Janata Khabar

Janata Khabar G.D Media Group pvt.Ltd बाट संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो ।

01/08/2026

पाकिस्तानको ब्रोड पिक हिमालमा बेपत्ता भएका निम्स दाइप्रति हार्दिक श्रद्धा र सम्मान। 🙏
निम्स दाई केवल एक साहसी पर्वतारोही मात्र होइन, लाखौँ नेपालीका प्रेरणाका स्रोत र राष्ट्रका अमूल्य गहना हुनुहुन्थ्यो। उहाँको साहस, आत्मविश्वास र नेपालको नाम विश्वभर चिनाउने योगदान सधैं स्मरणीय रहनेछ।

वेस्ट बैंकमा उपद्रव धार्मिक स्थल नै निशानामा! ४ प्यालेस्टिनी र २ इजरायलीको मृत्युपछि झन् भड्कियो हिंसा, मस्जिदमा लाग्यो ...
29/07/2026

वेस्ट बैंकमा उपद्रव धार्मिक स्थल नै निशानामा! ४ प्यालेस्टिनी र २ इजरायलीको मृत्युपछि झन् भड्कियो हिंसा, मस्जिदमा लाग्यो आगो !

वेस्ट बैंकका प्यालेस्टिनी गाउँहरूमा इजरायली बसोबासीहरूले आक्रमण गर्दै दुईवटा मस्जिदमा आगजनी गरेका छन्। शुक्रबार नाब्लसको टाल गाउँमा भएको झडपमा चार प्यालेस्टिनी र दुई इजरायली सुरक्षा अधिकारीको मृत्यु भएपछि आइतबार बिहानै कुसरा र कौर गाउँका मस्जिदहरूसहित विभिन्न क्षेत्रमा आक्रमण र तोडफोड गरिएको प्यालेस्टिनी अधिकारीहरूले जनाएका छन्।

घटनाका क्रममा संरचनाहरूमा हिब्रु भाषामा नाराहरू लेखिनुका साथै रामल्लाह नजिकै प्यालेस्टिनी कामदारहरूमाथि पनि कुटपिट भएको छ। अर्कोतर्फ, इजरायली सेनाले सोही क्षेत्रबाट हतियार तस्कर र हमाससम्बद्ध व्यक्तिहरूसहित १३० भन्दा बढीलाई पक्राउ गरेको दाबी गरेको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार यस वर्ष वेस्ट बैंकमा इजरायली बसोबासीहरूसँगको हिंसामा दर्जनौँ प्यालेस्टिनीहरू मारिइसकेका छन्। See less

इजिप्टले अर्जेन्टिनालाई २ गोल हानेको छ ।  अर्जेन्टिना 0 - इजिप्ट 2
07/07/2026

इजिप्टले अर्जेन्टिनालाई २ गोल हानेको छ ।


अर्जेन्टिना 0 - इजिप्ट 2

ब्राजिलविरुद्ध नर्वेका हालान्डले दोस्रो गोल गरे । अग्रता २- ० । नर्वे ऐतिहासिक जित। हालाण्डको गोल संख्या ७ ।
05/07/2026

ब्राजिलविरुद्ध नर्वेका हालान्डले दोस्रो गोल गरे । अग्रता २- ० । नर्वे ऐतिहासिक जित। हालाण्डको गोल संख्या ७ ।

मध्यपूर्वमा फेरि युद्धको विष्फोट: अमेरिकाद्वारा इरानमाथि भीषण हवाई हमला, खाडी क्षेत्र 'हाई अलर्ट' मावासिङ्टन डीसी। स्ट्र...
29/06/2026

मध्यपूर्वमा फेरि युद्धको विष्फोट: अमेरिकाद्वारा इरानमाथि भीषण हवाई हमला, खाडी क्षेत्र 'हाई अलर्ट' मा

वासिङ्टन डीसी। स्ट्रेट अफ हर्मोजमा पानामाको झण्डा बोकेको 'एमटी किकु' नामक व्यापारिक तेल ट्याङ्करमाथि शनिबार ड्रोन आक्रमण भएपछि अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। उक्त घटनाको कडा प्रतिकार गर्दै अमेरिकी सेनाले इरानभित्र रहेका विभिन्न सैन्य संरचना, सञ्चार प्रणाली, हवाई प्रतिरक्षा केन्द्र तथा ड्रोन भण्डारण स्थलहरूलाई लक्षित गरी शक्तिशाली हवाई आक्रमण गरेको छ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार जुन १७ को युद्धविराम सम्झौता उल्लंघन गर्दै इरानले व्यापारिक जहाजहरूमाथि लगातार आक्रमण जारी राखेकाले यो सैन्य कारबाही अपरिहार्य बनेको हो। यसअघि जुन २५ मा पनि अर्को जहाजमाथि आक्रमण हुँदा अमेरिकाले इरानी क्षेत्रमा आक्रमण गरेको थियो। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत इरानलाई कडा चेतावनी दिँदै आवश्यक परे अमेरिकाले थप सैन्य शक्ति प्रयोग गर्ने र त्यसले इरानी शासनको अस्तित्वमै प्रश्न उठाउन सक्ने बताएका छन्।

