11/05/2025
नेपालका नदीहरू
नेपालमा साना ठूला गरी लामा ६,००० भन्दा बढी नदीनालाहरु रहेका छन् । जसको कूल लम्बाई ४५,००० कि.मी. भन्दा बढी हुन आउँछ । ठूलो जलभण्डारका अतिरिक्त हिमालय प्रदेशदेखि निरन्तर वहने नदीहरुको वहाव क्षमताका कारण देशमा ८३,००० मेघावाट भन्दा बढी जलविद्युत क्षमता रहेको र आर्थिक तथा प्राविधिक दृष्टिले समेत ४२००० मेघावाट जल बिद्युत निकाल्न सकिन्छ ।
नदीहरुको स्तर विभाजन :
नेपालका नदीहरुलाई तिनीहरुको स्थायीत्व र पानी उद्गम स्रोतको आधारमा निम्नानुसार ३ श्रेणीमा विभाजन गर्न सकिन्छ :–
पहिलोस्तरका नदीहरु
हिमालयको काखबाट उत्पत्ति भई निरन्तर रुपमा प्रवाहित हुने नदिहरु जस्तै : सप्तकोशी, सप्तगण्डकी र कर्णाली जस्ता ठूला नदीहरु पहिलो स्तरका नदीमा पर्दछन् । यस प्रकारको नदीहरु स्थायी प्रकृतिका भएकोले सिंचाई र जलविद्युत उत्पादन गर्न मजबुत स्रोतको रुपमा काम गर्छन् ।
दोस्रो स्तरका नदीहरु
महाभारत पर्वतबाट उत्पन्न भई स्थायी रुपले बहने तर हिउँदको समयमा पानीको मात्रा कम र वर्षातको समयमा बढी हुने जस्तै : कमला, कन्काई, त्रियुगा, बागमती, मेची, तिनाउ, वणगंगा आदि नदीहरु दोस्रो स्तरका नदीहरु हुन् ।
तेस्रोस्तरका नदीहरु
चुरे पहाडलाई मूल बनाई निस्केका, मनसुनी वर्षामा निर्भर रहने र हिउँदको समयमा सुख्खा रहने खालका नदीहरु जस्तै : सिर्सिया, तिलावे, जमुनी, रातु, हर्दिनाथ, डुन्डुवा आदि ।
नदीको किनारमा अवस्थित शहरहरू
स्थानको नाम नदी
काठमाडौं - वागमती
पोखरा - सेती
कुस्मा - मोदी
गमगढी - मुगु कर्णाली
बराह क्षेत्र - कोशी
जुम्ला - तिला
जुम्ली खलंगा सानी भेरी
तुम्लिङटार /दिङला -अरुण
तौलिहवा - वाण गंगा
धनगढी -मोहना
धनुषा -हर्दिनाथ
पनौती - पद्मावती /लिलावती
पुतली बजार -आँधिखोला
दमौली मादी
जोमसोम -कालीगण्डकी
मन्थली - तामाकोशी
बुटवल -तिनाउ
महेन्द्रनगर -महाकाली
विराटनगर -बक्राहा
दुनै ठूली - भेरी
बेशीसहर - मस्र्याङ्दी
नारायणघाट - नारायणी नदी
बाग्लुङ - कालीगण्डकी
नेपालका बिभिन्न नदीहरूको उद्गमस्थल
नदी उद्गम स्थल - नदी उद्गम स्थल
वागमती- वाग्द्वार
