साकोस सञ्चार गृह

साकोस सञ्चार गृह समाचार र टिप्पणी अडियो भिडियो सहित
सत्य समाचार

वेदकुमारी न्यौपानेका तीन कृतिहरु लोकार्पित २०८२ कात्तिक ८, काठमाडौं ।साहित्यिक पत्रकार संघ (Literary Journalist Associat...
25/10/2025

वेदकुमारी न्यौपानेका तीन कृतिहरु लोकार्पित

२०८२ कात्तिक ८, काठमाडौं ।

साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज साहित्यकार वेदकुमारी न्यौपानेको कथाकृति "अलग" र उपन्यासहरु "बन्धन" र "पछुतो"को लोकार्पण कार्यक्रमको आयोजना गर्‍यो ।

डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा आयोजना गरिएको सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति चर्चित कलाकार के के कर्माचार्य, कार्यक्रमका सभापति साहित्यिक पत्रकार संघ अध्यक्ष राधेश्याम लेकाली, विशिष्ठ अतिथिहरु पूर्व मन्त्री माननीय दीपेन्द्र श्रेष्ठ, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के. सी., गुन्जनकी निवर्तमान अध्यक्ष वरिष्ठ सर्जक हिरण्यकुमारी पाठक, वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाल, वरिष्ठ सङ्गीतकार प्रदीप बमजन, वरिष्ठ समालोचकहरु प्रा. डा. गोविन्दमानसिंह कार्की, डा. शान्तिमाया गिरीलगायतले सो कृतिहरुको लोकार्पण गर्नु भएको थियो ।

कार्यक्रममा कृतिकार वेदकुमारी न्यौपानेको कथाकृति "अलग"को समीक्षा वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवालले गर्नु भयो भने "बन्धन" उपन्यासको समीक्षा वरिष्ठ समालोचक प्रा. डा. गोविन्दमानसिंह कार्कीले र "पछुतो" उपन्यासको समीक्षा डा. शान्तिमाया गिरीले गर्नु भयो ।

कार्यक्रममा प्रमुख अतिथि के के कर्माचार्य, अध्यक्ष राधेश्याम लेकाली, विशिष्ठ अतिथिहरु दीपेन्द्र श्रेष्ठ, मदनदास श्रेष्ठ, प्रा. डा. सुरेन्द्र के. सी., हिरण्यकुमारी पाठक, साहित्यिक पत्रकार संघकी कोषाध्यक्ष वरिष्ठ आख्यानकार पद्यमावती सिंह लगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

कवि एवं पत्रकार यशोदा अधिकारीले सहजीकरण गर्नु भएको सो कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी, साहित्यकारहरु गोपालप्रसाद थपलिया, पुरुषोत्तम दाहाल, शरद प्रधान, जयदेव भट्टराई, रामप्रसाद पन्त, डा. सावित्री श्रेष्ठ, प्रधुम्न जोशी, तुलसीहरि कोइराला, विजयध्वज थापा, मथुरा प्रधान, जयन्ता पोखरेल, उमेश पाण्डे, राजन न्यौपाने, जीवनाथ धमला, बालकृष्ण श्रेष्ठ पासा, लता के. सी, डा. बुनु दाहाल, उषा के. सी., तारा के. सी., प्रमोद सारङ, भुवन मास्के मुस्कान, डी. आर. राई, गोपीकृष्ण प्रसाईं, भानुप्रकाश जोशी, राज रजक, मन भुजेल, अविकेशर ओलि, केशवप्रसाद पराजुली, तुलसा पहाडी, लता चन्द, नीरा श्रेष्ठ लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

कृतिकार न्यौपानेका हालसम्म दुई दर्जन जति कथा, उपन्यास, नाटक, गीत, कविता, मुक्तक लगायतका कृतिहरु प्रकाशित रहेका छन् ।

हेम सरीता  पाठक फाउन्डेसनको भ्रष्टाचार बिरोधि आन्दोलनको मूर्त अभियान ,अब जाग्नु पर्छ गीतको लोकार्पण ।'अब जाग्नु पर्छ' म्...
19/10/2025

हेम सरीता पाठक फाउन्डेसनको भ्रष्टाचार बिरोधि आन्दोलनको मूर्त अभियान ,अब जाग्नु पर्छ गीतको लोकार्पण ।
'अब जाग्नु पर्छ' म्युजिक भिडियो सार्वजनिक

