I am RESPONSIBLE

I am RESPONSIBLE We share news & information to spark the spirit of "I am Responsible" driving Nepal’s growth and prosperity.

15/08/2026

एक कठोर जेल हिरासत र आन्दोलन सस्मरण: बिक्रम पाण्डे ती अभिमन्यु र यी अभिमन्यु || I am RESPONSIBLE || Raghunath Wagle

15/08/2026

ती अभिमन्यु र यी अभिमन्यु, त्यो चक्रव्यूह र यो चक्रव्यूह, त्यो कथा र यो कथा—बिक्रम पाण्डेका आन्दोलन, हिरासत, कारागार र जीवनअनुभव। || I am RESPNSIBLE |

नेपाली कांग्रेसका नेता एनपी साउदलले ‘पपुलर हौं, हाम्रो अनुहार बिक्छ’ भन्नेहरूको दाबी निर्वाचनको नतिजाले भ्रम रहेको पुष्ट...
14/08/2026

नेपाली कांग्रेसका नेता एनपी साउदलले ‘पपुलर हौं, हाम्रो अनुहार बिक्छ’ भन्नेहरूको दाबी निर्वाचनको नतिजाले भ्रम रहेको पुष्टि भएको टिप्पणी गरेका छन् । शुक्रबार कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘पपुलर हौं, हाम्रो फेस बिक्छ भन्ने कुरा हाम्रा युवाहरूको दाबी थियो भने पनि त्यो दाबी भ्रम देखियो,’ नेता साउदले भने, ‘त्यो एउटा भ्रम र मिथकभन्दा ज्यादा प्रभाव राख्ने रहेनछ भन्ने प्रमाण गएको निर्वाचन भएको छ ।’

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औं वार्षिक साधारणसभामा अध्यक्ष श्रेष्ठले निजी क्षेत्रसँग सुझाव ...
14/08/2026

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औं वार्षिक साधारणसभामा अध्यक्ष श्रेष्ठले निजी क्षेत्रसँग सुझाव माग्ने तर त्यसलाई प्रभावकारी रूपमा समेट्ने वातावरण नबन्ने प्रवृत्तिले नीति कार्यान्वयनमा समस्या आउने बताए ।

‘कुनै पनि नीति वा ऐन ल्याउनुअघि पर्याप्त छलफल र संवाद आवश्यक छ, हतारमा सुझाव माग्ने र त्यसपछि सुझाव समेटिएन भनेर निजी क्षेत्र निराश हुने अवस्था अन्त्य हुनुपर्छ,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले नयाँ नीति, ऐन तथा कानुन निर्माण गर्दा हतार गर्ने प्रवृत्ति अन्त्य गर...
14/08/2026

नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले नयाँ नीति, ऐन तथा कानुन निर्माण गर्दा हतार गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् ।

उनले नीति निर्माणअघि सम्बन्धित सरोकारवाला र निजी क्षेत्रसँग पर्याप्त छलफल तथा परामर्श गर्न सरकारसँग आग्रह गरे ।नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औं वार्षिक साधारणसभामा अध्यक्ष श्रेष्ठले निजी क्षेत्रसँग सुझाव माग्ने तर त्यसलाई प्रभावकारी रूपमा समेट्ने वातावरण नबन्ने प्रवृत्तिले नीति कार्यान्वयनमा समस्या आउने बताए ।

‘कुनै पनि नीति वा ऐन ल्याउनुअघि पर्याप्त छलफल र संवाद आवश्यक छ, हतारमा सुझाव माग्ने र त्यसपछि सुझाव समेटिएन भनेर निजी क्षेत्र निराश हुने अवस्था अन्त्य हुनुपर्छ,’ उनले भने ।

सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोग विरुद्ध परेका रिट निवेदनहरूलाई संवैधानिक इजलासबाट टुंगो लगाउने भएको छ ।सर्वोच्च अद...
14/08/2026

सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोग विरुद्ध परेका रिट निवेदनहरूलाई संवैधानिक इजलासबाट टुंगो लगाउने भएको छ ।

सर्वोच्च अदालत प्रशासनबाट निवेदनहरूलाई संवैधानिक इजलासमा पेश गर्नुपर्ने भनी तयार पारिएको टिप्पणीमाथि निर्णय गर्दै प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सबै निवेदनहरूलाई संवैधानिक इजलासमा पेश गर्न निर्देशन दिएका हुन् ।

नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता रमेश लेखकले पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वमा पुन: पार्टीलाई एकीकृत गर्नुपर...
14/08/2026

नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता रमेश लेखकले पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वमा पुन: पार्टीलाई एकीकृत गर्नुपर्ने बताएका छन् ।शुक्रबार इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।‘हामीले विशेष महाधिवेशनलाई रोक्न सकेनौं । विशेष महाधिवेशनका कारणले पार्टी विभाजनको अवस्थामा पुगेको छ,’ नेता लेखकले भने, ‘त्यसकारण शेरबहादुर देउवा दाईको नेतृत्वमा पार्टीलाई फेरि एकीकृत गर्नपर्छ भन्ने म आग्रह गर्न चाहन्छु ।’