बिष्णुमती- सपनतिर्थ
कालीगण्डकी -दामोदर हिमाल
सेती नदी- (पश्चिम) सैपाल
सेती नदी -अन्नपूर्ण हिमाल
तामाकोशी -गौरीशंकर
मादी लमजुङ -हिमाल
सानोभेरी - धौलागिरी
लिखु - रोल्वालिङ हिमाल
तिनाउ - चुरे पर्वत
बुढी गण्डकी -लद्दाख हिमाल
ठूलो भेरी - कान्जिरोवा हिमाल
झिमरुक- गौमुखी
ईन्द्रावती -जुगल हिमालको पाँच पोखरी दह
हुम्ला कर्णाली -तिब्बत मानसरोवर छेउ दरौदी बुद्घ हिमाल
मस्र्याङ्दी- दामोदर हिमाल
मेची - लालीखर्क
दुधकोशी - महालंगुर
बुढी गंगा - जगदुल्ला ताल
तमोर - कुम्भकर्ण हिमाल
महाकाली - अपी हिमाल/जस्कर हिमाल
भारतमा पुगेपछि नेपालका नदीहरूको परिवर्तित नाम
कन्काई -बिरिङ
महाकाली -शारदा
बबई -सरयु
कर्णाली -घाँघरा
कोशी -दामोदर
मेची -महानन्दा
केही नदीहरूको पौराणिक नाम
१ अरुण -महाप्रभा
२ मनोहरा -मणीमती
३ वाणगंगा- भागरीथी
४ हनुमन्ते -हनुमती
५ धोबिखोला- रुद्रमती
६ टुकुचा- इच्छुमती
७ नख्खुखोला- प्रभावती
८ भचाखुसी -भद्रमती
९ चेपे -चम्पावती
१० झिमरुक -धर्मावती
११ तादी -सूर्यमती
१२ मादी- रत्नधारा
१३ राप्ती -अचिरावती
१४ लिखु- हेमगंगा
१५ त्रिशुली - धर्मधारा
१६ सेतीगण्डकी - सुवर्ण सरिता
१७ काली गण्डकी - कृष्ण गण्डकी
१८ बुढी गण्डकी - यशोधरा
१९ दरौदी- विश्वधारा
२० कर्णाली - पञ्चेश्वरी
हिमनदी
हिमाली भागमा परेको हिउँ थुप्रिएर तहतह थपिदै जाँदा माथिल्लो तहको चापले तलतिरको हिउँ बग्न थाल्दछ यसरी बगेको हिउँको प्रवाहलाई हिमनदी भनिन्छ ।
नेपालको सबभन्दा लामो हिमनदी खुम्बु हिमनदी (३२कि.मी.) र ठूलो हिमनदी लाङटाङ (२० कि.मी छ)
नेपालका अन्य मुख्य हिमनदीहरु यस प्रकार छन् ।
- लाङटाङ
- खुम्बु
- यालुङ
- हन्कु
- नगुम्पा
- टुक्चे आदि ।
भोटमा मूल भएका नदीहरु
क) अरुण
ख) तामाकोशी
घ) कर्णाली
घ) त्रिशुली
ङ) सुनकोशी
च) तमोर
जलविद्युत निस्कासन क्षमता र नदीहरु :
नेपालको प्रमुख तीन नदीहरु कोशी, गण्डकी र कर्णाली कूल जलसम्पदाको ९०% स्थान ओगट्दै देहाय वमोजिमको जलविद्युत क्षमता रहेको छ ।
कर्णाली नदी: ३२००० मे.वा.
कोशी नदी: २२००० मे.वा.
गन्डकी नदी: २१००० मे.वा.
अन्य नदी : ८००० मे.वा.
