Khabarbani

Khabarbani Welcome to the Official page of khabarbani

30/08/2026

रसुवा बाढी घ*टना सम्झिँदा अशोकलाई बनायो गाह्रो भए भावुक !

30/08/2026

नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनाको सुरङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूद्वारा ब्लास्टिङ गर्नेसम्मका प्रयास अघि बढाइएको छ।
​प्राप्त पछिल्लो जानकारी अनुसार उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका साथ सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी कूल ९० जनाको संयुक्त टोली खटिएको छ।
​यसअघि टोलीले दिउँसो २:०० बजे सुरङको मुख्य भाग ('क्राउन हेड') मा पुगेर २×३ फिटको प्वाल बनाएको थियो। डोरीको सहायताले (र्‍यापेल गरेर) टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि उद्धारलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी राखिएको छ।
​उद्धार टोली कठिन र जोखिमपूर्ण परिस्थितिका बाबजुद अहोरात्र खटिरहेको छ।

रसुवाको बाढीपहिरो बारे एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्थलगत अनुगमन पश्चात प्रतिब...
30/08/2026

रसुवाको बाढीपहिरो बारे एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्थलगत अनुगमन पश्चात प्रतिबेदन बुझाउनु भएको छ ।

30/08/2026

वडाध्यक्षलाई आशिका तामाङले ३ दिनसम्म किन राहत नबाँडेको भनेपछि….

भोटेकोशी नदीमा आएको बाढीले ध्वस्त बनाएको बेत्रावती बजार पुगेको उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको टोली । उनीह...
30/08/2026

भोटेकोशी नदीमा आएको बाढीले ध्वस्त बनाएको बेत्रावती बजार पुगेको उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको टोली । उनीहरुको टोली धुन्चे पुगेको छ ।

गाजाबाट विपिन जोशीको शव आफ्नै घरको आँगनसम्म ल्याउन सकिन्छ, तर आफ्नै देशका सयौँ नेपालीको शव पहिचान गरेर परिवारलाई जिम्मा ...
30/08/2026

गाजाबाट विपिन जोशीको शव आफ्नै घरको आँगनसम्म ल्याउन सकिन्छ, तर आफ्नै देशका सयौँ नेपालीको शव पहिचान गरेर परिवारलाई जिम्मा लगाउन सकिँदैन?

चितवनमा संकलित २३३ शवमध्ये २२९ शव पहिचान हुन नसकी जमिनमुनि व्यवस्थापन गर्नुपर्ने अवस्था अत्यन्तै पीडादायी छ।

सरकार यति निरीह र संवेदनहीन किन?

नेपाली नागरिकलाई बर्ड फ्लु लागेका कुखुराजस्तो व्यवहार गर्नु दुर्भाग्यपूर्ण छ। हरेक शवको पहिचान र सम्मानपूर्वक परिवारलाई जिम्मा लगाउनु राज्यको न्यूनतम दायित्व हो।

प्रधानमन्त्री राहत कोषको अर्बौं रकममध्ये केही हिस्सा शव पहिचान र पीडित परिवारको आँसु पुछ्न खर्च गर्न सकिँदैनथ्यो?

रसुवाको भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि चीनले वायुसेनाका दुईवटा वाई–२० कार्गो विमानमार्फत १३ हजार २०० थान अत्या...
30/08/2026

रसुवाको भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि चीनले वायुसेनाका दुईवटा वाई–२० कार्गो विमानमार्फत १३ हजार २०० थान अत्यावश्यक राहत सामग्री काठमाडौं पठाएको छ। छङ्तुबाट अर्को राहत विमान पनि आउँदैछ। यसअघि चीनले जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारका लागि उच्च दक्ष प्राविधिक टोली समेत नेपाल पठाइसकेको छ।

30/08/2026

प्रतिकूल मौसम र रातको अँध्यारोका बिच पनि बाढीका कारण माथिल्लो त्रिशुली ३ 'ए' जलविद्युत आयोजनामा फसेका मानिसहरूको उद्धारको कोसिस भइरहेको छ।
अविरल वर्षा र अप्ठ्यारो परिस्थितिबिच प्रभावित क्षेत्रमा नेपाली सेनासहितको उद्धार टोली रातभर खटिएर खोज तथा उद्धारको अथक प्रयास गरिरहेका छन्।
​रातको अँध्यारो र प्रतिकूल मौसमका कारण सिर्जित जोखिमलाई पन्छाउन उच्च क्षमताका फ्लडलाइटहरू जडान गरी कार्यस्थलमा काम जारी राखिएको छ।
​घटनास्थलमा थुप्रिएको पहिरो र माटो पन्छाउनका लागि जेसीबीलगायतका भारी एक्स्क्याभेटरहरू निरन्तर प्रयोग गरिएका छन्, जसबाट बाटो खोल्ने र पुरिएका सम्भावित स्थानहरूसम्म पुग्ने कोसिस भइरहेको छ।
​उद्धार टोलीले अत्याधुनिक 'सर्च क्यामेरा' तथा विशेष मोनिटर प्रयोग गरी सूक्ष्मरुपमा खोज्ने प्रयास गरिरहेका छन्।
प्राविधिक टोलीहरू आपत्कालीन उपकरण तथा प्राथमिक उपचार बाकससहित स्थलगत समन्वयमा जुटेका छन्।

बाढीका कारण रसुवास्थित त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि निरन्तर प्रयास भइरहेक...
29/08/2026

बाढीका कारण रसुवास्थित त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि निरन्तर प्रयास भइरहेको छ।

सुरुङको प्रवेशद्वारमा थुप्रिएको बाढी, लेदो र भग्नावशेष पन्छाएर भित्र प्रवेश गर्नका लागि उद्धार टोलीले खन्ने र बाटो बनाउने कामलाई तीव्र रूपमा जारी राखेको छ।

एक्साभेटर लगायतका विभिन्न उपकरण तथा औजारहरूको प्रयोग गरी निरन्तर लेदो र भग्नावशेष पन्छाउने काम भइरहेको छ।
​नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली उच्च प्राथमिकताका साथ खोजी तथा उद्धारमा जुटिरहेको छ। प्रतिकूल मौसम र भौगोलिक चुनौतीका बाबजुद संयुक्त टोलीले सुरुङको मुख खोलेर उद्धार कार्यलाई अघि बढाउन निरन्तर प्रयास गरिरहेको छ।

​सुरुङको प्रवेशद्वार नै पुरिएकाले लेदो हटाउने काम पूरा हुनासाथ टोली भित्र प्रवेश गर्नेछ।

29/08/2026

विभिन्न ठाउँका CCTV क्यामेरामा कैद भएका यी दृश्यहरू

Address

Kathmandu
Kathmandu
44600

Opening Hours

Monday 09:30 - 20:00
Tuesday 09:30 - 20:00
Wednesday 09:30 - 20:00
Thursday 09:30 - 20:00
Friday 09:30 - 20:00
Saturday 09:30 - 20:00
Sunday 09:30 - 20:00

Telephone

+97716223274

Alerts

Be the first to know and let us send you an email when Khabarbani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share