रदान गरिएको छ भने ‘संस्थागत एनएफपिजे प्रेसिडेन्ट अवार्ड–२०८२’ उपाध्यक्ष सुनिल शर्मालाई प्रदान गरिएको थियो।

कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू कविन्द्रमान शाक्य, राजभाई सुवाल, राजेन्द्र चित्रकार, केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तसहित केन्द्रीय पदाधिकारी, आजीवन सदस्य तथा अन्य सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

एनएफपिजेले सदस्यहरूको सक्रिय सहभागिता, शुभेच्छुकहरूको साथ–सहयोग, सुझाव, स्वस्थ आलोचना तथा खबरदारीमार्फत संगठनलाई अझ सशक्त, जिम्मेवार र परिपक्व बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

द ब्रिटिश कलेज पूर्ण रूपमा सञ्चालनमा, भ्रामक सामग्रीप्रति स्पष्टोक्तिकाठमाडौं,  पौष ५  , द ब्रिटिश कलेज (TBC) ले हाल साम...
21/12/2025

द ब्रिटिश कलेज पूर्ण रूपमा सञ्चालनमा, भ्रामक सामग्रीप्रति स्पष्टोक्ति

काठमाडौं, पौष ५ , द ब्रिटिश कलेज (TBC) ले हाल सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन माध्यमहरूमा असम्बन्धित विषयहरूलाई मिसाएर अपूर्ण र भ्रामक सामग्रीहरू प्रसारित भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कलेजले स्पष्ट पार्दै भनेको छ कि हाल सबै शैक्षिक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्। अधिकांश विद्यार्थीहरू कक्षामा सक्रिय सहभागिता जनाउँदै सन्तोषजनक रूपमा अध्ययनरत छन् र कलेज पूर्ण रूपमा सञ्चालनमा रहेको छ।

द ब्रिटिश कलेज नेपालमा बेलायतस्थित ब्रिटिश एक्रिडिटेसन काउन्सिल (BAC) बाट मान्यता प्राप्त एकमात्र कलेज हो, जसले बेलायतका अन्तर्राष्ट्रिय रूपमा मान्य तथा प्रतिष्ठित विश्वविद्यालयहरूसँग सहकार्य गरी उच्च गुणस्तरीय शैक्षिक कार्यक्रमहरू प्रदान गर्दै आएको छ। कलेजले विगत वर्षहरूदेखि नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा सफल स्नातक तथा विद्यार्थीहरूको ठूलो समुदाय उत्पादन गर्दै आएको जनाएको छ।

कलेजका अनुसार, केही सीमित व्यक्तिहरूले उठाएका चासोहरू स्थापित संस्थागत प्रक्रिया अन्तर्गत सम्बोधन भइरहेका छन्। यस क्रममा विद्यार्थी सहयोग संयन्त्र प्रयोगमा ल्याइएको र आवश्यक समन्वय शिक्षा मन्त्रालयसँग पनि भइरहेको छ।

द ब्रिटिश कलेजले सामाजिक सञ्जालमार्फत हुने विवाद वा आरोप–प्रत्यारोपमा संलग्न नहुने स्पष्ट गर्दै सबै सरोकारवालाहरूलाई कानुनी, मर्यादित तथा उपयुक्त माध्यममार्फत आफ्ना विषयहरू उठाउन अनुरोध गरेको छ।

विद्यार्थी हित, शैक्षिक गुणस्तर र संस्थागत जिम्मेवारीप्रति कलेज पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाउँदै आवश्यक परे थप जानकारी केवल द ब्रिटिश कलेजका आधिकारिक सञ्चार माध्यममार्फत मात्र सार्वजनिक गरिने पनि कलेजले जनाएको छ।

राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ, सञ्चारमन्त्री खरेलललितपुर, ५ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगद...
20/12/2025

राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ, सञ्चारमन्त्री खरेल
ललितपुर, ५ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा राष्ट्रिय र राजनीतिक सहमति भए कम लागतमै इभोटिङको व्यवस्था गर्न सकिने विचार व्यक्त गर्नुभएको छ । कम्प्युटर एसाृसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले शनिबार ललितपुरमा आयोजना गरेको ‘क्यान बिटुबी समिट २०२५’ लाई सम्बोधन गर्दै मन्त्री खरेलले सूचना प्रविधिको माध्यमबाट कम खर्चमा नै मतदान गर्ने ब्यवस्था मिलाउन दवाव दिनुपर्ने खाँचो औंल्याउनुभयो । सञ्चारमन्त्री खरेलले भन्नुभयो, सूचना प्रविधिको युगमा पनि अर्बौं रकम खर्च गरेर मत पत्र छापेर मतदान गराएर नाम्लो लगाएर दुई दिन लगाएर बोकेर ल्याउनुपर्ने बाध्यता छ, सूचना प्रविधिको माध्यमबाट कम खर्चमा नै मतदान गर्ने ब्यवस्था मिलाउन दवाव दिनुपर्ने अवस्था छ ।”
मन्त्री खरेलले डिजिटल रुपान्तरणको युगमा सरकार प्रविधिमैत्री भएर अगाडि बढ्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो । सरकारका प्रवक्ता समेत रहनु भएका सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको भावना अनुसार सरकारले सुशासन कायम र फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नेगरी सबैखाले तयारी गरिएको जानकारी दिनुभयो ।
सञ्चारमन्त्री खरेलले भन्नुभयो,“पहिला–पहिला मेरोगाउँमा बाटो चाहियो भनेर माग हुन्थ्यो, तर अहिले डिजिटल मार्गका लागि माग बढ्दो अवस्था छ, मन्त्रालयमा फाइलको चाङ लागिरहेको छ । यस अबधिमा सूचना प्रविधिको क्षेत्रमा नीतिगत व्यवस्था र संरचनागत सुधारमा मिहिनेतकासाथ काम गर्नेछौँ ।”
उहाँले आगामी निर्वाचनमा राम्रो मान्छेलाई राजनीतिमा ल्याउन क्यान महासंघले पनि ध्यान दिनुपर्ने खाँचो औंल्याउनुभयो । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उद्यम गरिरहेका देशभरका प्रतिनिधिहरुबिच व्यवसायिक रणनीति बनाउन, व्यवसाय सम्बन्धि जिज्ञासा मेट्न, सूचना तथा सञ्चार प्रविधि सम्बन्धि व्यापार वृद्धि गरी देशको अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यले समिट आयोजना गरिएको क्यान महासंघले जनाएको छ ।

नेपाल–भारत पर्यटन सहकार्य सुदृढ गर्न नेपालगञ्जमा क्रस–बोर्डर टुरिज्म कन्क्लेभनेपालगञ्ज ‌।नेपाल–भारतबीच पर्यटन आवागमन सहज...
20/12/2025

नेपाल–भारत पर्यटन सहकार्य सुदृढ गर्न नेपालगञ्जमा क्रस–बोर्डर टुरिज्म कन्क्लेभ

नेपालगञ्ज ‌।नेपाल–भारतबीच पर्यटन आवागमन सहज बनाउँदै भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यका साथ नेपालगञ्जमा ‘क्रस–बोर्डर टुरिज्म कन्क्लेभ’ शुक्रबारदेखि सुरु भएको छ। नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा सुरु भएको तीनदिने कन्क्लेभमा दुवै देशका पर्यटन व्यवसायी, नीति निर्माता, सुरक्षा निकाय र सरोकारवालाको सहभागिता रहेको छ । कन्क्लेभको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपमहानगरपालिका प्रमुख विष्टले नेपालगञ्ज धार्मिक पर्यटनका दृष्टिले महत्वपूर्ण गन्तव्य रहेको उल्लेख गर्दै भारतीय पर्यटकलाई आकर्षित गर्न स्थानीय तह, निजी क्षेत्र र केन्द्रीय निकायबीच साझा प्रयास आवश्यक रहेको बताए ।
कार्यक्रमको पहिलो प्यानल सत्रमा ‘नेपाल–भारतबीच सीमापार पर्यटन कनेक्टिभिटी सुदृढीकरण’ विषयमा विस्तृत छलफल भएको थियो । प्यानल छलफलमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक राज जोशी, नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वप्रमुख धवल शम्शेर राणा, बाँकेका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी र नाट्टा बाँकेका पूर्वअध्यक्ष श्रीराम सिग्देल सहभागी थिए ।