नेपालको कूल क्षेत्रफलको ३.९% भाग नदीनालाहरुले ओगटेको छ ।
नदीको आधारमा नेपालको विभाजन
नेपालका नदीहरुलाई तिनीहरुको वहाव क्षेत्रको आधारमा तीन भागमा विभाजन गरिएको छ ।
क) कोशी प्रदेश :
क) पूर्वमा कन्चनजंघा देखि पश्चिममा लाङ्टाङ् हिमाल बिचको कोशी नदी प्रभावित क्षेत्रलाई नै कोशी प्रदेश भनिन्छ ।
ख) कौशिक ऋषीको नामबाट नामाकरण भएको यस नदीको लम्वाइ ७२० किमी छ भने नेपालभित्र मात्र यसको लम्वाई १५२ किमी छ ।
ग) यसको वहाव क्षमता सालाखाला १५६४ घनमिटर प्रतिसेकेन्ड रहेको छ ।
घ) यस नदीले करिव ३३००० बर्ग किमी क्षेत्र सिंचित गरेको छ ।
ङ) यस नदीका प्रमुख सहायक नदीहरुमा सुनकोशी, दुधकोशी, इन्द्रावती, तामाकोशी, अरुण, तमोर र लिखु हुन् । यी मध्ये सबैभन्दा सानो लिखु र सबैभन्दा ठूलो अरुण हो ।
च) बिहारको दुःख समेत भनिने कोशी नदीलाई भारतमा दामोदर नदी भनिन्छ ।
छ) भारत प्रवेश गरेपछि करसेला भन्ने स्थानमा पुगेर गंगा नदीमा मिसिन्छ ।
ख) गण्डकी प्रदेश :
क) पूर्वमा लाङ्टाङ् देखि पश्चिममा धौलागीरी हिमाल सम्मको भू–भाग नै गण्डकी प्रदेश हो ।
ख) गण्डक ऋषीको नामबाट नामाकरण भएको नेपालको सबैभन्दा गहिरो यसै नदिको नामबाट यस प्रदेशको नामाकरण गरिएको छ ।
ग) गण्डकी नदी प्रवाहित क्षेत्रमा करिब २६००० वर्ग किमी क्षेत्र सिंचित रहेको छ ।
घ) गण्डकी नदीको कूल लम्बाइ ३३८ किमी (मुस्ताङ देखि भैसालोटन सम्म ) छ ।
ङ) यसको वहाव क्षमता १७०० घन मिटर प्रतिसेकेन्ड छ । भने २१००० मेघावाट विद्युत निकाल्न सकिन्छ ।
च) सप्त गण्डकीको नामले प्रख्यात यस नदीका सहायक नदीहरु त्रिशुली, बुढी गण्डकी, मस्र्याङ्दी, मादी, सेती, दरौदी र काली गण्डकी हुन् ।
छ) सप्त गण्डकीमध्ये काली गण्डकी सबैभन्दा ठूलो र शालीग्राम पाइने एक मात्र नेपालको नदी हो भने
यसको सबैभन्दा सानो सहायक नदी त्रिशुली हो ।
ग) कर्णाली प्रदेश :
• पूर्वमा धौलागिरी हिमालदेखि पश्चिममा व्यासऋषी हिमाल सम्म कर्णाली नदी प्रभावित क्षेत्रलाई कर्णाली प्रदेश भनिन्छ ।
• कूल ५०७ कि.मि लम्बाई भएको नेपालको भू–भागमा सबैभन्दा लामो नदी कोशीको वहाव क्षमता करिब १३०० घन मिटर प्रतिसेकेन्ड रहेको छ ।
• यसले झन्डै ४९००० वर्ग किलोमिटर क्षेत्र सिंचित गरेको छ ।
• यस प्रदेशका नदीहरुबाट करिब ३२००० मेघावाट विद्युत निकाल्न सकिन्छ ।
• भारतमा घाँघरा नदीको नामबाट चिनिने यस नदीका सहायक नदीहरुमा हुम्ला कर्णाली, मुगु कर्णाली, ठूलो भेरी, सानी भेरी, तिला, बुढीगंगा र सेती हुन् ।
