Khula Nepal

Khula Nepal News portal from Nepal.

हरहर महादेब । जय शम्भो, जय श्री पशुपथिनाथ ।🙏🙏🙏
12/01/2026

हरहर महादेब । जय शम्भो, जय श्री पशुपथिनाथ ।🙏🙏🙏

ढिक्री बनाउँदै थारु महिलामाघी पर्वको अवसरमा आइतबार आयोजना गरिएको 'गुलर्या माघ सांस्कृतिक महोत्सव-२०८२ (थारु सम्बत् २६४९)...
12/01/2026

ढिक्री बनाउँदै थारु महिला
माघी पर्वको अवसरमा आइतबार आयोजना गरिएको 'गुलर्या माघ सांस्कृतिक महोत्सव-२०८२ (थारु सम्बत् २६४९)' का सहभागीहरूलाई थारू परिकारको स्वाद चखाउन बनाइएको ढिक्री। गुलरिया टोल विकास संस्थाको मुख्य आयोजनामा तथा सौरा बगालको सहआयोजनामा दाङको घोराही उपमहानगरपालिका-१७ स्थित शहीद नेत्रलाल पार्कमा महोत्सव भएको थियो । तस्बिर : कुलदीप न्यौपाने/रासस

पाथीभरा माताको कृपाले तपाईंको मनोकामना पूरा होस् । पाथीभरा माताकी जय !
12/01/2026

पाथीभरा माताको कृपाले तपाईंको मनोकामना पूरा होस् । पाथीभरा माताकी जय !

बालेनले ओलीको निर्वाचन क्षेत्र झापा ५ बाट उम्मेदवारी दिनेआसन्न प्रतिनिधिसभाको निर्वाचन काठमाडौं महानगरपालिकाका मेयर बाले...
12/01/2026

बालेनले ओलीको निर्वाचन क्षेत्र झापा ५ बाट उम्मेदवारी दिने

आसन्न प्रतिनिधिसभाको निर्वाचन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् । रास्वपा स्रोतका अनुसार बालेनले झापा क्षेत्र नं. ५ मा चुनाव लड्ने भएका हुन् ।
झापा ५ एमालेको गढ हो । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यहाँबाट ओली ५२ हजारभन्दा बढी मतका साथ विजयी भएका थिए ।

06/01/2026

हरियो टाउके हाँस चरादाङको तुलसीपुर उपमहानगरपालिका–१४ स्थित खौसापुर कृत्रिम जलाशय क्षेत्रमा देखिएका हरियो टाउके हाँस चरा ...
06/01/2026

हरियो टाउके हाँस चरा
दाङको तुलसीपुर उपमहानगरपालिका–१४ स्थित खौसापुर कृत्रिम जलाशय क्षेत्रमा देखिएका हरियो टाउके हाँस चरा । नेपाल तथा छिमेकी मुलुकका उच्च हिमाली भू–भागबाट चिसो याम सुरु भएसँगै उपयुक्त तापक्रम र सुरक्षित बासस्थानको खोजीमा यी पाहुना चराहरू हरेक वर्ष यहाँ आउने गर्दछ। तस्बिर: कुलदीप न्यौपाने / रासस

हिउँले सेताम्मे बन्यो साङ्ता क्षेत्रमुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, साङ्ता गाउँ आसपासका क्षेत्रमा सेताम्मे...
06/01/2026

हिउँले सेताम्मे बन्यो साङ्ता क्षेत्र
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, साङ्ता गाउँ आसपासका क्षेत्रमा सेताम्मे हिउँ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र डोल्पाको छार्का ताङसोङ गाउँपालिकालाई सडक सञ्जालले जोड्ने साङ्ता आसपासको सडक तथा भीरपाखा सबै हिउँले सेताम्मे भएको हो । सदरमुकाम जोमसोमबाट पाक्लिङ, फल्याक हुँदै साङ्ता गाउँसम्म जाने सडक आसपासका क्षेत्रमा यतिबेला बाक्लो हिउँ जमेको छ । तस्बिरः सुशीलबाबु थकाली/रासस

नारायणी किनारमा दुर्लभ एकसिङे गैंडाको प्रकृति प्रजननविश्वकै दुर्लभ एकसिङे गैंडाको संरक्षणमा नेपालले पछिल्लो समय उदाहरणीय...
06/01/2026

नारायणी किनारमा दुर्लभ एकसिङे गैंडाको प्रकृति प्रजनन

विश्वकै दुर्लभ एकसिङे गैंडाको संरक्षणमा नेपालले पछिल्लो समय उदाहरणीय सफलता हासिल गरिरहेको छ ।

