EduDepth

EduDepth शैक्षिक जगतको सम्पुर्ण अपडेटको लागि हामीसँग जोडिनुहोस ll

21/11/2025

#सञ्चार सम्बन्धि जानकारी
=================
#. गिद्देप्रेसको स्थापना बि. सं. -> १९०८
#. सुधासागरको प्रकाशन -> बि. सं १९५५
#. आवाज पत्रिकाको प्रकाशन -> बि. सं २००७ फागुन, ८
#. रेडियोनेपालको स्थापना बि. सं २००७ चैत्र, २०
#. रेडियो नेपालबाट हाल प्रसारित भाषा -> २० भाषा
#. FM रेडियोको सुरूवात -> बि. सं २०५२
#. नेपाल दुरसंचार संस्थानको स्थापना -> बि. सं २०३२
#. नेपाल टेलिभिजनको स्थापना -> बि. सं २०४१ माघ, १७
#. कान्तिपुर दैनिकको सुरू -> बि. सं २०४९ फागुन, ७
#. कान्तिपुर FM को प्रसारण सुरू -> बि. सं २०५५
#. ADSL फोन सेवा सुरू -> बि. सं २०५६
#. सेलुलर मोबाइल सेवा सुरू -> बि. सं २०५६
#. प्रिपेड मोबाइल सेवा सुरू -> बि. सं २०६० भाद्र, ६
#. इन्टरनेटको सुरुवात -> सन १९९३
#. BBC नेपाली सञ्चालन -> सन १९६७ जुन, ७
#. विश्वमा समाचारपत्रको सुरू -> चिन
#. Telecome ले मोबाइल सेवा सुरू -> बि. सं २०५६ बैशाख
#. भारतमा मोबाइल सेवा सुरू -> सन १९५५ (कलकत्ता)
#. भित्तेपात्रोको प्रचलन -> ईजिप्ट
#. विश्वमा सबैभन्दा बढी टेलिफोन प्रयोग -> स्वीडेन
#. विश्वमा पहिलो देवनागरी कम्प्युटर बनाउने -> मूनिबहादुर शाक्य
#. नेपालमा पहिलो ईमेल प्रयोगकर्ता -> भरतदत्त कोईराला
#. OMR -> Optical Mark Reader
#. १ विद्यार्थी १ ल्यापटप कार्यक्रम -> मुस्ताङ
#. डिजास्टर रिकभरी सेन्टर -> हेटौंडा, मकवानपुर
#. IT Park रहेको स्थान -> बनेपा, काभ्रे

१. गोरखापत्र सम्बन्धि जानकारी
=====================
#. गोरखापत्र स्थापना -> बि. सं १९५८ वैशाख, २४
#. साताको २ पटक प्रकाशित -> बि. सं २००० असोज, १८
#. साताको ३ पटक प्रकाशित -> बि. सं २००३ पौष, ८
#. दैनिक प्रकासन -> बि. सं २०१७ फागुन, ७
#. रंगिन प्रकाशन -> बि. सं २०५९ असार, १०
#. बहुभाषामा प्रकाशित -> बि. सं २०६४ असोज, १

२. हुलाक सम्बन्धि जानकारी
===================
#. हुलाक टिकटका जन्मदाता -> सर रोल्याण्ड हिल
#. विश्वमा पहिलो हुलाक टिकट -> पेन्नी ब्ल्याक
#. चिठीमा टिकट टास्ने चलनको सुरुवात -> बेलायत
#. हुलाक टिकटको संकलन -> फिलाटेली
#. विश्व हुलाक दिवश -> Oct, 9
#. नेपालमा हुलाक टिकट सुरूवात -> बि. सं १९३८
#. हुलाक स्थापना -> बि. सं १९३५
#. नेपालको हुलाक संग्रहालय -> राष्ट्रिय संग्रालय
#. नेपालको हुलाक संग्रहालय स्थापना -> बि. सं २०६१