पूर्वसभापति देउवाले वैधानिक रुपमा नै सभापतिको निर्वाचनमा प्रतिस्पर्धा गर्ने अवस्था नरहेको उल्लेख गर्दै जबरजस्ती पार्टीमा विशेष महाधिवेशन गरिएको उनको जिकिर थियो ।

रेखा थापा निर्देशित आगामी फिल्म ‘माया भनेकै यस्तो होला’ को मर्मस्पर्शी र प्रेमिल टिजर युट्युबमा सार्वजनिक भएको छ । टिजरल...
14/08/2026

रेखा थापा निर्देशित आगामी फिल्म ‘माया भनेकै यस्तो होला’ को मर्मस्पर्शी र प्रेमिल टिजर युट्युबमा सार्वजनिक भएको छ । टिजरले कथावस्तु र चरित्र चित्रणबारे संक्षिप्त प्रकाश पार्छ ।

एक पुरुष पात्रको तीनजना महिला पात्रसँगको प्रेम, उनीहरूसँग विवाह, सम्बन्धको जटिलता, अपेक्षा र द्वन्द्वको कथालाई निर्देशक थापाले दृश्यभाषामा प्रस्तुत गरेकी छन् ।माया र विवाहको बुझाइ, अर्थ र महत्वलाई पात्रको दृष्टिकोणबाट दर्शाइएको छ । तपाईंलाई रोमान्टिक, फेमिली ड्रामाहरूमा रुचि छ भने यो फिल्म दर्शनीय हुनसक्छ ।

यो फिल्म हिन्दू महिलाको पर्व तीजको छेकोमा २६ भदौदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ । टिजर हेर्दा, फिल्मले तीजको भाइब्स र संवेदनालाई आत्मसात गर्ने पक्का छ ।

गीतकार चुडा निर्भिकको शब्दमा तयार भएको देशप्रेमले ओतप्रोत गीत ‘नेपाल मेरो प्राण हो’ युट्युबमा सार्वजनिक भएको छ । ओएसआर य...
14/08/2026

गीतकार चुडा निर्भिकको शब्दमा तयार भएको देशप्रेमले ओतप्रोत गीत ‘नेपाल मेरो प्राण हो’ युट्युबमा सार्वजनिक भएको छ । ओएसआर युट्युब च्यानलबाट सार्वजनिक गीतमा रिमेश अधिकारीको संगीत छ ।

प्रताप दासको स्वर रहेको गीत कर्णप्रिय र मिठास महसुस हुन्छ । पछिल्लो समय देशप्रेमी गीत निर्माण हुने क्रम घटिरहँदा यो गीतले त्यो अभाव पूरा गर्छ । साथै, श्रोता तथा दर्शकमा देशप्रेमको भाव पैदा गर्छ ।

नेपाली कांग्रेस इतर समूहका नेता मोहनबहादुर बस्नेतले कांग्रेस सभापति गगन कुमार थापालाई आफूले बोलेको कुरा पूरा गर्न चुनौती...
14/08/2026

नेपाली कांग्रेस इतर समूहका नेता मोहनबहादुर बस्नेतले कांग्रेस सभापति गगन कुमार थापालाई आफूले बोलेको कुरा पूरा गर्न चुनौती दिएका छन् ।

शुक्रबार इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले सभापति थापाले यसअघि नै ५५ वर्षपछि राजनीति छाड्छु भनेको विषय स्मरण गराउँदै यस्तो चुनौती दिएका हुन्।‘युवा युवा भनेर उहाँले भन्नुहुन्छ । उहाँ ५२ वर्ष नाघिसक्नुभएको छ, हाम्रो गगन थापाजी बोलिरहनुहुन्छ । उहाँले ५५ वर्ष पुगेपछि राजनीति छाड्छु भन्नुभएको छ,’ बस्नेतले भने, ‘यदी सबैलाई स्मरण छ भने उहाँ ५२ वर्ष भइसक्नुभयो । यदी नियमित चुनाव भयो भने अबको आउने चुनावमा उहाँ ५५ वर्ष कटिसक्नुहुनेछ । कमसेकम तपाईंले बोलेको कुरा पूरा गर्नुहुन्छ भने, युवाहरूलाई मौका दिने हो भने केही वर्ष अघिसम्म हाम्रो औसत आयु ४९ वर्ष थियो । अहिले मात्रै ७० नाघेको छ । तपाईं ५५ वर्ष पुग्दै हुनुहुन्छ । तपाईं सार्वजनिक रुपमा कांग्रेस कसले डोर्‍याउन सक्छ, तपाईं जिम्मा लाउनुस् ।’

Address

Tilganga
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when I am RESPONSIBLE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share