• कोशी नदिमा २०३८ सालमा विश्वकै दुर्लभ मानिने सोप (डल्फिन) भेटिएको थियो ।
केही नेपालको प्रमुख नदिहरु
कोशी नदी
कोशी नदी नेपालको सबैभन्दा ठूलो नदी हो। यसका सहायक नदीहरूमा अरूण, तमोर, सुनकोशी, भोटेकोशी, लिखु, तामाकोशी, इन्द्रावती पर्दछन्। सात वटा मुख्य सहायक नदी मिलेर बनेको हुनाले यसलाईसप्तकोशी पनि भनिन्छ। हिमालयबाट उत्पत्ति भएका यी सहायक नदीहरू महाभारत पर्वत श्रेणीको तल्लो भागमा सम्मिश्रित भई सप्तकोशीको रूपमा सुनसरी जिल्लाको चतरा गल्छीबाट तराईको समथर क्षेत्रमा प्रवेश गर्दछ। नेपालको लौकही र हनुमाननगर गाविसको बीचमा बनेको कोशी बाँध पार गरेर यो नदी भारत प्रवेश गर्दछ र भारतको विहार राज्यको कर्सेला घाटमा गंगा नदीमा मिल्दछ। वर्यषायाममा बाढी आउँदा आसपासका जग्गा डुवाउने भएकाले यसलाई "विहारको दुःख" पनि भन्ने गरिन्छ।
कोसी नदी (नेपालीमा कोशी) नेपालमा हिमालयदेखि निस्कन्छ र बिहारमा भीम नगरका बाटाहरू देखि भारतमा प्रवेश हुन्छ। यसमा आउने बाढबा बिहार माधेरै तबाही हुन्छ जसले गर्दा यस नदीलाई बिहारको अभिशाप भनिन्छ।
यस भौगोलिक स्वरूपलाई हेर्नुहोस् त ठेगाना चल्नेछ कि पछिल्ला २५० वर्षहरूमा १२० किमीको विस्तार गर्न चुकी छ। हिमालयको अग्लो पहाड़िहरूदेखि प्रकार प्रकारदेखि अवसाद (बालू, कंकड़-पत्थर) आफ्नो साथ लाती भएको यी नदी निरंतर आफ्नो क्षेत्र फैलाती जाँदैछ। उत्तरी बिहारका मैदानी क्षेत्रहरूलाई तरती यी नदी पूरा क्षेत्र उपजाऊ बनाउँछ। यी प्राकृतिक तौरमा यस्तो हुँदैछ। नेपाल र भारत दुइटै नैं देश यस नदीमा बाँध बनाएको रहेका हुन्। परन्तु पर्यावरणविदहरूको मानौं त यस्तो गर्नु नुकसानदेह हुन सक्छ। चूँकि यस नदीको बहाव यति तेज छ र यसका साथा आउँदै पत्थर बाँधलाई पनि तोड़ सक्छौं यस कारण बाँधको अवधिमा संदेह हुनु लाजमी हुन जान्छ।
कालीगण्डकी नदी
कालीगण्डकी अथवा गण्डकी नदी नेपालको दोस्रो ठूलो तथा संसारको सबै भन्दा गहीरो गल्छी बनाएर बग्ने नदी हो। यो नदीबाट नेपालको सबैभन्दा ठूलो जलविद्युत उत्पादन केन्द्र सञ्चालित भैरहेको छ। यो नदीले ठूलो मात्रामा कालो रङ्गको माटो बगाएर ल्याउने भएकाले यसलाई काली गण्डकी नामाकरण गरिएको हुनुपर्दछ।
कालीगण्डकीको नदी तिब्बतमा उत्त्पत्ति भएर मुस्ताङ जिल्ला हुँदै नेपाल छिर्छ। कागबेनी भन्ने स्थानमा मुक्तिनाथ मन्दिरमा उत्पत्ति हुने काग खोला र मुस्ताङ खोला मिसिन्छन् र त्यसपछि उक्त नदीलाई काली गण्डकी भनिन्छ।
