Neelam Dahal

Neelam Dahal A well enthusiast person born to change a nation.

08/05/2024

मातातीर्थ औंसी - "आमा"

एक स्नेहको भण्डार,
जहाँ ऊ ब्याकुल हुँदा प्रेम खोज्दै आउँछ,
व्यवधानका तगारा आउँदा,उनकै‌ साथको प्रतिक्षा गर्छ,
दु:खको दियालो मेटाइ सुखको तेजस्वी खोज्न आउँछ,
हर्षको पहिलो बहार साट्न, दु:खका प्रत्येक बेग सँग लड्न उनकै पर्खालरुपी साथको बाटो हेर्छ।

शव्दकोषका ती दुई वर्ण,
जसम‌ा आत्मीयता,भावना, प्रेम, हर्ष, रोदन सबै एकमुष्ट पाइन्छ,
जसमा उसलाई "ऊ" बनाउने अनि उसलाई हिड्न "त्यो" बाटो देखाउने सामर्थ्य पाइन्छ,
उसका अनेक जटिलताका समाधान निमिष भरमा पाइन्छ,
शिक्षा, नैतिकता, मानवता, हार्दिकताको निपूर्णता त्यहीँ पाइन्छ,

त्यसैले उसले उनलाई उसको प्राथमिकताको पंक्तिमा सबैभन्दा अगाडि राख्छ,
अनन्त आज्ञा गर्छ र
हर बखत बालक जसरी नै खोज्ने गर्छ,
त्यही २ वर्ण र १ शब्द "आमा"।।

17/11/2023

गर्छन् भने राजा चाहियो भन्दै गरुन् न आन्दोलन । शान्तिपूर्ण आन्दोलन गर्नु लोकतन्त्रमा के अनौठो हो र ?

"देख्यौ त लोकतन्त्र ? राजा चाहियो भनेर विचार राख्न, आन्दोलन गर्न पनि पाइन्छ । त्यही पनि पञ्चायतमा जस्तो कैद गरिन्न, सर्वस्वहरण हुँदैन, अराष्ट्रिय तत्व भनेर जेल हालिन्न, फाँसी तोकिन्न । यही हो विशेषता लोकतन्त्रकाे ।" छेउमा बसेर मुसुमुसु हास्दै भनौंला न, "लोकतन्त्रको अनुभव गर्नुहोला । ह्याप्पी लोकतन्त्र ।"

प्रश्न नै सोध्न परे स-साना प्रश्न पनि सोधौला । जस्तै : राजा आए हाम्रो वडाध्यक्ष को हुन्छ, शाह परिवार कै कि अरु कोही ? निजी स्कुलमा पढाइरहेकाहरूले थपक्क छोराछोरी झिकेर सरकारीमा हाल्छन् ? कर तिर्न पर्दैन कि कर लुकाउन पाइँदैन ?

जवाफ पर्खौंला न, के हतार छ र ?
karki

यी श्रद्धेय गुरु हुन् । तामसे संस्कृति त्यागेर सादगी संस्कृति अपनाउँन यीनले आवह्वान गरे । मान्छेलाई आकर्षित पारे । समूदा...
11/11/2023

यी श्रद्धेय गुरु हुन् । तामसे संस्कृति त्यागेर सादगी संस्कृति अपनाउँन यीनले आवह्वान गरे । मान्छेलाई आकर्षित पारे । समूदाय, संस्कृति र समाज परिवर्तनको बाटो कोरे । सम्पुर्ण नेपालीले आदरसहित गौरव गर्नु पर्ने यीनलाई एउटा जातीमात्रको घेरामा नबाधौँ । यी अर्थात नरध्वज लिङदेन अर्थात सत्यहाङमा अर्थात महागुरु फाल्गुनन्द ।

उनै महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा सबै दाजुभाईहरुलाई हार्दिक शुभकामना ।

देश बन्छ ; यही ब्यबस्थामा‌ बन्छ ।।आफ्नोे देश आफ्नै(जनताकै) प्रबुत्तमा बन्छ,एक‌ले‌ नसके जनताले नै लु तँ असक्षम भइस भन्दै ...
07/11/2023

देश बन्छ ; यही ब्यबस्थामा‌ बन्छ ।।

आफ्नोे देश आफ्नै(जनताकै) प्रबुत्तमा बन्छ,एक‌ले‌ नसके जनताले नै लु तँ असक्षम भइस भन्दै अर्कैलाई तेरो‌ पालो भनेर पठाउँछ, नेतृत्व गलत देखिए‌ नागरिकले‌ नै गलत्याएर‌‌ फर्काउछन पनि।
बस् अहिले पात्र गलत छन्‌।अभ्यास गलत भइरहेका छन्।यसको समाधान यो हैन कि हामीले कुनै घरानालाई,"लु,देश चलाइदेउ,तिम्रा प्रत्येक पुस्ताले‌‌ देश हाँक, हामी तीन करोड नागरिक असक्षम भइसक्यौँ " भनेर हार मान्ने भन्ने।

