26/05/2026
ए पाटीका झोलेहरू र हर्केका सेना हो, अब त कुरा प्रष्ट बुझ्यौ होला नि हैन — ब्रान्ड भनेको आखिर ब्रान्ड नै हुन्छ भन्ने कुरा ! त्यसैले बालेनलाई हल्का रूपमा लिएर टचर दिने काम नगर । बालेन एउटा सामान्य व्यक्ति वा नाम मात्र होइनन्, अहिलेको समयमा एउटा बलियो Brand बनिसकेका छन् ।
अस्ति बालेनले दुग्ध विकास संस्थान (DDC) को एउटा डेरी प्रोडक्ट खाएको फोटो मात्रै पोस्ट गरेका थिए । त्यसको केही समयमै DDC का सामानहरू बजारमा खोजी खोजी किन्ने अवस्था आयो, कतिपय ठाउँमा त स्टक नै सकिन थालेको चर्चा चल्यो । वर्षौँदेखि किसानहरूको रकम समयमै भुक्तानी गर्न नसकेको DDC अहिले भने दैनिक करोडौँ रुपैयाँ किसानलाई तिर्ने अवस्थामा पुगेको खबर आउन थालेको छ । पहिले करिब ५८ करोड रुपैयाँ बाँकी भनिएको रकम अहिले घटेर करिब ४६ करोडमा झरेको चर्चा भइरहेको छ ।
यसले के देखाउँछ भने — जनताले विश्वास गरेको व्यक्तिको प्रभाव कति ठूलो हुँदो रहेछ भन्ने कुरा । आजको समयमा विज्ञापनभन्दा पनि जनविश्वास ठूलो कुरा हो । कसैले करोडौँ खर्च गरेर गर्न नसकेको प्रचार कहिलेकाहीँ एउटा पोस्टले गरिदिन्छ । यही कारणले “ब्रान्ड” भन्ने कुरा सामान्य हुँदैन ।
त्यसैले एमाले, कांग्रेस, माओवादी वा हर्केका सेनाहरूले अनावश्यक रिस, ईर्ष्या र तुच्छ टिप्पणी गरेर मात्रै केही हुँदैन । जनताले कसलाई विश्वास गर्छन् भन्ने कुरा मैदानमै देखिइरहेको छ । समर्थन अन्धभक्ति होइन, काम र प्रभाव हेरेर आउने कुरा हो । चेतना भया । जय देश 🇳🇵