छलफलमा सहभागीहरूले सीमा क्षेत्रमा देखिने अनावश्यक कडाइ, व्यवहारगत समस्या र लामो सुरक्षा जाँच प्रक्रियाले पर्यटकलाई निरुत्साहित गरिरहेका जस्ता समस्याको समाधानका उपायबारे बहस भएको हो । वक्ताहरूले नेपालगञ्ज केवल ट्रान्जिट सहर नभई कर्णाली र सुदूरपश्चिमको प्रवेशद्वार तथा सम्भावनायुक्त पर्यटन हब भएको उल्लेख गर्दै सीमापार अवरोध हटाउन उदार र व्यवहारिक प्रोटोकल आवश्यक रहेकोमा जोड दिए । कन्क्लेभमा भारतीय टुर एण्ड ट्राभल सञ्चालक र पत्रकारहरुको सहभागिता रहेको थियो । भारतीय पक्षका सहभागीहरूले पर्यटकसँग सुरक्षाकर्मीको व्यवहार सुधार गर्न नेपाल–भारत संयुक्त पर्यटन परिषद् गठन गर्न सयझाव दिएका थिए ।

बाँकेका प्रहरी उपरीक्षक जिसीले सीमा सुरक्षाका चुनौती स्वीकार्दै पर्यटकमैत्री प्रहरी सेवा सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताए । “यी विषयहरू दशकौँदेखि उठिरहेका छन्, अब ढिलाइ गर्नु हुँदैन,” उनले भने, “सीमामा हुने सुरक्षा जाँच प्रक्रियालाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको छ । पर्यटकलाई दुःख दिने हाम्रो उद्देश्य होइन, सरोकारवालासँग बसेर समस्या समाधान गर्छौं ।”

नेपाल पर्यटन बोर्डका सीईओ दीपक राज जोशीले बाँके र नेपालगञ्ज क्षेत्रमा पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै यस्ता अन्तरदेशीय कार्यक्रमले प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले नेपाल वेडिङ डेस्टिनेसन र वेलनेस र वाइल्ड-लाइफ टुरिजमका लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गरे । केही समयअघि पर्यटकले व्यहोर्दै आएको भुक्तानी प्रणालीको झन्झट पनि हाल सहज भइसकेको बताए ।

नाट्टाका पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक श्रीराम सिग्देलले नेपालगञ्जलाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा विकास गर्न सकिने बताउँदै दिल्ली–नेपालगञ्ज प्रत्यक्ष उडानको प्रस्ताव अघि सारे । सीमापार सहकार्य र निरन्तर संवादमार्फत पर्यटनमा देखिएका अवरोध समाधान गर्न सकिने उनको भनाइ थियो । नेपालगन्जका पूर्वमेयर धवल शम्शेर राणाले सीमाका समस्या सहज बनाउने र नेपालगञ्जको वास्तविक पर्यटन सम्भावना उजागर गर्ने दुई मुख्य कार्य अहिलेको आवश्यकता भएको बताए ।

कार्यक्रममा भारतीय टुर अपरेटर शैलेश अग्रवालले हवाई उडानमा तोकिएकोभन्दा बढी शुल्क लिने गरिएको गुनासो गरे भने अर्का टुर अपरेटर मनिराम गुप्ताले भारतबाट नेपाल आउँदा शंकास्पद दृष्टिले हेर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने धारणा राखे । हान नेपालका केन्द्रीय सदस्य दीवाकर खनालले पशुपतिनाथ–केदारनाथ, जनकपुर–अयोध्या र लुम्बिनी–बोधगया जस्ता सर्किट विकास गर्न सके धार्मिक पर्यटनमा ठूलो फड्को मार्न सकिने बताए । बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले धर्मको विकाससँगै पर्यटन स्वतः विस्तार हुने धारणा व्यक्त गरे ।