हेम सरिता पाठक फाउन्डेसनले आज २०८२ कात्तिक २ गते डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा आयोजना गरेको 'अब जाग्नु पर्छ' म्युजिक भिडियोको सार्वजनिक कार्यक्रम सप्पन्न भयो ।

फाउन्डेसनका अन्तर्राष्ट्रिय अध्यक्ष जेनी पाठकको अध्यक्षतामा आयोजित सो कार्यक्रममा लोकार्पित 'अब जाग्नु पर्छ' म्युजिक भिडियोको गीत फाउन्डेसनका प्रमुख संरक्षक गीतकार हेम पाठकले लेख्नु भएको हो भने सो गीतको संगीत एवं गायन बी बी अनुरागी र शिशिर योगीले गर्नु भएको हो ।

कार्यक्रममा फाउन्डेसनका प्रमुख संरक्षक गीतकार हेम पाठकले आफ्नो मन्तव्य राख्दै फाउन्डेसनको अभियानबारे स्पस्ट गर्दै गीतको उदेश्यबारे बोल्नु भएको थियो ।

फाउन्डेसनका अन्तर्राष्ट्रिय महासचिव राधेश्याम लेकालीले सहजीकरण गर्नु भएको सो कार्यक्रममा पूर्व मन्त्री माननीय दीपेन्द्र श्रेष्ठ, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, नेपाली चलचित्रका नायक संजय खतिवडा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

यसैगरी फाउन्डेसनका अन्तर्राष्ट्रिय अध्यक्ष जेनी पाठकले जेन जी आन्दोलनमा सहादत प्राप्तहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भ्रष्टाचारको विरुद्ध सबै चनाखो हुनुपर्ने बताउँदै आगामी निर्वाचनमा भ्रस्टाचारीलाई भोट हुँदैन भन्नू भयो ।

कार्यक्रममा फाउन्डेसनका दुत वरिष्ठ कलाकार किरण के. सी., लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, गीतकार एवं समाजसेवी शोभित उप्रेती, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, प्रा डा. गोविन्दमान सिंह कार्की, लगायत विभिन्न संस्थाका प्रतिनिधिहरु, पत्रकार, साहित्यकार र अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

काठमाडौ ,कार्तिक १ चर्चित गायिका मथुरा प्रधान श्रेष्ठको आत्म वृतान्त कृति काठमाडौको आनन्द भूमि ब्यान्केट बानेश्वरमा एक भ...
19/10/2025

काठमाडौ ,कार्तिक १
चर्चित गायिका मथुरा प्रधान श्रेष्ठको आत्म वृतान्त कृति काठमाडौको आनन्द भूमि ब्यान्केट बानेश्वरमा एक भब्य समारोह बिच लोकार्पण गरियो।
साहिय्यिक पत्रकार संघद्वारा आयोजित उक्त कार्यक्रम संस्थाका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्व र संस्कृतिबिद्द अन्तरास्ट्रिय कविको छवि बनाएका वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यतामा भएको हो। लेखक मथुराद्वारा गाइएको गीत पनि सोही समारोहमा लोकार्पण गरिएको थियो।

साहित्यिक पत्रकार सङ्घद्वारा हिजो यहाँ आयोजित विशेष कार्यक्रममा वरिष्ठ गायिका मथुरा प्रधान श्रेष्ठको आत्मकथाकृति "जीवनको अनमोल यात्रा" र म्युजिक भिडियो "सुख त सपनै भो"को लोकार्पण भयो । सो कृतिको प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवस र मन्चासीन विशिष्ट व्यक्तिहरूले लोकार्पण गर्नुभएको थियो । लोकार्पणपछि म्युजिक भिडियोको प्रदर्शन पनि गरियो ।

कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवसले मथुरा प्रधान श्रेष्ठ आफ्नो विद्यार्थी भए पनि स्रष्टाका रूपमा उनको आफ्नै उचाइ भएको बताए । उनले भने, "साहित्यकारहरूले लेखनबाट, सङ्गीतकर्मीहरूले सङ्गीत र गायनबाट र कलाकर्मीहरूले कुचीका माध्यमबाट विश्वमा आफ्नो देशलाई चिनाइरहेका हुन्छन् ।"