सन् २०२१ मा नेपालमा भएको गैंडा गणनामा चितवनमा ६९४ गैंडा थिए । देशभर गरे ७५२ गैंडाको गणना भएको थियो । नेपालले सन् २०३० सम्म गैंडाको संख्या दोब्बर बनाउने लक्ष्य लिएको छ । त्यसका लागि सरकारीस्तरबाट विभिन्न प्रयास भइरहेका छन् । यद्यपि, केही समयदेखि गैंडा मर्ने क्रम बढेकाले लक्ष्यमा पुग्न सहज बाटो भने देखिँदैन ।

यसबीच नारायणी नदी किनारमा विरैले देखिने गैंडाको दृश्य कैद भएको छ। एक भाले, एक आमा गैंडा र उनको बच्चासँगै नदी किनारमा घुमिरहेका थिए । नेपालमा सन् २०२१ पछि गैंडा गणना भएको छैन । पछिल्लो समय नेपालमा गैंडाको संख्या बढ्दो क्रममा रहेकोले गणना गर्नुपर्ने माग बढ्दो छ ।

तस्बिरहरू : दृष्टान्त बिडारी/ नेपाल फोटो लाइब्रेरी

06/01/2026
संयुक्त राज्य अमेरिकाको टेक्ससमा २०८२ पुस १८ गतेदेखि ‘चक्र विज्ञान’ कार्यक्रम सुरु भएको छ । कार्यक्रममा श्रद्धेय रमेश गु...
06/01/2026

संयुक्त राज्य अमेरिकाको टेक्ससमा २०८२ पुस १८ गतेदेखि ‘चक्र विज्ञान’ कार्यक्रम सुरु भएको छ ।
कार्यक्रममा श्रद्धेय रमेश गुरुदेव र श्रद्धेय भानु गुरुदेवले मानिसमा सूक्ष्म ऊर्जा केन्द्रका रूपमा रहेका चक्र सक्रिय र सन्तुलित बनाउने योग र ध्यानका वैज्ञानिक र प्रयोगात्मक अभ्यास तथा विधिहरूको प्रयोग गराउनु हुन्छ ।
सात दिनसम्म चल्ने चक्र विज्ञानमा गुरुदेवद्वयले मानिसमा मानिसमा उत्साह, उमङ्ग, खुसी, जोस, जाँगर, आँट र साहस भर्ने अभ्यास गराउँदै सुखी, शान्त र समृद्ध जीवन जिउने कला सिकाउनु हुन्छ ।
कार्यक्रममा संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यबाट विभिन्न पेशा र व्यवसायमा आबद्ध १४० भन्दाबढीको सहभागिता छ ।

हृदयघातबाट बच्नको लागि वरिष्ठ मुटु रोग विशेषज्ञ डा भगवान कोइरालाका ५ सुत्र१.तौल र रक्तचाप नियन्त्रण गरौं।२.सुगर नियन्त्र...
06/01/2026

हृदयघातबाट बच्नको लागि वरिष्ठ मुटु रोग विशेषज्ञ डा भगवान कोइरालाका ५ सुत्र
१.तौल र रक्तचाप नियन्त्रण गरौं।

२.सुगर नियन्त्रण गरौं या हुनै नदिऔं अथवा खतरामा छ भने त्यसलाई कम गर्न फास्टिङका काइदा अपनाऔं। या डाइबेटिजको चिकित्सकले भनेजस्तो गरौं।

३.कोलेस्टोरको मात्रा ठेगानमा राखौं। त्यसलाई पनि घटाउन तौल नियन्त्रण गरौं र खाना पनि नियन्त्रण गरौं।

४. स्ट्रेसलाई व्यवस्थापन गरौं त्यसका लागि ध्यान, व्यायाम र खेलकुदमध्ये कम्तिमा एउटालाई प्राथमिकता दिने गरौं।

५. दैनिक कि ४५ मिनेट छिटोछिटो हिँड्ने या ३०-३५ मिनेट दौडिने, जगिङ गर्ने अथवा पसिना निकाल्ने काम गरौं।

तौल नियन्त्रण सबै मुटु रोगबाट बच्ने उपाय हो। यसमा फास्टिङको पनि भूमिका बढी देखियो भन्ने थप जानकारी आएको छ। यी सबै हामीले भन्दै आएका कुरा हुन् अब व्यवहारमा उतार्न पर्‍यो, यो वा त्यो बहानामा घरमा बस्ने अनि सिरक ओढेर सुत्ने गर्न भएन।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Khula Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share