Sajha Nepal TV HD

Sajha Nepal TV HD News published broadcast

17/09/2026

धनगढीमाई नगरपालिका ५ का वाडा अध्यक्ष राम जतन कामती संग गरेको बिकास निर्माण संबन्धि संवाद कार्यक्रम sajha nepal tv HDको कार्यक्रम राष्ट्रिय सरोकारमा

पशुपतिनाथमा तीजको भव्य रौनक :  हरितालिका तीजका अवसरमा आज पशुपतिनाथ परिसर रातो पहिरनमा सजिएका महिलाहरूको भीडले झकिझकाउ बन...
15/09/2026

पशुपतिनाथमा तीजको भव्य रौनक : हरितालिका तीजका अवसरमा आज पशुपतिनाथ परिसर रातो पहिरनमा सजिएका महिलाहरूको भीडले झकिझकाउ बनेको छ। बिहानैदेखि लामबद्ध श्रद्धालुहरू नाचगानसहित महादेवको पूजाआराधना गर्दै परिवारको सुख, शान्ति र समृद्धिको कामना गरिरहेका छन्।

एसिया कपमा छनौट भएपछि कप्तान सन्दीप लामिछाने भन्छन् -  "हामी खुसी छौँ सबैजना । यो दुःखद समयको बिचमा पनि हाम्रो टिमले जुन...
15/09/2026

एसिया कपमा छनौट भएपछि कप्तान सन्दीप लामिछाने भन्छन् - "हामी खुसी छौँ सबैजना । यो दुःखद समयको बिचमा पनि हाम्रो टिमले जुन एउटा उपलब्धि हासिल गरेको छ मलाई लाग्छ त्यो समयमा सबैजना यहाँहरुले जति माया दिनुभयो जुन एउटा खुसीको खाँचो नेपाललाई चाहिएको थियो त्यो क्रिकेटको माध्यमबाट भयो । नेपाल दुःखी रहेको बेलामा सबैजनाले एकअर्कालाई साथ दिइराख्नुभएको थियो त्यो प्रशंसनीय थियो । एसिया कप दोश्रो पटक पुगेको छ नेपाल । खुसी छौँ हामी सबैजना ।"

नारायणी नदी किनारको यो दृश्यले मुटु नै छियाछिया बनायो। बिहान मर्निङ वाक जाँदा किनारमा थुप्रै जुत्ता चप्पलहरू लाइनै जम्मा...
15/09/2026

नारायणी नदी किनारको यो दृश्यले मुटु नै छियाछिया बनायो। बिहान मर्निङ वाक जाँदा किनारमा थुप्रै जुत्ता चप्पलहरू लाइनै जम्मा पारेर राखिएको देखेपछि सास नै रोकिए जस्तो भयो।

केही पुराना र प्रयोगमा नरहेका जस्ता देखिए पनि धेरैजसो जुत्ता चप्पल एकदमै नयाँ र भर्खरै प्रयोग भइरहेका जस्ता स्पष्टै छुटिन्थ्ये। कसैले बाढीले बगाएर ल्याएका यी जुत्ताहरूलाई बटुलेर किनारमा थुपारेको रहेछ। यी सबै ती भयानक रसुवा विपतुकै हुन् वा होइनन्, त्यो त अनुसन्धानको विषय होला, तर यसमा केही हिस्सा पक्कै पनि त्यही दर्दनाक घटनासँग जोडिएका छन्।

तस्बिरले शब्दभन्दा धेरै कुरा बोलेको छ। यसले देखायो कि रसुवाको विपद् कति भयानक, अकल्पनीय र दर्दानक थियो। मान्छेका सपना, रहर र पाइलाहरूलाई क्षणभरमै बगाएर लैजाने प्रकृतिको यो रूप साँच्चै निर्मम र क्रूर लाग्छ। जीवन कति छोटो र पलभरमै बदिन सक्ने रहेछ भन्ने योभन्दा ठूलो पाठ अर्को हुन सक्दैन।

- श्रोत: हिम्मत पुरी (Himmat Puri) को फेसबुक स्ट्याटसबाट

हामी सरकारलाई साथ दिन तयार छौँ, सरकारसँग मिलेर काम गर्न तयार छौँ। तर सरकार सहयोग गर्न पनि दिइरहेको छैन, संलग्न हुन पनि द...
15/09/2026

हामी सरकारलाई साथ दिन तयार छौँ, सरकारसँग मिलेर काम गर्न तयार छौँ। तर सरकार सहयोग गर्न पनि दिइरहेको छैन, संलग्न हुन पनि दिइराखेको छैन। बहुतै दु:ख दिरहेको छ। तर पनि हामी आफ्नो कर्तव्य पुरा गरेरै छोड्छौँ। हाम्रा दाजुभाइ, दिदीबहिनीहरूलाई दुःख, कष्ट पर्दा नेकपा एमाले, एमालेका कार्यकर्ता पङ्क्ति, एमालेका स्वयंसेवकहरु हेरेर बस्न सक्दैनन्।" - ओली

गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोकमा विपद् व्यवस्थापन तथा उद्धारमा प्रयोग हुने सामग्...
15/09/2026

गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोकमा विपद् व्यवस्थापन तथा उद्धारमा प्रयोग हुने सामग्री र उपकरणको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले उद्धार तयारी, स्रोतसाधन र प्रभावकारी परिचालनबारे जानकारी लिँदै आवश्यक निर्देशन दिएका छन् ।

15/09/2026

राष्ट्रवादी स्नातनी धर्म रक्षक सुर्य कुमार साह संग संवाद किन राजा चाहिन्छ रास्ट्रपति होईन। देश बिदेशी दलालको चाङ्गगुलमा छन्। कार्यक्रम राष्ट्रिय सरोकारमा sajha nepal Tv HD #

रसुवा बाढीका कारण सुरुङमा फसेर त्यहाँ १० दिन बिताएर जीवितै उद्धार भएका सप्तरीका ३० वर्षीय सञ्जय साह ८ दिनको उपचारपछि घर ...
15/09/2026

रसुवा बाढीका कारण सुरुङमा फसेर त्यहाँ १० दिन बिताएर जीवितै उद्धार भएका सप्तरीका ३० वर्षीय सञ्जय साह ८ दिनको उपचारपछि घर फर्किएका छन्।

सञ्जय गाउँ फर्किएपछि परिवार तथा गाउँलेले केक काट्दै र मिठाई बाँड्दै खुसीयालीका साथ उनको स्वागत गरेका छन् । ❤️

भक्तपुर दरबार स्क्वायरमा रहेको केदारनाथ मन्दिर हरितालिका तीजको अवसर पारेर पहिलोपटक सर्वसाधारणका लागि खुला गरिएको छ ।
15/09/2026

भक्तपुर दरबार स्क्वायरमा रहेको केदारनाथ मन्दिर हरितालिका तीजको अवसर पारेर पहिलोपटक सर्वसाधारणका लागि खुला गरिएको छ ।

Address

Kathmandu
44611

Website

Alerts

Be the first to know and let us send you an email when Sajha Nepal TV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category