वरिष्ठ समालोचक प्रमोद प्रधानले मथुरा श्रेष्ठ प्रधानले दीप श्रेष्ठ र गोपाल योन्जनजस्ता सङ्गीतजगतका विशिष्ट साधकहरूको अभिभावकत्व पाउनु आफैंमा उल्लेखनीय भएको बताउनुभयो । उहाँले आत्मवृत्तान्तमा पाइने इमानदारीको प्रशंसा पनि गर्नुभयो ।

अर्का वक्ता कवि एवं पत्रकार शकुन्तला जोशीले सरल र सहज भाषामा लेखिएको यो कृतिले लेखकको सङ्घर्षलाई राम्ररी प्रस्तुत गरेको धारणा राख्नुभयो ।

अध्यक्षको आसनग्रहण गर्नु भएका साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै प्रतिभाहरूलाई अगाडि ल्याउने कार्यमा साहित्यिक पत्रकार सङ्घले ५४ वर्षदेखि काम गर्दै आइरहेको चर्चा गर्नुभयो ।

कृतिकार मथुरा श्रेष्ठले आफ्नो साङ्गीतिक लगाव, सङ्घर्ष र सहयोगीहरूबारे बताउँदै यात्रामा सघाउनेहरू सबैप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ आख्यानकार पद्मावती सिंह र चलचित्र निर्देशक प्रकाश सायमीले शुभकामना मन्तव्य राख्नुभएको थियो भने वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र के.सी., कवि एवम् आख्यानकार उषा शेरचन, पूर्व राजदूत महेश मास्के र ओम अस्पतालका अध्यक्ष डा. आनन्द श्रेष्ठको पनि उपस्थिति थियो ।

कार्यक्रममा मथुरा प्रधान श्रेष्ठका श्रीमान् प्रदीप श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण कवि सविता श्रेष्ठ "बेहोसी"ले गर्नु भएको थियो ।

सुरुमा प्रमुख अतिथि तुलसी दिवसले गमलामा जल सिंचन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

आज सार्वजनिक गरिएको म्युजिक भिडियो "सुख त सपनै भो"का गीतकार प्रकाश सायमी र सङ्गीतकार प्रवीन बराइली हुन् ।

कृतिहरूको लोकार्पण तथा परिचर्चा कार्यक्रम सम्पन्न भयो २०८२ असोज ३१, काठमाडौं ।आख्यानकार तथा साहित्यिक पत्रकार हिरण्यकुमा...
17/10/2025

कृतिहरूको लोकार्पण तथा परिचर्चा कार्यक्रम सम्पन्न भयो

२०८२ असोज ३१, काठमाडौं ।
आख्यानकार तथा साहित्यिक पत्रकार हिरण्यकुमारी पाठकको लघुकथाकृति'तेल भिसा'र कविताकृति'सम्बन्धको चुकुल' तथा हिरण्यकुमारी पाठकद्वारा नै सम्पादित 'सर्जक गणेश रसिक स्मृति अङ्क' नारीस्वर'को लोकार्पण गरिएको खबर छ।

साहित्यिक पत्रकार संघको आयोजनामा संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती प्रमुख आमन्त्रित व्यक्तित्व रहेका थिए भने चर्चाकारहरूमा प्रा.डा.गोविन्दमानसिंह कार्की, उप-प्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली तथा कवि शैलेन्द्र साकार रहेका थिए।

मञ्चमा आसिन व्यक्तित्वहरूबाट पालैपालो तीन थान कृति हरूको लोकार्पण गरिएको हो।

कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व गङ्गाप्रसाद उप्रेतीले स्रष्टा हिरण्यकुमारी पाठकको बहुआयामिक प्रतिभाको प्रशंसा गर्दै आठ दशकको उमेरमा पनि यस्ता कृतिहरूको सृजना हुन सकेकोमा बधाई दिएका थिए।मन्तव्यका क्रममा उनले पाठकको प्राज्ञिक सफलतामा उनकी सुपुत्री नम्रता शर्माको ठूलो योगदान रहेको बताए।

साथै,उनलेअहिलेसम्मको अनुभवलाई साहित्य मार्फत् नै पाठकले अरू कृतिहरू दिन सकून् भनेर शुभकामना पनि दिएका थिए।