==========शेयर गर्नूहोला=========

10/10/2025

सरकारले प्राथमिक तहमा बढी भएको २० हजार शिक्षक दरबन्दी निम्न माध्यमिक र माध्यमिक तहमा रूपान्तरण गर्ने तयारी सुरु गरेको छ।

27/09/2025

Big shout out to my newest top fans! Chakra Lamichhane, Birendra Dhami

24/09/2025

सांसद्, स्थानीय तह र पदाधिकारीका स्वकीय
सुविधा खारेज,
विशिष्ट पदाधिकारीबाहेकले सल्लाहकार राख्न नपाउने

प्रत्येक सामुदायिक विद्यालयमा १ कम्प्युटर शिक्षक दरबन्दी अनिवार्य ।
23/09/2025

प्रत्येक सामुदायिक विद्यालयमा १ कम्प्युटर शिक्षक दरबन्दी अनिवार्य ।

काठमाडौं: नवनियुक्त शिक्षा मन्त्री महावीर पुनले पदभार ग्रहण गरेको भोलिपल्ट (मङलवार) शिक्षाको गुणस्तर सुधारतर्फ ....

comment गर्नुहोस् ।।
17/09/2025

comment गर्नुहोस् ।।

14/09/2025

सुमना श्रेष्ठको
रास्वपाबाट राजिनामा

14/09/2025

Gen Z आन्दोलनको मौकाछोपी चोरिमा संलग्न हुँदै ।।

कार्यालय प्रवेशमा रोक ।
13/09/2025

कार्यालय प्रवेशमा रोक ।

नेकपा (एमाले)निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनिनय (अनेरास्ववियु)को अध्यक्ष पदबाट राजीनामा दिएका डा. सुजन .....

एक ऐतिहासिक क्षण, शीतल निवास२०८२ भदौ २७   #रासस
13/09/2025

एक ऐतिहासिक क्षण, शीतल निवास
२०८२ भदौ २७

#रासस

अन्तरिम सरकारको प्रमुखमा पुर्व प्रधानन्यायाधीश शुसिला कार्की नियुक्त हुनुभएको छ । बधाई छ।
12/09/2025

अन्तरिम सरकारको प्रमुखमा पुर्व प्रधानन्यायाधीश शुसिला कार्की नियुक्त हुनुभएको छ ।
बधाई छ।

12/09/2025

थाहा पाउनुहोस सिंहदरबारको इतिहास -१५ बुदामा

१. आजभन्दा ११७ वर्ष अघि अर्थात् सन् १९०८ (वि.सं. १९६५) मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले सिंहदरबारको निर्माण सुरु गरेका थिए ।

२. करिब एक वर्ष भित्रमा नै निर्माण सम्पन्न भएको बताइने यो दरबार सुरुमा चन्द्र शमशेरले आफ्नो निजी घरका रूपमा बनाएका थिए । २९ वर्षे शासनकालमा उनी २८ वर्षसम्म यहीँ बसेका थिए ।

३. वि.सं.१९८२ वैशाख १ मा प्रधानमन्त्री चन्द्र शमशेरले यही दरबारबाट दासप्रथा उन्मूलनका लागि ऐतिहासिक घोषणा गरेका थिए ।

४. युरोपेली शैलीमा बनाइएको यस दरबारको प्रवेशद्वारमा रहेका सिंहका दुई मूर्तिहरू छन् । यसै कारण यसको नाम सिंहदरबार रहन गएको हो ।

५. सिंहदरबारको डिजाइन कुमार नरसिंह राणा र किशोर नरसिंह राणाले गरेका थिए । यसको वास्तुकलालाई आजको दिनसम्म पनि निकै रोचक मान्ने गरिन्छ ।