करिब ४० जना भारतीय टुर अपरेटरसहित आयोजित कन्क्लेभमा ३२ वटा स्टल राखिएका छन् । कार्यक्रममा ‘बी–टु–बी’ सत्र, पर्यटन अनुभव आदान–प्रदान, नीतिगत छलफल, सांस्कृतिक कार्यक्रम तथा आइतबार बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारीसमेत समावेश गरिएको छ । नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले सीमापार पर्यटनलाई चलायमान बनाउन ‘क्रस–बोर्डर टुरिज्म कन्क्लेभ’ प्रभावकारी प्लेटफर्म बनेको बताए ।

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिमकाठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत...
20/12/2025

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्‍चालन गरिएको चिनियाँ भाषा तालिम सम्पन्‍न भएको छ । नेपाल पर्यटन बोर्डद्वारा काठमाडौंस्थिति चिनियाँ दूतावास र नेपाल-चीन सांस्कृतिक तथा शैक्षिक परिषद् (एनसिसिइसी)सँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायीहरूका लागि सञ्चालन गरिएको सातौँ चिनियाँ भाषासम्बन्धी तालिम शुक्रबार सम्पन्‍न भएको हो । हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको यस तालिम अन्तर्गत वार्षिक रूपमा ५० भन्दा बढी नेपाली पर्यटन व्यवसायी तथा विद्यार्थीहरूलाई चिनियाँ भाष प्रशिक्षण प्रदान गरिँदै आएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा राष्ट्रपति सि जिनपिङसँग भएको भेटपछि हस्ताक्षर गरिएको द्विपक्षीय सहायता सम्झौतापश्चात् यो कार्यक्रम सुरु गरिएको थियो । जसले नेपाल–चीन पर्यटन तथा जनस्तरीय सम्बन्धलाई थप मजबुत बनाउँदै आएको छ ।

चिनियाँ भाषा तालिम समापन समारोहमा चिनियाँ दूतावासका उपप्रमुख (डिसिएम) झोउ पान, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने तथा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐयरलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । सो अवसरमा सातौँ ब्याचका प्रशिक्षार्थीहरू लाई प्रमाणपत्र वितरण गरिएको थियो । समारोहका क्रममा तालिम पूरा गरेका सहभागीहरूले चिनियाँ भाषामा आफ्ना सीप प्रस्तुत गर्दै सांस्कृतिक कार्यक्रम तथा मार्शल आर्ट प्रदर्शनसमेत गरेका थिए । सहभागीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति र भाषिक दक्षताले कार्यक्रमको प्रभावकारिता प्रष्ट पारेको कार्यक्रममा उपस्थिति वक्ताहरुले उल्लेख गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ दूतावासका उपप्रमुख झोउ पानले नेपाली विद्यार्थीहरूको चिनियाँ भाषा तथा संस्कृतिप्रतिको उत्साह र समर्पणप्रति खुशी व्यक्त गर्दै चिनियाँ भाषामा दक्षता हासिल गर्नु विश्वकै सबैभन्दा ठूलो पर्यटन बजारसम्म पहुँचको ढोका खोल्ने माध्यम हुने उल्लेख गरेका छन् । चिनियाँ भाषा प्रशिक्षणले नेपालको पर्यटन उद्योग र समग्र अर्थतन्त्रलाई फाइदा पुर्‍याउने उनकव विश्‍वास छ । उनले भने, "चीनको १५औँ पञ्चवर्षीय योजनामा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै त्यसको सकारात्मक प्रभाव नेपालसम्म पनि विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिश शाहले अन्तर्राष्ट्रिय व्यापार र पर्यटन क्षेत्रमा चिनियाँ भाषाको बढ्दो महत्त्वबारे प्रकाश पार्दै नेपाली पर्यटन क्षेत्रका लागि यसले दीर्घकालीन लाभ पुर्‍याउने धारणा व्यक्त गरेका छन् । पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले चिनियाँ पर्यटकहरूका लागि नेपाललाई प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्न यस प्रकारको भाषा तालिम अत्यन्त उपयोगी रहेको बताए । चिनियाँ भाषामा दक्ष जनशक्ति तयार हुनु सरकारको चिनियाँ पर्यटक आगमन वृद्धि गर्ने लक्ष्य हासिल गर्न महत्वपूर्ण आधार हुने उनको भनाइ थियो ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐयरले सातौँ ब्याचका सहभागीहरूलाई बधाई दिँदै भविष्यमा पनि कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । चिनियाँ भाषामा दक्ष मानव संसाधन विकासले चिनियाँ पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्न र नेपालको पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउन सहयोग पुग्ने उनले उल्लेख गरेका छन् । यसै क्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत रोबिन रेग्मीले यो कार्यक्रम बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको सहकार्यमा सञ्चालन हुँदै आएको निरन्तर क्षमता अभिवृद्धि पहलको हिस्सा भएको बताएका छन् । उनका अनुसार यस कार्यक्रमको उद्देश्य पर्यटन क्षेत्र मात्र नभई व्यापार, आर्थिक गतिविधि तथा अन्य क्षेत्रका लागि समेत उपयोगी हुने गुणस्तरीय चिनियाँ भाषा दक्ष जनशक्ति उत्पादन गर्नुका साथै दुई देश र जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनु रहेको सहभागीहरुले बताएका छन् । यस प्रकारका पहलहरूले नेपाल र चीनबीचको जनस्तरीय सम्बन्धलाई थप मजबुत बनाउँदै पर्यटन प्रवर्द्धन र आर्थिक सहकार्य विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास नेपाल पर्यटन बोर्डले व्यक्त गरेको छ ।