जोमसोम र टुकुचे हुँदै बगेपछि काली गण्डकी संसार कै सबैभन्दा गहीरो गल्छी काली गण्डकीको खोंच भएर बग्छ जसको पश्चिममा धौलागिरी (८१६७ मी.) तथा पूर्वमा अन्नपूर्ण (८०९१ मी.) हिमाल पर्दछन्। उक्त गल्छीको उँचाई १३०० मी. देखि २६०० मी. सम्म छ जुन अन्नपूर्ण र धौलागिरीको चुचुरो बाट ५५०० देखि ६८०० मी. तल पर्दछ।
उक्त खोंचबाट निस्केपछि गलेश्वरमा राहुघाट खोला, बेनीमा म्याग्दी खोला, कुश्मा नजीकै मोदी खोला, रूद्रबेनीमा बडी गाड, आँधिखोला आदि मिसिन्छन्। त्यसपछि काली गण्डकी पूर्व तर्फ मोडिन्छ जुन देबघाटमा गएर सेती नदी तथा त्रिशुली नदी सँग मिसिएर दक्षिण तर्फ बहन थाल्दछ। देबघाटबाट पहाडी भूभाग छिचलेर बहन थालेपछि यसलाई नारायणी तथा सप्त गण्डकी भनिन्छ। त्यसपछि दक्षिण पश्चिम दिशा तिर मोडिंदै चितवन तथा नवलपरासी जिल्लाको सिमाना हुँदै भारत छिर्दछ। भारतको बिहार प्रदेशमा गंगाको मैदान हुँदै दक्षिण पूर्व तर्फ मोडिएर पटना नजीकै गंगा नदीसँग मिल्दछ।
यस नदीको किनारमा रहेका प्रमुख बस्ती तथा शहरहरू यस प्रकार छन् : लोमान्थाङ, जोमसोम, बेनी, बाग्लुङ, कुश्मा, रिडी, देबघाट, नारायणघाट तथा त्रिबेणी। यस नदीको किनारमा रहेका जलविद्युत परियोजनाहरू यस प्रकार छन् :
महाकाली नदी
टनकपुरमा शारदा नदी र भारत-नेपाल सीमा।
नेपालको पश्चिमी भागबाट उत्पन्न भई महाकाली नदी भारतको उत्तराखंड राज्यमा बग्ने एउटा नदी हो। यस नदीको उद्गम स्थान वृहद्तर हिमालयमा ३,६०० मीटरको उचाईमा स्थित कालोपानी नामक स्थानमा छ, जो उत्तराखंड राज्यका पिथौरागढ जिल्लाहरुमा छ। यस नदीको नाम काली माताको नामबाट भएको हो जसको मन्दिर कालोपानीमा लिपु-लीख दर्राका निकट भारत र तिब्बतको सीमामा स्थित छ। आफ्नो माथिको मार्गमा यो नदी नेपालका साथ भारतको निरंतर पूर्वी सीमा बनाउँछ। यो नदी उत्तराखंड र उत्तर प्रदेशका मैदानी क्षेत्रहरुमा पुग्दा शारदा नदीका नामले पनि जानिन्छ।
काली नदी जौल्जिबि नामक स्थानमा गोरी नदीसित मिल्दछ। यो स्थान एक वार्षिक उत्सवका लागि जानिन्छ। पछि गएर यो नदी, कर्नाली नदीसित मिल्दछ र बहराइच जिल्लाहरुमा पुगनमा यसलाई एक नया नाम मिल्दछ, सरयु र पछि गएर यो गंगा नदीमा मिल्न जान्छ। पंचेश्वरका आसनजिकका क्षेत्रलाई 'काली कुमाँऊ' भनिन्छ। कालो पहाड़देखि तल मैदानमा झर्दछ र यसलाई शारदाका नामले जानिन्छ।