नेपाली 'गण' हरु आफ्नो हातको राज्यसत्ता त्यो‌ अतीत ब्युँताएर जिम्मा लगाउन जुर्मुराएका छन् भन्ने भाष्य‌ पैदा गर्नु आफैंमा असान्दर्भिक छ।
साक्षरता बढिरहेको छ, राजनीतिक चेतना बढिरहेको छ, यस्तो बेला कुन राजनीतिक व्यवस्था उत्कृष्ट भनेर‌‌ छुट्याउन जनता सक्षम छन्।
गणतन्त्रको विकल्प भनेको सुध्रिएको गणतन्त्र नै हो।
"गण"ले सही पात्रलाई निर्वाचन मार्फत सही ठाउँमा पुर्याउन सके रास्ट्रले‌ लय समात्न बेर लग्छ र?
बेथिति,भ्रष्टाचार,कुशासन जस्ता कुराहरू त त्यही पुरानै तन्त्रका‌ उपहार हैनन् र‌ ? अनि यसलाई घटाउन त्यही ब्यबस्था पुकार्ने कि फोहोर भएको यो पोखरीमा‌ सुन्दर फूल‌ फुलाउने गरी जुट्ने।
गणतन्त्रमा राज्यको एक अंगले गलत नजिर बसाए अर्को अंगले त्यसलाई सुधार्ने ल्याकत राख्छ, यसरी सुधारिएका‌ अनेक उदाहरण जगजाहेर नै छन् तर त्यो तन्त्रमा यदि रास्ट्र प्रमुखले गलत कदम चाल्दै छन् भने क्रान्ति बिना सच्याउन असम्भव प्रायः छ।
संसार द्रुत गतिमा अघि बढिरहँदा हामी भने "के गरिस बुहारी,कनिका पोखाउँदै उठाउँदै" भनेझैं ब्यबस्था उल्टाउँदै पल्टाउँदै गरिरहने कि गणतन्त्रको सुन्दर पक्षमा अभ्यस्त हुँदै अघि बढ्ने ?

एक समय थियो जब यो देशमा संविधान बन्ला भनेर धेरैलाई विश्वास नै थिएन । कसैलाई राजा चाहिने, अरूलाई गणतन्त्र, कसैलाई सङ्घीयत...
20/09/2023

एक समय थियो जब यो देशमा संविधान बन्ला भनेर धेरैलाई विश्वास नै थिएन । कसैलाई राजा चाहिने, अरूलाई गणतन्त्र, कसैलाई सङ्घीयता चाहिने, कसैले सङ्घीयताले देश टुक्राउँछ भन्थे। भारत मानेकै थिएन र नाकाबन्दी लगायो तर संविधान बन्यो। सबैले भनेको जस्तो संविधान नबन्ने स्वाभाविक थियो । तर यो संविधानले राजनीतिक स्थायित्व ल्याएको छ। संविधान बनाउने नेतृत्व इमानदार नभएकाले जनतामा निराशा छ तर त्यो निराशाको उत्तर पछाडि फर्किनु होइन बरु सुशासन र विकास हुन। हामी सँग यही संविधान भित्र रहेर यसैलाई सुधार्ने बाहेक विकल्प छैन।

संविधान दिवसको शुभकामना !🇳🇵

विनयफलं शुश्रूषा गुरुशुश्रूषाफलं श्रुतं ज्ञानम्।ज्ञानस्य फलं विरतिः विरतिफलं चाश्रवनिरोधः।।
03/07/2023

विनयफलं शुश्रूषा गुरुशुश्रूषाफलं श्रुतं ज्ञानम्।
ज्ञानस्य फलं विरतिः विरतिफलं चाश्रवनिरोधः।।

05/06/2023

भेलु बाजे बाचीँरहे भने कन्फर्म सांसद बन्ने रहेछन् ८४ मा!
जे बिक्छ त्यहि बेच्ने न हो !

09/05/2023
Populism ? It is temporary.
20/04/2023

Populism ?
It is temporary.

७० को दसकका तिता मिठा उतारचढाव‌‌ समेटिएको पुस्तकका पाना बन्द गर्दै नयाँ यात्राका साथ ८० को दसकको सुरुवात।नव बर्ष २०८० को...
13/04/2023

७० को दसकका तिता मिठा उतारचढाव‌‌ समेटिएको पुस्तकका पाना बन्द गर्दै नयाँ यात्राका साथ ८० को दसकको सुरुवात।
नव बर्ष २०८० को हार्दिक शुभकामना !🇳🇵❤️

Happy birthday Baba...❤️🎉
13/03/2023

Happy birthday Baba...❤️🎉

Address

Kathmandu

Telephone

+9779867574115

Website

Alerts

Be the first to know and let us send you an email when Neelam Dahal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Neelam Dahal:

Share