जेनजी आन्दोलनका क्रममा घाइते पत्रकार नगदसहित सम्मानित  काठमाडौँ, ४ पुस । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रक...
19/12/2025

जेनजी आन्दोलनका क्रममा घाइते पत्रकार नगदसहित सम्मानित
काठमाडौँ, ४ पुस । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरुलाई नगदसहित सम्मान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको रिपोर्टिङको क्रममा घाइते पत्रकारलाई सम्मान गरेको हो । मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चार जना घाइते पत्रकारहरुलाई सम्मान गर्नुभयो । कार्यक्रममा स्वतन्त्र पत्रकार शम्भु दाहाललाई एक लाख नगद तथा सम्मान, श्याम श्रेष्ठ–कान्तिपुर टेलिभिजन, उमेश कार्की–नेपाल प्रेस, तथा दीपेन्द्र ढुङ्गाना – नयाँ पत्रिकालाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
सो अवसरमा सञ्चारमन्त्री खरेलले देश र जनताको पक्षमा जोखिम उठाएर कामगर्ने पत्रकारकाे योगदानको उच्च कदर गर्दै राज्यको तर्फबाट सम्मान गरिएको उल्लेख गर्नुभयो । उहाँले विभिन्न आन्दोलन लगायतका कार्यक्रमहरूमा अग्रपङ्क्तिमा परिचालन हुने पत्रकारहरूको सुरक्षाको लागि सरकार, आन्दोलनरत पक्ष वा आयोजक तथा सञ्चार गृह जिम्मेवार र उत्तरदायी हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । मन्त्री खरेलले आन्दोलनका क्रममा गम्भीर घाइते भएका पत्रकारहरूको उपचार खर्च राज्यले बेहोर्ने बताउदै घाइते पत्रकारहरुलाई निरन्तर सम्पर्कमा रहन आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो, राज्यले तपाईंहरुको उपचार खर्च व्यहोर्नु पर्छ । मैले त्यतिबेला पनि भनेको थिएँ । आज पनि भन्छु । यत्रो दुनियाँको खर्च व्यहोरिरहेको सरकारले तपाईंको किन नव्यहोर्ने ? तर यसमा मिसइन्फरमेसन चाहिँ नहोस् । सरकारले वास्ता गरेन हैन, गर्छ । तर सम्पर्क त हुनुपर्यो । सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनका क्रममा सञ्चार क्षेत्रमा करिब ७८ करोडको क्षति भएको उल्लेख गर्दै त्यसको पुनस्र्थापना कसरी गर्ने भन्नेमा आफू चिन्तित रहेको बताउनुभयो । शुक्रबारदेखि सरकारले गोरखापत्र संस्थानका पत्रकारहरूलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराउन शुरु भएको जानकारी दिदै मन्त्री खरेलले छिट्टै रेडियो नेपाल नेपाल, नेपाल टेलिभिजन तथा रासस लगायतका निकायका पत्रकारहरूलाई पनि सामाजिक सुरक्षा योजनामा आवद्ध गराउने बताउनुभयो ।