अमेरिकी आक्रमणपछि खाडी क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ। सम्भावित मिसाइल तथा ड्रोन आक्रमणको जोखिमलाई मध्यनजर गर्दै कुवेत र बहराइनले आफ्ना हवाई प्रतिरक्षा प्रणालीहरू सक्रिय बनाएका छन् भने नागरिकहरूलाई सुरक्षा निर्देशन पालना गर्दै सुरक्षित स्थानमा बस्न अपिल गरेका छन्। See less

राजनीतिमा नैतिकताको नयाँ रेकर्ड चितवन बसाइको ४ दिनको तलब भत्ता नलिने प्रधानमन्त्री बालेनको घोषणा देखाए उच्च नैतिकताको उद...
29/06/2026

राजनीतिमा नैतिकताको नयाँ रेकर्ड चितवन बसाइको ४ दिनको तलब भत्ता नलिने प्रधानमन्त्री बालेनको घोषणा देखाए उच्च नैतिकताको उदाहरण!

प्रधानमन्त्री बालेन शाहले राजनीतिक र प्रशासनिक नैतिकताको उच्च दृष्टान्त पेस गर्दै आफ्नो पार्टीको महाधिवेशनका लागि चितवनमा बिताएको चार दिनको सरकारी तलब र भत्ता नलिने घोषणा गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनमा भाग लिन उनी चितवन पुगेका थिए।

पार्टीको आन्तरिक राजनीतिक कार्यक्रम र व्यक्तिगत दलगत गतिविधिमा संलग्न रहेको समयको सरकारी कोषबाट पारिश्रमिक र सेवा-सुविधा लिनु न्यायसङ्गत नहुने भन्दै प्रधानमन्त्री शाहले यस्तो निर्णय लिएका हुन्। राजनीतिक ओहोदामा बसेर देशको शासकीय सुधार र सुशासनको वकालत गरिरहेका प्रधानमन्त्रीको यो कदमलाई नेपाली राजनीतिमा 'नैतिकता र जवाफदेहिता' को एउटा उदाहरणीय कदमका रूपमा हेरिएको छ। See less

नेपालकी छोरीको विश्व हल्लाउने सफलता: ९ कक्षाकी आनन्दी शर्मा भारतको अन्तरिक्ष कार्यशालाका लागि छनोट!सिक्किमको सोरेङस्थित ...
24/06/2026

नेपालकी छोरीको विश्व हल्लाउने सफलता: ९ कक्षाकी आनन्दी शर्मा भारतको अन्तरिक्ष कार्यशालाका लागि छनोट!

सिक्किमको सोरेङस्थित सरकारी वरिष्ठ माध्यमिक विद्यालय, थर्पुकी कक्षा ९ की छात्रा आनन्दी शर्मा आगामी अगस्टमा आयोजना हुने भारतको राष्ट्रिय स्तरको अन्तरिक्ष कार्यशाला (National Space Workshop) का लागि छनोट हुनुभएको छ।

विज्ञान र नवप्रवर्तन (Innovation) को क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै उनले अन्तरिक्ष विज्ञान, भूउपग्रह प्रणाली (Satellite Systems) र आधुनिक अन्तरिक्ष प्रविधि सम्बन्धी तालिमहरू सफलतापूर्वक पूरा गरेर यो सफलता हात पारेकी हुन्। अटल इनोभेसन ल्याबका संयोजक विकास खरेल र गुरुहरूको सही मार्गनिर्देशन तथा आनन्दीको कडा परिश्रमले आज सम्पूर्ण सिक्किमबासी लगायत विश्वभरका नेपालीको शिर उच्च बनाएको छ। आनन्दीलाई हार्दिक बधाई तथा आगामी यात्राको लागि धेरै-धेरै शुभकामना ! See less

राजनीतिक इतिहासमै दुर्लभ दृश्य रास्वपा महाधिवेशनको सुरक्षा व्यवस्था 'रेड जोन' मा इतिहासकै ठूलो सुरक्षा घेरा सेना नै मैदा...
20/06/2026

राजनीतिक इतिहासमै दुर्लभ दृश्य रास्वपा महाधिवेशनको सुरक्षा व्यवस्था 'रेड जोन' मा इतिहासकै ठूलो सुरक्षा घेरा सेना नै मैदानमा उत्रिने!