सिंचाई र पन-विद्युत ऊर्जाका लागि बनाइंदै छ- पंचेश्वर बांध, जो नेपालका साथ एक संयुक्त उद्यम हो, शीघ्र नैं सरयू वा काली नदीमा बनाइनेछ। टनकपुर पनविद्युत परियोजना (१२० मेवॉ) अप्रैल १९९३मा उत्तराखंड सिंचाई विभाग द्वारा साधिकृत गरिएको थियो, जसका अन्तर्गत चमोलीका टनकपुर कस्बेदेखि बग्ने शारदा नदीमा ब्यारेज बनाइएको छ।
काली नदी गंगा नदी प्रणालीको एक भाग हो।
२००७मा काली नदी, गूँच माछाहरुका हमलाका कारण समाचारहरुमा पनि छायो।
भोटेकोशी नदी
भोटेकोशी (Rongshar Tsangpo)
तिब्बतको सिमानामा भोटेकोशी
भोटेकोशी नदी तिब्बतमा उत्पति भएर नेपाल प्रवेश गर्ने नदी हो। यो नदी सप्तकोशी नदीको सहायक नदी पनि हो । पहाडी खोंच हुदै बग्ने यो नदीको तेज बहावका कारण यो नदी विद्युत उत्पादन तथा राफ्टिङका लगि अत्यन्तै प्रशिद्द छ। नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्ला अवस्थित यो नदी बन्जी जम्पका लागि पनि प्रख्यात छ।
काठमाडौंबाट करिब तीन घण्टामा पुग्न सकिने भोटेकोसीमा बन्जी जम्पिङ गरेर, तिब्बतको सिमानामा रहेको तातोपानीमा नुहाएर एकै दिनमा काठमाडौं फर्कन सकिन्छ। बिहान सबेरै काठमाडौंबाट हिँड्यो भने करिब डेढ घण्टामा दोलालघाट पुग्न सकिन्छ। दोलालघाटबाट अरू डेढ घण्टामा बाह्रबीसे हुँदै भोटेकासी बन्जी जम्पमा पुग्न सकिन्छ। भोटेकोसीमा बन्जी जम्पको सम्पूर्ण व्यवस्था मिलाएको छ, द लास्ट रिसोर्टले। नेपालमा बन्जी जम्पिङको सुरुवात गर्ने उद्देश्यले यो रिसोर्टले सर्वप्रथम २०५८ सालमा उक्त नदीमा झोलुङ्गे पुलको निर्माण गरेको हो। करिब ४८ लाखको लागतमा निर्माण गरिएको भनिएको उक्त पुलले बन्जी जम्पिङ खेललाई नेपाल प्रवेश गराउन मद्दत मात्र गरेन स्थानीय बासिन्दाको जीवनस्तर उकास्न पनि महत्वपूर्ण काम गर्यो। करिब ६ घण्टा लाग्ने बाटोलाई १५ मिनेटमा छोट्याइदियो यो पुलले। पुलबाट करिब एक सय ६० मिटर तल बगिरहेको भोटेकोसीमा एक सय मिटरसम्म मात्र जम्प गराइन्छ। एकपटकको जम्पिङका लागि नेपालीलाई दुई हजार रूपैयाँ शुल्क लाग्छ भने विदेशी पर्यटकका लागि ६ हजार रूपैयाँसम्म लाग्छ।
अरुण नदी
अरुण नदी नेपाल
अरुण नदी चीनको स्वशासित भूभाग तिब्बत हुँदै नेपालसम्म बहने, सप्तकोशी र गंगा नदीको एक सहायक नदी हो। यो कोशी नदीको प्रमुख सहायक नदी मध्ये एक हो। सप्तकोशी नदी कोशी नदीको पानीको मुख्य श्रोत हो, कोशी नदी, कोशी बेसीको लागि पानीको प्रमुख श्रोत हो। नदी पूर्वी नेपालका किराँतीलोककथाहरूमा महत्वपूर्ण रूपमा लिइएको छ।नेपालमा कोशी कञ्चनजङ्घाको दक्षिणमा छ र यसका सात प्रमुख सहायक नदीहरू: सुनकोसी, तामा कोसी, दुध कोसी, इन्द्रावती, लिखू, अरुण र तमोर हुन। यो प्रति सेकन्ड२५६४ क्यूबिक मीटरको औसत बहावमा बहन्छ।