मन्त्री खरेलले नीजि क्षेत्रका सञ्चार माध्यममा कार्यरत पत्रकारहरूलाई सामाजिक सुरक्षाको योजनामा समेट्ने गरी अभियान नै सञ्चालन गर्न तथा बेरोजगार घाइते पत्रकारहरूको रोजगारीको व्यवस्था गर्ने गरी क्रियाशील हुन नेपाल पत्रकार महासङ्घलाई आग्रह गर्नुभयो । सञ्चारमन्त्री खरेलले घाइते पत्रकारले चाहेको खण्डमा उचित रोजगारीको व्यवस्थापन पत्रकार महासंघले गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष नितु पण्डितले सरकारले पत्रकारहरूको कामको सम्मान गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।
सम्मानीतमध्येबाट पत्रकार सम्भु दंगालले अग्रपङ्क्तिमा परिचालन हुने पत्रकारहरूको सुरक्षाको लागि सरकारले नीतिगत व्यवस्था गर्नुपर्ने, पत्रकार सुरक्षा कोषको प्रबन्ध गर्नुपर्ने, पत्रकारहरूलाई सामाजिक सुरक्षाको योजनामा आवद्ध गर्नुपनमर्नेमा जोड दिनुभयो । पत्रकार दिपेन्द्र ढुङ्गानाले घाइते पत्रकारहरूलाई उपचार खर्च उपलब्ध गराउनुपर्ने तथा आगामी दिनमा अग्रपङ्तिमा खटिने पत्रकारको सुरक्षाका लागि नीतिगत सुधार गरिनुपर्ने खाँचो औंल्याउनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल, मन्त्रालयका उच्च पदाधिकारीहरू तथा नेपाल पत्रकार महासङ्घका पदाधिकारीहरू तथा सञ्चार क्षेत्रका विभिन्न निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

मेलम्चीको फट्टे पुल निर्माणको शुभ सन्देश लिएर आइपुगे मन्त्री तामाङमेलम्ची, सिन्धुपाल्चोक । शुक्रवार बागमती प्रदेश सरकारक...
19/12/2025

मेलम्चीको फट्टे पुल निर्माणको शुभ सन्देश लिएर आइपुगे मन्त्री तामाङ

मेलम्ची, सिन्धुपाल्चोक । शुक्रवार बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री माननीय कृष्णकुमार तामाङ, मेलम्ची नगर प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान तथा वडाध्यक्षलगायतको टोलीले मेलम्ची नगरपालिका वडा नं. ११ स्थित फट्टेमा निर्माण प्रस्तावित पक्की पुलको सम्भाव्यता अध्ययनका लागि स्थलगत अनुगमन गर्नु भएको छ। जनहित तथा विकास निर्माणका कार्यमा निरन्तर प्रतिबद्ध जनप्रतिनिधिहरूको सक्रियतासँगै उक्त पुल निर्माण हुने सम्भावना प्रबल बनेको हो।

मन्त्री तामाङको निर्देशनमा पुल निर्माणको प्रारम्भिक चरणअन्तर्गत सम्भाव्यता अध्ययन (Feasibility Survey) आजैबाट प्राविधिक टोलीले सुरु गरेको छ। यस अध्ययनले पुलको उपयुक्त स्थान, डिजाइन तथा प्राविधिक पक्षको गहिरो विश्लेषण गरी परियोजनाको सफल कार्यान्वयनका लागि मार्ग प्रशस्त गर्नेछ।