कार्यक्रममा कवि शैलेन्द्र साकारले गणेश रसिक आफ्नो गाउँले दौँतरी रहेको र हिरण्य भोजपुरे र रसिक गायन क्षेत्रमा लागेर भोजपुरको लोकलयलाई गीत सङ्गीत मार्फत् चिनाउन सफल भएको बताए।रसिकलाई सम्झेर साकार भावुक हुँदै मान्छे कामले बाँच्छ उमेरले होइन भन्ने उक्तिमा आफू रहेको बताए।

कृतिहरूको परिचर्चाका क्रममा प्रा.डा.गोविन्दमानसिंह कार्कीले लघुकथाकृति'तेल भिसा'का बारेमा बोल्दै सरल भाषामा लेखिएका लघुकथाहरू समसामयिक विषयवस्तुमा आधारित रहेको,सामाजिक विकृति र विसंगति मुखरित हुने गरेको र मनोबैज्ञानिक पनि हुने गरेको बताए।

विदेशमा रहेको छोरालाई भेट्न जान तितौरा मस्यौरा समेत ठीक पारेर राखेको बेला कोरोनाले गर्दा जान नपाएको पीडा, छोरा विदेशमा कुलतमा फसेको कुरा,पशुबली बिरुद्धको कुरा,रातो बाकसमा बाबुको शरीर आएको देख्नु परेको एक बालकको कथा र महिला अधिकारको कुरा गर्दै हिड्ने लोग्ने ले स्वास्नी पिट्ने कथा जस्ता मार्मिक कथाहरू उक्त कृतिमा रहेको बताउँदै प्रा.डा.कार्कीले पाठकको कथाहरू ज्यादै उत्कृष्ट रहेको बताए।

त्यसैगरी,अर्का चर्चाकार उप-प्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले कविताकृति 'सम्बन्धको चुकुल'का बारेमा बोलेका थिए।

चर्चाका क्रममा उनले पाठकका कविताहरू आलंकारिक भएर पनि सरल भएको र थोरै शब्दमा धेरै कुरा कवितामा उल्लेख भएको बताए।उनका कविताहरूमा राष्ट्र,राष्ट्रियता, पारिवारिक सम्बन्ध र प्रेम र समय सान्दर्भिक विषयवस्तु मुखरित भएको बताए।

कार्यक्रमका सभापति तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले आफ्नो स्वागत मन्तव्यमा जेन-जि आन्दोलनका क्रममा सहिद हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकबाट अब निर्माणमा लाग्नु परेको यथार्थ बताए।मन्तव्यमा उनले स्रष्टा हिरण्यकुमारी पाठकको व्यक्तित्व तथा कृतित्वमाथि पनि संक्षेपमा प्रकाश पारेका थिए।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति तथा कवि डा.विष्णुविभु घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्दै हिरण्यकुमारी पाठकका कविताहरू सरल र सरस भएको र कविताहरू मैदानमा बग्ने स्वच्छ नदी जस्तै भएको बताए।

कवि घिमिरेले पाठकका कविताहरू विवादरहित रहेको पनि बताए।साथै,उनले आफ्नो अनुभव र अनुभूतिलाई अब कृतिको रूपमा ल्याउन पनि आग्रह गरेका थिए।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै स्रष्टा हिरण्यकुमारी पाठककी सुपुत्री पत्रकार नम्रता शर्माले कार्यक्रममा उपस्थित सबै प्रति आभार पनि प्रकट गरेकी थिइन्।उक्त अवसरमा उनले आफ्नी आमाको साहित्यिक यात्राको पनि चर्चा गरेकी थिइन्।

कार्यक्रममा वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के. सी., गीतकार एवं समाजसेवी शोभित उप्रेती, सापसका पूर्व अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठ, साहित्यकारहरु भागिरथी श्रेष्ठ, ज्ञानु पाण्डे, मातृका पोखरेल, विवश पोखरेल, रामकाजी कोने, हेम पाठक, ठाकुर शर्मा, शेखर गिरी, विमल भौकाजी, मणि लोहनी, प्रद्युम्न जोशी, सविता ढुंगाना, जयदेव भट्टराई, पवन आलोक, शंकर भारती, सुभाषचन्द्र पौडेल, गंगा कर्माचार्य पौडेल, वेदकुमारी न्यौपाने, सन्ध्या पहाडी, डा. शान्तिमाया गिरी, सावित्री श्रेष्ठ, नीता श्रेष्ठ, उषा के. सी., निशा के. सी., डा. बुनु दाहाल, विनोद नेपाल, उमेश पाण्डे, विजयध्वज थापा, ममता मृदुल, जीवनकुमार श्रेष्ठ, हरिश कल्पित, तारा के.सी., रुपा रिसाल, नीरा श्रेष्ठ, कल्पना श्रेष्ठसहितको बाक्लो उपस्तिथि रहेको थियो ।