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबार हुने महाधिवेशनलाई लक्षित गर्दै चितवनमा सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला सुरक्षा समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना सम्मलाई आवश्यक परे परिचालन गर्ने गरी विशेष सुरक्षा योजना तयार गरेको जनाएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल का अनुसार महाधिवेशनमा सहभागी हुने हजारौं कार्यकर्ता, विशिष्ट अतिथि तथा शीर्ष नेताहरूको सुरक्षालाई ध्यानमा राखेर चारवटै सुरक्षा निकायको संयुक्त रणनीति बनाइएको हो। पहिलो घेरामा नेपाल प्रहरी रहनेछ भने आवश्यक अवस्था सिर्जना भएमा एपीएफ र नेपाली सेना समेत मैदानमा उत्रन सक्ने सुरक्षा समितिको तयारी छ।

सुरक्षा निकायका अनुसार महाधिवेशनमा रास्वपाले अनुमान गरेभन्दा बढी, १५ हजारभन्दा धेरै सहभागी उपस्थित हुन सक्ने आँकलन गरिएको छ। त्यसैले सुरक्षा व्यवस्थापनसँगै ट्राफिक व्यवस्थापनलाई पनि सबैभन्दा ठूलो चुनौतीका रूपमा हेरिएको छ।

विशेष गरी नारायणी पुल क्षेत्रलाई संवेदनशील क्षेत्र घोषणा गर्दै सुरक्षा निगरानी बढाइएको छ। सम्भावित भीड व्यवस्थापनका लागि विभिन्न स्थानमा सवारी साधन डाइभर्ट गर्ने योजना समेत बनाइएको छ।

महाधिवेशनका लागि कानूनमन्त्री सोविता गौतम, शिक्षामन्त्री सस्मित पोखरेल र कृषिमन्त्री गीता चौधरी चितवन पुगिसकेका छन्। अन्य मन्त्रीहरू पनि चितवन आउने क्रममा रहेको बताइएको छ।

यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहको सहभागितालाई लिएर पनि चासो बढेको छ। सुरक्षा निकायले प्रधानमन्त्री आइतबार चितवन आउने जानकारी पाए पनि उनको आगमन समय र बसाइको अन्तिम विवरण भने अझै सार्वजनिक भएको छैन।

रास्वपाको शक्ति प्रदर्शनका रूपमा हेरिएको महाधिवेशनअघि चितवन उच्च सुरक्षा निगरानीमा पुगेको छ भने हजारौं समर्थकको उपस्थितिले राजनीतिक माहोल तातिएको छ। See less

नेपाल-भारत सीमामा अचम्मको दृश्य  भारतको किशनगञ्जमा आक्रोशको ज्वालामुखी नेपाली सरकारको तारिफ गर्दै ओर्लिए जनता "मोदी सरका...
20/06/2026

नेपाल-भारत सीमामा अचम्मको दृश्य भारतको किशनगञ्जमा आक्रोशको ज्वालामुखी नेपाली सरकारको तारिफ गर्दै ओर्लिए जनता "मोदी सरकारभन्दा त नेपाल सरकारकै हेरचाह राम्रो!"

भिषण आगलागी भएको गलगलिया बजार भारतको किशनगंज जिल्ला, बिहार राज्यमा पर्छ।
आगलागीका बेला स्थानीय भारतीय प्रशासनको दमकल समयमै नपुग्दा नेपालको झापास्थित भद्रपुर नगरपालिकाको दमकलले बोर्डर पार गरेर आगो नियन्त्रणमा लिएको थियो। आफ्नो पसल र करोडौँको सम्पत्ति जोगिएपछि त्यहाँका आक्रोशित र भावुक बनेका जनताले: नेपाल प्रति आभार प्रकट गर्दै भनेका थिए "आज नेपालको दमकल नआएको भए गलगलिया बजारका सबै पसलहरू जलेर खरानी हुने थिए"। उनिहरुले नेपाल सरकार र भद्रपुर नगरपालिकालाई विशेष धन्यवादपनि दिएका छन् ।

घटनास्थलमा खुसी हुँदै स्थानीयहरूले "जय नेपाल, जय नेपाल!" भन्दै नारा लगाएका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। साथै उनिहरुले बिपदको घडिमा सिमावर्ती जिल्लाका भारतिय बासिन्दालाइ भारत सरकारले भन्दा नेपाल सरकारले बढी हेर्दै आएको बताएका छन। आक्रोशित भिडले भारतको केन्द्र सरकारका विरुद्घ चोर्को राराबाजी पनि गरेको थियो । See less

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Janata Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share