स्थलगत अनुगमनपश्चात् मन्त्री तामाङले पुल निर्माणका लागि आजको निरीक्षण तथा सम्भाव्यता अध्ययनको शुभारम्भसँगै मेलम्चीका स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूमा हर्ष र उत्साहको वातावरण सिर्जना हुने बताउनु भयो। उहाँले यस परियोजनाले मेलम्चीको पूर्वाधार सुदृढीकरण र जनताको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नु भयो। साथै, पुल निर्माणले यातायात, व्यापार र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउँदै मेलम्ची नगरपालिकाको समग्र विकास प्रक्रियामा नयाँ युगको सुरुवात हुने धारणा राख्नु भयो।

नगर प्रमुख आइतमान तामाङले फट्टे पुलको निर्माण मेलम्चीका लागि गर्वको विषय भएको उल्लेख गर्दै यसले स्थानीय जनताको पहुँच सहज बनाउने र दैनिक जीवनमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो। उहाँका अनुसार यो परियोजनाले मेलम्ची मात्र नभई सम्पूर्ण सिन्धुपाल्चोक जिल्लाको विकासमा कोशेढुंगा सावित हुनेछ। पुल निर्माणसँगै यातायातमा सहुलियत, पर्यटन प्रवर्द्धन र अन्य विकासका सम्भावनाहरू खुल्ने अपेक्षा पनि उहाँले व्यक्त गर्नु भयो।

प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले स्थानीय जनताको सक्रिय सहभागिता र सहयोग बिना कुनै पनि महत्वपूर्ण परियोजना सफल हुन नसक्ने उल्लेख गर्दै सबैलाई पुल निर्माण प्रक्रियामा हातेमालो गर्न आग्रह गर्नु भयो।

आजको स्थलगत अनुगमन कार्यक्रममा उपप्रमुख, वडा नं. ८, ९, १० र ११ का वडाध्यक्षहरू, पूर्वाधार विकास निर्देशनालय हेटौंडाका प्राविधिक टोली, सुरक्षा कर्मी, सञ्चारकर्मी, समाजसेवी, बौद्धिक व्यक्तित्व तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकालपुस ४नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढका...
19/12/2025

निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल

पुस ४नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रको मनोबल माथी उठाँउँदै विश्वास पुनःस्थापना गर्नु आजको मुख्य आवश्यकता भएको बताउनु भएको छ ।

नवलपुर उद्योग वाणिज्य संघको ११औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष ढकालले राजनीतिक अस्थिरता, असरुक्षा र अन्यौलका कारण आर्थिक गतिविध चलायमान हुन नसकेकोले र निजी क्षेत्रको मनोबलमाथी नउठेसम्म आर्थिक गतिविधि चलायमान हुन कठिन हुने धारणा राख्नु भयो ।
हरेक आन्दोलनका क्रममा निजी क्षेत्रका उद्योग, व्यवसायमा प्रहार हुने गरेकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष ढकालले यस्तो अवस्थाले लगानी वातावरण थप कमजोर हुने धारणा राख्नु भयो । नेपालमा व्यवसायीले गरेको योगदानको चर्चा भन्दा नकारात्मक प्रचार बढि हुने गरेको उल्लेख गर्दै यस प्रकारको धारणामा परिवर्तन आवश्यक भएको बताउनु भयो । “ देशमा सबैभन्दा बढि रोजगारी सिर्जना गर्ने निजी क्षेत्र, राजस्वमा योगदान गर्ने निजी क्षेत्र तर हरेक आन्दोलनमा निजी क्षेत्र तारो बन्ने गरेको छ । अब जुनसुकै प्रर्दशन या आन्दोलनमा निजी क्षेत्रमा आगजनी र तोडफोड गर्नु हुँदैन भन्ने सन्देश आमरुपमा प्रवाह गर्नु पर्दछ ।” अध्यक्ष ढकालले भन्नुभयो ।
भाद्र २३ र २४ को गतेको प्रर्दशनका क्रममा भएको गलत घुसपैठबाट उद्योग व्यवसाय देखि उद्यमी व्यवसायीका शयन कक्षसम्म आगो लागेको, लुटपाट भएको र अर्बौको क्षति भएको अवस्थामा दण्डहीनताले प्रशय पाउन नहुनेमा अध्यक्ष ढकालको जोड थियो ।

