05/06/2026
ओमानको प्रमुख तेल टर्मिनलमा विष्फोट, कच्चा तेल लोडिङ रोकियो
ओमानको ‘मिना अल फहल’ आयल टर्मिनल नजिकै विष्फोट भएपछि कच्चा तेल लोडिङ अस्थायी रूपमा रोकिएको छ। घटनालाई ड्रोन आक्रमणसँग जोडिएको बताइए पनि ओमान सरकारले हालसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन। विष्फोटपछि बन्दरगाह बाहिर धेरै तेल ट्याङ्करहरू प्रतीक्षामा रहेको जनाइएको छ।