६. डिजाइनहरूले सिहंदरबारको डिजाइन गर्न पल्लादियन, कोरिन्थियन, नियोक्लासिकल मेन्सन र बारोक जस्ता यूरोपेली वास्तुकलाका विभिन्न शैलीहरूबाट ‘रिफ्रेन्स’ लिएका थिए।

७. दरबारको निर्माण पूरा भएपछि चन्द्र शमशेरले यो भवन प्रधानमन्त्रीको सरकारी आवासको रूपमा २ करोड नेपाली रुपैयाँमा नेपाल सरकारलाई बेचेका थिए ।

८. वि.सं.१९८६ मङ्सिरमा उनको मृत्युपछि पद्म शमशेर बाहेक (जो आफ्नै ठूलो दरबारमा बस्थे) अन्य राणा प्रधानमन्त्रीहरूको सरकारी आवासको रूपमा यसलाई प्रयोग गरिएको थियो ।

९. सिंहदरबारमा बस्ने अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर थिए । २००७ सालमा राणा शासनको अन्त्य भएपछि पनि उनी यहीँ बस्थे । २००९ सालमा उनलाई दरबार छोड्न आदेश दिइएपछि यसलाई राष्ट्रिय सम्पत्ति बनाइएको थियो ।

१०. २०३० सालमा आगलागी हुनुअघि सिंहदरबारमा ८ वटा चोक र १७०० कोठाहरू थिए, जसमा सिङ्गमरमरको भुइँ, चित्र कोरिएका छत, चाँदीका फर्निचर र क्रिस्टलका बत्तीहरू थिए ।

११. दरबारको सबैभन्दा ठूलो र भव्य रूपमा सजाइएको कोठाको नाम ‘द स्टेट हल’ राखिएको थियो । त्यो हलमा विदेशी आयातित कलाका सामग्रीहरूले सजाइएको थियो । जसमा काँचका क्रिस्टलको झूमर, बेल्जियमका ऐना, इङ्गल्यान्डका रंगीन काँचका ढोका र इटालियन सिङ्गमरमर जस्ता सामग्री थिए ।

१२. निर्माणको अलि पछि जुद्ध शमशेरले विदेशी पाहुनाहरूसँग भेटघाट गर्नका लागि ग्यालरी बैठक बनाएका थिए । त्यो समयमा मित्र राष्ट्रका राजदूतहरूले हनुमान ढोकामा आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्ने गर्थे । पछि त्यही ग्यालरी बैठकलाई संसद भवनको रूपमा प्रयोग गरिएको थियो ।

१३. २५ असार २०३० मा सिंहदरबारमा ‘विद्युत् सर्ट’ भएर आगलागी भयो । त्यस घटनाका कारण मानवीय क्षति भएन । तर परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण कागजपत्र र दस्तावेजहरू जलेर नष्ट भएको थियो । अनि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधी बिष्टले ‘आफ्नो जिम्मामा रहेको सरकारी सम्पत्तिमा क्षति भएको’ भनेर राजीनामा दिएका थिए ।

१४. आगलागीपछि सिंहदरबारको बाँकी रहेका भागहरूको पुनर्निर्माण र ध्वस्त भएका भागहरूको पुनःनिर्माण गरिएको थियो । त्यसबेला पहिलेका मूल वास्तुकलालाई सकेसम्म बिउताने प्रयास गरिएको थियो । तर, केही मौलिक संरचना र सजावटहरू भने गुमेका थिए ।

१५. राणा शासन विरुद्ध लडेका दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाललाई मृत्युदण्ड दिने फैसला जुद्ध शमशेरले यसै दरबारबाट सुनाएका थिए । त्यसका लागि त्यहाँ विशेष अदालत गठन गरी उनीहरूको मृत्युदण्डको फैसला गरिएको थियो ।

Address

Kathmandu

3637

Telephone

+9779841053637

Website

Alerts

Be the first to know and let us send you an email when EduDepth posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to EduDepth:

  • Want your business to be the top-listed Media Company?

Share