Krishna Ramja/कृष्ण राम्जा

Krishna Ramja/कृष्ण राम्जा Social Media worker. Nepali artist / Reels / reaction video creater etc.

26/08/2026

यस्तो के दिन देखायौ भगवान😭 हाम्रो देशमा😭😭😭😭

25/08/2026

नेपाली चलचित्रका सुपर action Star निखिल उप्रेतीको "आचार्य" movie को Teaser Out !

25/08/2026

रुसको व्यापारीक कम्पनीमा युक्रेनद्वारा ड्रोन हमला !

नेपालमै बनेको सिप्रदी यात्री पी–२ स्कुटर सार्वजनिक, एकपटक चार्जमा २०७ किलोमिटरसम्म रेन्ज. तस्बिरहरु- नेपाल फोटो लाइब्रेर...
24/08/2026

नेपालमै बनेको सिप्रदी यात्री पी–२ स्कुटर सार्वजनिक, एकपटक चार्जमा २०७ किलोमिटरसम्म रेन्ज. तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी

24/08/2026

संसदमा खगेन्द्र सुनारको प्रश्न: निर्मला पन्तको जन्ती जाने हो कि मलामी !

गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धताबारा जिल्लाको जितपुर सिमरा उपमहा...
22/08/2026

गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ।

गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृह मन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीडित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको हो।

सहमतिअनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षाअनुसार विद्यमान कानुनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्ने निर्णय भएको छ। यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गरिने भएको छ।

त्यस्तै, पीडित परिवारको अपेक्षाअनुसार बालिका गरिमा चौधरीको सालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने सहमति भएको छ।

पीडित बालिकाको अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कारअनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको छ।

सहमति पत्रमा नेपाल सरकारका तर्फबाट गृह मन्त्री सुधन गुरुङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री साविता गौतम, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी तथा कृषि, वन तथा वातावरण मन्त्री गिला चौधरीले हस्ताक्षर गरेका छन्।

पीडित परिवारका तर्फबाट गरिमा चौधरीका बुवा मनोजकुमार चौधरी र आमा मीनमती चौधरीले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। सरकार र पीडित परिवारबीच भएको सहमतिले घटनामा न्यायिक प्रक्रिया अघि बढाउनुका साथै पीडित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ।

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)      कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन । तर, बागलुङ...
22/08/2026

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)


कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन । तर, बागलुङ र पर्वतमा कालीगण्डकीमा भने मध्य बर्खामै बालुवा र ढुङ्गा धमाधम निकालिएको छ । विश्वमा शालिग्राम शिला पाइने एक मात्र नदी कालीगण्डकीबाट अवैध रुपमा नदीजन्य पदार्थ निकाल्ने गरिएको छ ।

मध्यरातमा ठूला मेसिननै प्रयोग गरेर क्रसर सञ्चालक, निर्माण व्यवसायीले बालुवा झिक्ने काम गर्छन् । ढुंगा, गिट्टी र बालुवाको उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ ले नदीजन्य पदार्थ उत्खनन्मा प्रतिबन्ध लगाएपनि अवैध चोरीनिकासी रोकिएको छैन । असार १ गतेदेखि भदौ १५ गतेसम्म कुनै पनि निकायले ठेक्का लगाउनसमेत पाउँदैनन् ।

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् हुँदा पनि सरोकारवाला निकाय मुकदर्शक बनेका छन् ।

बर्खाको समयमा स्थानीय सरकारले पनि ठेक्का लगाउन नपाउने प्रावधान छ तर पालिका र प्रशासनलाई नै चुनौती दिँदै डोजर लगाएर बालुवा निकाल्ने काम भइरहेको छ । संघीय सरकारले २०७७ सालमा ल्याएको मापदण्डअनुसार गण्डकी प्रदेशले पनि नदीजन्य सामग्री उत्खनन्का लागि प्रतिबन्ध लगाएको छ ।

प्रहरी चौकीकै अगाडि कालीगण्डकी दोहन हुँदा प्रहरीसमेत मौन रहेको स्थानीयको बताउँछन् । दोहनका कारण कालीगण्डकीको धारसमेत परिवर्तन हुँद पर्वत मालढुङ्गाको माझीबस्तीनै जोखिममा छ । बर्खाको समयमा काली उर्लिदा घरमै बाढी बस्ने त्रासले स्थानीय जागराम बस्ने गरेका छन् । कतिपय स्थानमा खेतीयोग्य जमिनसमेत कटानमा परेका छन् ।

तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी

आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व
21/08/2026

आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व

रास्वपाको प्रवक्तामा जगदीश खरेल मनोनीत भएका छन्।  #बधाई 👏
21/08/2026

रास्वपाको प्रवक्तामा जगदीश खरेल मनोनीत भएका छन्। #बधाई 👏

गगन थापा जस्तो नेता नेपालले 100 बर्ष मा पनि पाउदैन। जेन्जी नेता मिराज ढुङ्गाना
21/08/2026

गगन थापा जस्तो नेता नेपालले 100 बर्ष मा पनि पाउदैन। जेन्जी नेता मिराज ढुङ्गाना

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Krishna Ramja/कृष्ण राम्जा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category