अनामनगरस्थित डालो रेष्टुरेन्टमा भएको कार्यक्रमको सहजीकरण तथा सञ्चालन कवि यादव भट्टराईले गरेका थिए।

शब्दपथ प्रतिनिधि: सुभाषचन्द्र पौडेल'भीमफेदीया' ३१ असोज २०८२

घर घरमा दशैंको टीका जमाराको रौनक :एक झलक।
05/10/2025

घर घरमा दशैंको टीका जमाराको रौनक :एक झलक।

05/10/2025

हाम्रो परम्परा र मौलिक संस्कृति ।

06/09/2025

वरिष्ठ कवि भिम उदास सम्बोधन गर्दै

"पाताल"को चिरफार सम्पन्न  भयो डालोमा  # # # # # # # # # # # # # # # # # # # # # #२०८२ भदौ १८, काठमाडौं ।साहित्यिक पत्रका...
03/09/2025

"पाताल"को चिरफार सम्पन्न भयो डालोमा
# # # # # # # # # # # # # # # # # # # # # #
२०८२ भदौ १८, काठमाडौं ।
साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा साहित्यकार पदम विश्वकर्माको उपन्यास "पाताल"को "परिचर्चा कार्यक्रम"को आयोजना गर्‍यो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजना गरिएको सो कार्यक्रमको उद्घाटन पूर्व राजदुत कवि भीम उदासले पानसमा दीप प्रज्वलन गरेर गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व राजदूत एवम् कवि भीम उदासले द्वन्द्व, अवसर र रोजगारीको अभावमा गैरकानूनी रूपमा अमेरिका जानेहरूको ठूलो संख्या रहेको र तिनीहरू चारैतिरबाट शोषणमा परेको जस्तो उठाउनै पर्ने संवेदनशील विषयलाई उपन्यासले उठाएको बताउनुभयो ।
सोही कार्यक्रममा विशिष्ट अतिथि प्रा.डा. सुरेन्द्र केसीले नेपालीहरूले भोगिरहेको पीडाप्रति राजनीतिक दल र नेताहरू संवेदनशील नभएको धारणा राख्नुभयो ।
कार्यक्रममा स्वागत गर्दै अध्यक्ष लेकालीले कार्यक्रमको उदेश्य र महत्वमाथि बोल्नु भएको थियो । उहाँले कृतिकारको परिचय, कृतिको महत्व, सापसको परिचय र अन्य समसामयिक विषयमा बोल्नु भएको थियो ।
कार्यक्रममा "पाताल"को "परिचर्चाबारे वरिष्ठ समालोचक प्रमोद प्रधान, प्रा. डा. गोविन्दमान सिंह कार्की, मोमिला जोशी, नयनराज पाण्डे, विमल भौकाजी र डा. शान्तिमाया गिरीले समीक्षात्मक मन्तव्य राख्नु भयो ।
वरिष्ठ समालोचक प्रमोद प्रधानले २०५२ पछि सर्वसाधारण नेपालीले भोगेका र भोगिरहेका त्रासदी र पीडादायी अवस्थालाई पाताल उपन्यासले अभिलेखीकरण भएको चर्चा गर्नुभयो भने वरिष्ठ आख्यानकार नयनराज पाण्डेले पाताल उपन्यासको राम्रो चलचित्र बन्नसक्ने बताउँदै साहित्यिक कृतिको चलचित्र बनाउन जोखिम भने हुने उल्लेख गर्नुभयो ।
प्रसिद्ध निबन्धकार मोमिलाले पाताल उपन्यासमा देखाइएको पीडा, दुख र त्रासले पाठकलाई मर्माहत बनाउने बताउँदै पुस्तक राम्रो भएको विचार व्यक्त गर्नुभयो भने साहित्यकार एवम् शारदा मासिकका सम्पादक विमल भौकाजीले उपन्यासमा पाठकलाई तान्ने क्षमता रहेको विचार व्यक्त गर्दै उपन्यासमा अध्यायको शीर्षक राख्दा कौतूहल समाप्त हुने भएकोले उपन्यासकारहरूले यसतर्फ ध्यान दिनुपर्छ भन्नुभयो ।
समालोचक प्रा.डा. गोविन्दमानसिंह कार्कीले पाताल एक सफल उपन्यास भएको र यसले नेपाली उपन्यासका क्षेत्रमा आफ्नो स्थान सुरक्षित राख्ने विश्वास व्यक्त गर्नुभयो भने डा. शान्तिमाया गिरीले सफल उपन्यास लेखनका लागि उपन्यासकारलाई बधाई दिँदै उपन्यासले नेपाली उपन्यासका क्षेत्रमा अहिलेको अत्यन्त संवेदनशील विषयलाई उठाएको बताउनुभयो ।
कार्यक्रममा कृतिकार पदम विश्वकर्माले अनलाइनबाटै धन्यवाद ज्ञापन गर्दै आफ्नो सिर्जना यात्राबारे प्रकाश पार्नु भयो ।
कार्यक्रमको सहजीकरण संघको कोषाध्यक्ष वरिष्ठ आख्यानकार पद्यमावती सिंहले गर्नु भएको थियो ।
कार्यक्रममा साहित्यकारहरु हिरण्यकुमारी पाठक, मधुबन पौडेल, पवन आलोक, खेमनाथ दाहाल, युवराज नयाँघरे, युवराज मैनाली, नरेन्द्रराज पौडेल, विजध्वज थापा, ललिता दोषी, मथुरा श्रेष्ठ, पारशप्रकाश नेपाल, प्रद्युम्न जोशी, सविता ढुंगाना, सुमन वर्षा, शकुन्तला जोशी, इरमेश दाहाल, डी. आर. राई, रितु कँडेल, राधा भण्डारी, डा. बुनु दाहाल, श्रीबाबु कार्की, हरिश कल्पित, जीवनकुमार श्रेष्ठ, शकुन्तला जोशी, छविरमण सिलवाल, प्रदीप सापकोटा, राजन नेउपाने, राज रजक, नीता श्रेष्ठ, हेमा मानन्धर, दिलकुमार महर्जन, देवेन्द्र के. सी., रश्मि रिमाल, तेजेन्द्र प्रसाईं, कृष्णमाया विश्वकर्मा, सुमित्रा विश्वकर्मा, जीवनाथ पोखरेललगायतको उपस्तिथि रहेको थियो ।