कर्णाली नदी
कर्णाली नदी तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको "माप्चोचोङ्गो" नामको हिमनदी बाट निस्केर मान सरोवर ताल नजीकै रहेको रकोस सरोवर (जसलाई "राक्षस ताल" पनि भनिन्छ)मा मिसिन्छ। त्यस पछि नेपालमा प्रवेश गरेपछी मुगु जिल्लामा यो "करन खोला" अथवा मुगु कर्णालीसँग मिसिन्छ। त्यसै करन खोलाको नामबाट नै यो नदीको नाम कर्णाली नदी रहन गएको अनुमान छ। यो नदीबाजुरा जिल्ला र हुम्ला जिल्लाको सिमाना हँदै कालीकोट जिल्लामा पुग्दा सम्म यसका धेरै सहायक नदी नालाहरूले गर्दा यसले खोलाबाट नदिको रूप लगि सकेको हुन्छ। मुगु जिल्लामा रहेको रारा तालको पानी यो नदीमा मिसिदै यसले विसाल रूप लिइ सकेको हुन्छ। त्यसै गरी हुम्ला र बाजुराको सिमानामा यसलाई हुम्ला कर्णाली र बुढी गंगा मिसिए पछि यो नदी धेरै ठूलो भैसको हुन्छ। कालीकोटको लालीघाटमा आएर यो नदीमा जुम्ला जिल्लाबाट आएको तिला नदी मिसिन्छ। यसैगरी अन्य साना खोला नालाहरू साथमा लिएर यो नदी दैलेख जिल्ला र अछाम जिल्लाको सिमाना हुदै अगाडी बढ्छ।
दैलेख र अछामका अन्य सहायक नदी नालाहरूलाई साधमा लिँदै यो नदी दैलेख, अछाम र सुर्खेत जिल्लाको सिमानामा पर्ने कल्यानकाँध नामक स्थानमा आएर यो नदीले आफ्नो बाटो बदलेर उल्टो फर्केको छ। जसले गर्दा पश्चिमबाट पूर्व तर्फ बग्दै गरेको यो नदी फेरी पश्चिम तिर फर्केर जान्छ। यसै गरी यो नदी अब सुर्खेत र अछाम जिल्लाको सिमाना हुदै डोटी जिल्लाको सिमानामा पुग्छ। त्यहाँ यो नदीमा डोटीबाट आएको सेती नदी (जसलाई चौलानी नदी पनि भनिन्छ) मिसिन्छ। त्यस पछि कर्णाली नदी फर्केर फेरी पूर्व तिर बग्न थाल्दछ। अब कर्णाली नदीले डोटी र अछामलाई छोडेर सुर्खेत र कैलाली जिल्लाको सिमानामा बग्न थाल्छ। कैलाली र सुर्खेतको सिमानामा पर्ने "कुइने घाट" नामक स्थानमा आएर यो नदीमा सुर्खेत तिरबाट आएको भेरी नदी मिसिन पुग्छ। त्यस पछि यो नदी कैलाली र सुर्खेतको सिमाना छुट्ट्याउदै कर्णाली चिसापानी भन्ने ठाउँमा आउँछ। त्यहाँबाट यो नदीले आफ्नो पहाडी बाटो छोडेर तराइको मैदानमा प्रवेश गर्छ। अब यो नदीले बर्दिया जिल्लामा प्रवेश गरि सकेको हुन्छ। बर्दियामा आए पछि यो नदीमा बबै र सानी भेरी गरी दुइवटा नदीहरू मिसिएका छन्। त्यसका साथै यो नदी भारतमा प्रवेश गर्छ। यहाँ आएर यो नदी आफु पनि दुई भागमा बाँडीएको छ। एक शाखालाई कौरियाला घाटको नाम दिएको छ भने अर्को शाखालाई