नेपाली जन प्रगतिशिल मन्च युके

  • Home
  • नेपाली जन प्रगतिशिल मन्च युके

नेपाली जन प्रगतिशिल मन्च युके Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाली जन प्रगतिशिल मन्च युके, News & Media Website, Paris Dada, .

05/10/2025

राज्यभन्दा अघि वाइसीएल बाढी, कटान र डुबानका पीडितको उद्दारमा पुगेछ । जेनजीका प्रधानमन्त्री उठ्नु अघि नै प्रचण्डले उद्दारमा पार्टी तैनाथ गरेछन ।

बालेन साह बहुरिनु अघि वाइसीएल मैदानमा भेटिएछ, अरु पार्टी बेपत्ता हुँदा जनताको जिउँधनको सुरक्षामा भेटियो वाइसीएल, जेनजीका कथित अगुवा नक्कली आँसु बगाउँदै गर्दा वास्तविक पीडितको वेदना मेट्न वाइसीएल पुग्यो ! भूकम्प पीडितको उद्दार, राहतमा पनि अग्रपंक्तिमा भेटिएकै हो वाइसीएल

डोजरले टाउको र बुटले छातीमा हान्दा नसकिएका गरिबको जिन्दगी बाढीले बगाउँदा मेयर बालेन साह रमाएको होला तर उनीहरूको बेदनामा सारथी बनिरहेको छ वाइसीएल !

एकै झड्कामा प्रचण्डले देशभर १० हजार वाइसीएल परिचालन गरेका छन । देश हाहुले चल्दैन, जिम्मेवारीले चल्छ भन्ने ज्वलन्त उदाहरण यहि घटना पनि हो ! पोहोर साल पनि ओली सरकारले भिजिबिलिटी कम भएकाले उद्दार गर्न सकिएन भनेर पञ्छियो तर राज्यले नसकेको उद्दार वाइसीएलले गरेको थियो ।

05/10/2025
सिंहदरबार जल्दा दमकल लुकाउनेहरू  काठमाडौं महानगरका कति थिए दमकल ?  सेनाका कति थिए दमकल ?  प्रहरीका कति थिए दमकल ?  सशस्त...
05/10/2025

सिंहदरबार जल्दा दमकल लुकाउनेहरू

काठमाडौं महानगरका कति थिए दमकल ?
सेनाका कति थिए दमकल ?
प्रहरीका कति थिए दमकल ?
सशस्त्र प्रहरीका कति थिए दमकल ?

सिंहदरबार, संसद, सर्वोच्च अदालत, राष्ट्रपति निवास अन्य ठाउँ जल्दा कहाँ थिए यि दमकल ?

तीन दिनसम्म दमकल पुगेन जलिरहे, अब भन्नुस यिनीहरूको के काम?

सिंहदरबारभित्र ३ वटा सैनिक गण थियो, सैनिक हेडक्वाटर सर्वोच्च अदालत छेउमै छ, महानगर छेउमै छ, प्रहरी प्रधान कार्यालय नजिकै छ, सशस्त्र प्रहरीको हेडक्वाटर स्वयम्बुमा छ । यिनीहरूले किन संरचना बचाएनन?

• अन्य नेतालाई सुरक्षा चुनौती थियो । उनीहरूलाई ज्यान जोगाउन हम्मेहम्मे परेको थियो तर बालेन साह र रवि लामिछानेहरूलाई भीडले भगवान् ठानेर पूजा अर्चना गरिरहेको थियो । उनीहरूले आफै अगाडि सरेर किन एक लोटा पानी खन्याएर आगो निभाउन जुटेनन ।

बालेनको योजनामा सिंहदरबार जल्यो, रास्वपाले जेल भत्काएर रवि लामिछाने निकाल्दा देशभरका १५ हजार कैदी भागे । यस्तो उत्पात अराजकतामा माया गर्ने कि कानुनी कठघरामा उभ्याउने ? जेनजीले चाहेको समाज र देश कस्तो हो?
Santosh Bhattarai

तीन वर्षको प्राकृतिक विपत्ति हेरौं दुई पूर्व प्रधानमन्त्री एकै थिएनन, समान थिएनन !  जेनजीले बनाएको प्रधानमन्त्री गतिले द...
05/10/2025

तीन वर्षको प्राकृतिक विपत्ति हेरौं

दुई पूर्व प्रधानमन्त्री एकै थिएनन, समान थिएनन !
जेनजीले बनाएको प्रधानमन्त्री गतिले देखिएन, जेनजीको आइडल झन लुसिफर दैत्य जस्तो देखियो !