30/08/2025

ओखलढुंगा पत्रकार समाजको प्रथम साधारण सभामा उपाध्यक्ष नारदमुनी गौतम ले प्रस्तुत गरेको कार्यपत्रको सानो अंश ।

१४ भाद्र२०८२, काठमाडौ ओखलढुङ्गा पत्रकार समाजको पहिलो साधारण सभा तथा  अन्तरक्रिया गोष्ठी  नेपाल पत्रकार महासंघको सभाकक्ष ...
30/08/2025

१४ भाद्र२०८२, काठमाडौ
ओखलढुङ्गा पत्रकार समाजको पहिलो साधारण सभा तथा अन्तरक्रिया गोष्ठी नेपाल पत्रकार महासंघको सभाकक्ष संचार ग्राम काठमाडौमा सम्पन्न भएको छ।

काठमाडौ ,१४ भाद्र २०८२वरिष्ठ कवि,नोबेल साकोस साहित्य संस्था काठमाडौ केन्द्रका सल्लाहकार छवि वैरागी घिमिरे कृत आख्यान कृत...
30/08/2025

काठमाडौ ,१४ भाद्र २०८२
वरिष्ठ कवि,नोबेल साकोस साहित्य संस्था काठमाडौ केन्द्रका सल्लाहकार छवि वैरागी घिमिरे कृत आख्यान कृति आज काठमाडौको अनामनगरमास्थित युनियन हाउस रेष्टुरेन्टमा लोकार्पण गरियो।

29/08/2025

एउटा फरक बाटो तर जरुरी ।

Address

Kalinchowk Marga Ktm
Kathmandu

Telephone

+9779851059950

Website

Alerts

Be the first to know and let us send you an email when साकोस सञ्चार गृह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share