31/01/2022
लास्सो फ्याफुल्ला, नमस्कार, ल्होछारला ज्याबामान्बा !!
तामाङ समुदायको नयाँ वर्ष २८५८ अर्थात सोनाम ल्होछारको अवसरमा सम्पूर्ण आफन्तजन, इष्टमित्र साथै ल्होछार प्रेमी माहानुभावहरु प्रति सुस्वास्थ, दिर्घायु र उत्तरोत्तर सफलताको कामना सहितको हार्दिक शुभकामान ब्यक्त गर्दछु। यो वर्ष सोनाम ल्होछार २८५८ ताक /च्यान अर्थात बाघ वर्ष हो । प्रत्येक वर्ष एक / एक वटा जनावर तथा पशुपंक्षीको नाममा ल्हो अर्थात वर्ष चक्रिय प्रणालीमा फेरिन्छ । यो समयलाई गणना गर्ने निक्कै प्राचिन परम्परा हो । यो परम्परा अनुसार नेपालका तामाङलगायत केहि आदिवासि जनजाति समुदायका साथै, चिन, तिब्बत, भुटानलगायत विश्वका थुप्रै देशहरुमा एकै दिन चन्द्रपात्रो अनुसार नयाँ वर्ष मनाउने गरिन्छ ।
- जनक जय
Hello, Greetings of Sonam New Year 2858
On the occasion of New Year 2858, Sonam Lhochhar of the Tamang community, I would like to express my heartfelt best wishes for good health, longevity and success to all the relatives, friends and Lhochhar lovers. This year is Sonam Lhochhar 2858 Tiger year. Each year, the lho in the name of animals or birds, changes to a cyclical system. It is a very ancient tradition to count time. According to this tradition, New Year is celebrated on the same day according to the lunar calendar in some countries of the world including China, Tibet, Bhutan and some other tribal communities including Tamang.
Jay Janak