अब प्रश्न उठ्यो- एक्लै देश हाँक्छौं भनेर निषेधको राजनीति गरेको जेनजी विपत्तिमा कता लुक्यो?
Society Nepal fans

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षा, बाढी ...
05/10/2025

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षा, बाढी र पहिरोको जोखिम बढ्दै गएको वर्तमान अवस्थालाई “राष्ट्रिय संकट” भन्दै सम्पूर्ण पार्टी संरचना र सरकारलाई युद्धस्तरमा जुट्न निर्देशन दिएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै प्रचण्डले भने, “असोज १७ गतेदेखि सुरु भएको अविरल वर्षाका कारण बागमती, मधेश र कोशी प्रदेशका पहाडी क्षेत्रमा पहिरो खस्ने र तराईमा डुबानको समस्या तीव्र बनेको छ। कतिपय ठाउँमा वर्षाको मापन ३०० मिलिमिटरभन्दा माथि पुगेको छ, र यो क्रम अझै जारी छ।” उनले यसपटकको वर्षालाई “सामान्य नभई उच्च जोखिम बढाउने प्रकृतिको” भन्दै राज्य संयन्त्र र जनसंगठनहरूलाई तत्पर रहन निर्देशन दिएका छन्।

प्रचण्डले पार्टीका सबै नेता, कार्यकर्ता र जनसंगठनहरूलाई विपद्‌ प्रभावित क्षेत्रमा उद्धार, राहत र सहयोगमा खटिन निर्देशन दिएका छन्। उनले लेखेका छन्, “माओवादी केन्द्रका सम्पूर्ण संरचना, युवा कम्युनिस्ट लिग (YCL), स्वयम्सेवक समूह तथा भातृ संस्थाहरू तत्काल खोज, उद्धार र राहतका काममा जुटून्। अहिले राजनीतिक बहस होइन, जनताको ज्यान र जीवन रक्षा प्राथमिकता हो।”

उनले देशका प्रमुख राजमार्गहरू अवरुद्ध हुँदा हजारौँ यात्रु बाटोमै अलपत्र परेका उल्लेख गर्दै स्थानीय सरकार र आम नागरिकलाई पनि सहयोग गर्न आग्रह गरे। “अलपत्र यात्रुहरूको खानबस्ने र सुरक्षाको व्यवस्था गर्नु हाम्रो सामूहिक जिम्मेवारी हो,” उनले भने।

प्रचण्डले संघ, प्रदेश र स्थानीय तहका सरकारहरूलाई युद्धस्तरमा समन्वय र नेतृत्व गर्न आग्रह गर्दै थपे, “मुलुक अहिले विशेष विपद्‌–परिस्थितिमा छ। यस्तो बेला राजनीतिक मतभेद बिर्सेर सबै दल, सामाजिक संघ–संस्था र नागरिक समाज एकजुट भएर जनताको सुरक्षामा खटिनुपर्छ।”

उनको भनाइमा, “यो समय राजनीति गर्ने होइन, जनताको जीवन जोगाउने हो। अहिले सरकार, सेना, प्रहरी, स्थानीय तह र नागरिक सबै मिलेर यो विपद्‌लाई पार गर्नुपर्छ।”

प्रचण्डको यो वक्तव्य अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेको छ। उनका समर्थकहरूले “नेताको होइन, जिम्मेवार नागरिकको आवाज” भन्दै प्रशंसा गरिरहेका छन् भने कतिपयले यसलाई “राजनीतिक नेतृत्वबाट आएको समयानुकूल आह्वान” भनेर स्वागत गरेका छन्।

नेपालका धेरै ठाउँमा अहिले पनि वर्षा निरन्तर भइरहेको छ, बाढी–पहिरोका कारण सडक, विद्युत् र सञ्चार सेवा प्रभावित भएका छन्। उद्धारका लागि सेना, सशस्त्र प्रहरी र स्थानीय निकाय सक्रिय रहेका छन् भने प्रचण्डको यो निर्देशनले राहत र सहकार्य अभियानलाई थप बल दिने अपेक्षा गरिएको छ।

राज्यभन्दा अघि वाइसीएल बाढी, कटान र डुबानका पीडितको उद्दारमा पुगेछ । जेनजीका प्रधानमन्त्री उठ्नु अघि नै प्रचण्डले उद्दार...
05/10/2025

राज्यभन्दा अघि वाइसीएल बाढी, कटान र डुबानका पीडितको उद्दारमा पुगेछ । जेनजीका प्रधानमन्त्री उठ्नु अघि नै प्रचण्डले उद्दारमा पार्टी तैनाथ गरेछन ।

बालेन साह बहुरिनु अघि वाइसीएल मैदानमा भेटिएछ, अरु पार्टी बेपत्ता हुँदा जनताको जिउँधनको सुरक्षामा भेटियो वाइसीएल, जेनजीका कथित अगुवा नक्कली आँसु बगाउँदै गर्दा वास्तविक पीडितको वेदना मेट्न वाइसीएल पुग्यो ! भूकम्प पीडितको उद्दार, राहतमा पनि अग्रपंक्तिमा भेटिएकै हो वाइसीएल

डोजरले टाउको र बुटले छातीमा हान्दा नसकिएका गरिबको जिन्दगी बाढीले बगाउँदा मेयर बालेन साह रमाएको होला तर उनीहरूको बेदनामा सारथी बनिरहेको छ वाइसीएल !

एकै झड्कामा प्रचण्डले देशभर १० हजार वाइसीएल परिचालन गरेका छन । देश हाहुले चल्दैन, जिम्मेवारीले चल्छ भन्ने ज्वलन्त उदाहरण यहि घटना पनि हो ! पोहोर साल पनि ओली सरकारले भिजिबिलिटी कम भएकाले उद्दार गर्न सकिएन भनेर पञ्छियो तर राज्यले नसकेको उद्दार वाइसीएलले गरेको थियो ।
क. प्रचण्ड / Comrade Prachanda
source : Santosh Bhattarai

Address

Paris Dada

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली जन प्रगतिशिल मन्च युके posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share