29/09/2022
नेपाली को महान चाड बिजया दशमी मा टिका लाइदिदा पढिने मन्त्र र त्यसको अर्थ :
पुरुष लाइ (𝐅𝐨𝐫 𝐦𝐚𝐥𝐞):
आयु: द्रोणसुते, श्रियं दशरथे
शत्रुक्षयं राघवे, ऐर्श्वर्यं नहुषे
गतिश्च पवने, मानंच दुर्योधने
दानं सूर्य सुते, बलम् हलधरे
सत्यम्च कुन्ती सुते, बिज्ञानं बिदुरे
भवन्तु भवताम्, कीर्तिस्च नारायणे
अर्थ (𝐌𝐞𝐚𝐧𝐢𝐧𝐠):
गुरु द्रोणका छोरा 'अस्वस्थमा' (जो श्री कृष्ण को श्रापका कारण अमर भएका थिए) को जस्तो आयु होस्।
राजा दशरथ को जस्तो प्रतिष्ठा होस्।
राघव अर्थात 'राम' को जस्तो शत्रु लाइ क्षय गर्ने क्षमता होस्।
राजा 'नहुष' को जस्तो ऐश्वर्य होस्, 'पवन' को जस्तो गति होस्, 'दुर्योधन' को जस्तो मान सम्मान होस्।
सुर्य पुत्र 'कर्ण' को जस्तो दान गर्न सक्ने क्षमता होस्, हलधरे अर्थात 'बलराम' को जस्तो तागत होस्, कुन्ती पुत्र 'युधिस्ठिर' को जस्तो सत्य होस् ।
'बिदुर' को जस्तो बुद्धि होस्, नारायण अर्थात् भगवान 'बिष्णु' को जस्तो कृति होस्।
महिला लाइ (𝐅𝐨𝐫 𝐅𝐞𝐦𝐚𝐥𝐞):
ॐ जयंती मंगला काली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते......
अर्थ (𝐌𝐞𝐚𝐧𝐢𝐧𝐠):
जयन्ती (जसमाथी कसैले बिजय पाउन सकेन) , मंगला (मंगल कि देवी) , काली (सबै भन्दा शक्तिशाली, समय र विनास कि देवी/पार्वती कि रुप), भद्रकाली (जन्म र मृत्यु कि नियन्त्रक), कपालिनी (खप्पर को माला धारण गरेकी दुर्गा कि अर्की रुप), दुर्गा (सबै देवी कि पनि देवी), क्षमा (क्षमा कि देवी), शिव (देवादिदेव महादेव), धात्री (देवी कि अर्की रुप सिद्धिधात्री)
स्वाहा (वलिदान कि देवी/ जसलाई मन्यनती पनि भनिन्छ, अग्नि कि पत्नी र दक्ष प्रजापति कि सुपुत्री), स्वधा (पीतर कि देवी) सबैलाई मेरो नमन छ।