भारतमा घागरा नदीको नाम दिएको छ। भारतमा यो नदिमा अन्य सहायक नदीहरू मिसिन्छन् जस्तै:- महाकाली नदी जसलाई भारतमा शारदा नदी भनिन्छ। कौरियाला घाट नामको नदी अयोध्याभएर बगेको छ। अयोध्यामा यो नदीलाई सर्यौँ नदीको नाम दिइएको छ। घागरा नदी बिहारको छपरा जिल्लामा गएर गंगा नदीमा गएर मिलेको छ। त्यहाँबाट यो नदीको नाम गंगा नदी नै रहन गएको छ। अन्तमा पश्चिम बंगाल राज्यको कोलकाटा शहर (जसको पुरानो नाम कलकत्ता हो) नजीकै रहेको गंगा सागर नामक स्थानमा यो नदी समुन्द्रमा मिलेको छ।
नारायणी नदी
चितवन जिल्लाको देबघाटमा पश्चिमबाट बगेर आउने कालीगण्डकी नदी, उत्तर पश्चिमबाट बगेर आउने सेतीगण्डकी नदी तथा उत्तर तर्फबाट बगेर आउने त्रिशुली नदी र बुढीगण्डकी) मर्यस्याङदी, मिसिएर बन्नेको नदीलाई नारायणी नदी भनिन्छ। यसनदीलाई सप्त गण्डकी समेत भनिन्छ देबघाट धाम तथा भरतपुर नगरलाई देब्रे पार्दै बगेको यो नदी माथी नारायणगढमा पक्की पुल रहेको छ। यो नदीले चितवन तथा नवलपरासीजिल्ला तथा लुम्बिनी र नारायणी अन्चललाई छुट्याएको छ। नवलपरासीको त्रिबेणीबाट यो नदी भारत प्रवेश गर्दछ। भारतमा यसलाई गण्डक भन्ने गरिन्छ। यो नदीले चितवन राष्ट्रिय निकुन्जको पश्चिमी सिमानाको समेत काम गर्ने भएकाले जैविक विविधतामा समेत यसको महत्व छ। यो नदीमा दुर्लभ मानिने मगर गोही र घडीयाल गोहीहरू पाईन्छन्।
कन्काई नदी
कन्काई नदी मेची अञ्चलको सबैभन्दा ठूलो नदी हो। यो इलामका प्रमुख चार नदी जोगमाई नदी, माई नदी, पुवामाई नदी र देउमाई नदी मिसिएर बनेको छ। यो नदी महाभारत पर्वत श्रृङ्खला बाट उत्पत्ति भई झापा जिल्लाको दोमुखा क्षेत्रबाट तराइमा प्रवेश गर्दछ रकोशी नदीमा मिलेर बंगालको खाडीमा पुग्दछ। महेन्द्र राजमार्गको कन्काई नदी माथि बनेको ७०३ मीटर लामो पक्की पूल नेपालको सबैभन्दा लामो पूल हो। सोही पूल भएको कोटीहोम क्षेत्रमा हरेक माघे संक्रान्तिमा मकरमेला अथवा माईमेला लाग्ने गर्दछ। यस नदीलाई पवित्र नदीको रूपमा पूजा र सम्मान गरिन्छ। यस नदीबाट कन्काई नहरको निर्माण गरी झापाका केही क्षेत्रमा सिंचाई सुविधा पुर्याइएको छ।
राप्ती नदी
राप्ती नदीका प्रमुख सहायक नदि माडी खोला र झिम्रुक खोला भएकोले यो जल सम्पदाका दृष्टिले निकै सम्पन्न छ । रोल्पा जिल्लाको महाभारत पर्वतबाट उत्पन्न भएको माडी नदि प्युठान जिल्ला हुदै आएको छ । प्युठान जिल्लाको गौमुखी भन्ने ठाउँबाट उत्पन्न भएको झिम्रुक खोलामा (गर्दन खोला, छोपेखोला, खप्रङखोला) आदि