नेपाल उद्योग वाणिज्य महासंघको पहलमा धेरै नीतिगत सुधार भएको उल्लेख गर्दै उहाँले नेपालमा अथाह सम्भावना भएको र ती सम्भावनाहरुबाट नेपालमै अवसर सिर्जना गर्नु पर्ने बताउनु भयो । उहाँले देशमा ठूला पूर्वाधार परियोजनाको लागि प्रत्यक्ष वैदेशिक लगानीको मात्रै मुख ताकेर नहुने भन्दै देशमै छरिएर रहेको पूँजीलाई एकत्रित पूर्वाधार विकास तथा उद्यमशीलताको विकास गर्नु पर्ने बताउनु भयो । अध्यक्षका ढकालले त्यसैको लागि महासंघको पहलमा १० अर्ब रुपैंया पूँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरि काम शुरु गरिएको जानकारी दिँदै यसबाट ठूला पूर्वाधार विकास तथा अन्य उद्यमका लागि पूँजीको अभाव नहुने बताउनु भयो । उहाँले नवलपरासकिो धौवादी फलाम खानी सञ्चालनका लागि पनि सहकार्य गर्न सकिने धारणा राख्नु भयो ।
महासंघको आग्रहमा सरकारले जिल्ला सुरक्षा समितिमा महासंघको प्रतिनिधी सहभागी गराएको बताउँदै यसमा प्रभावकारी सहभागिताको लागि जिल्ला नेतृत्व आगह गर्नु भयो । नवलपुर जिल्लामा कृषि, पर्यटन, ऊर्जा र साना तथा मझौला उद्योगमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय बढाएर ती सम्भावनालाई व्यवहारमा उतार्नु पर्नेमा समेत जाड दिनुभयो ।

नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेलकाठमाडौँ, ३ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेप...
18/12/2025

नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल
काठमाडौँ, ३ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल र चीच लामो समयदेखिको असल छिमेकी रहेको भन्दै नेपाल एक चीन नीतिप्रति सधै प्रतिवद्ध रहेको बताउनुभएको छ ।

काठमाडौँमा बिहिबार आयोजित चौथो संकरणको ‘चाइना–नेपाल मिडिया समिट’ लाई सम्बोधन गर्दै मन्त्री खरेलले नेपालको विकास र सद्भावका निम्ति चीन सरकारको निरन्तर सहयोगको सराहना गर्नुभयो ।

चीनले नेपालको विशेषगरी पूर्वाधार विकासमा उल्लेखनीय योगदान पु¥याएको उहाँले उल्लेख गर्नुभयो । “चीन नेपालको लामो समयदेखिको सहयोगी छिमेकी हो”, सञ्चारमन्त्री खरेलले भन्नुभयो,“खासगरी नेपालको पूर्वाधार विधास, आर्थिक विकास, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति, सम्पदाको विकास प्रवद्र्धनमा उत्तीकै योगदान गरेको छ, यसका लागि चीन सरकार र चिनियाँ जनताप्रति आभार प्रकट गर्दछु ।

नेपालका लागि जनगणतन्त्र चीनका कन्सुलर श्जग ँभलन (झु फेङ) ले चीन र नेपालबीचको सम्बन्धको विविध आयामबारे चर्चा गर्नुभएको थियो । दक्षिण एसिया नेटवर्क टेलिभिजन तथा नेपाल चाइना मिडिया फोरमद्धारा आयोजित समिटमा चिनियाँ र नेपाली सञ्चारमाध्यमबिच अन्तर्राष्ट्रिय विषयवस्तुमा छलफलमा केन्द्रित थियो ।

Address

Gokarneshwor Manucipality 9 Sunder Tole Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Photobank2020 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share