Bodhi Sanchar

Bodhi Sanchar The sound of change.

नेपालको जेनजी आन्दोलनमा शहीद भएका सुशासन योद्धाहरु प्रति समर्पित 'अधुरा सपना जेनजी आन्दोलन विद्रोह र सुशासन ४५ बलिदानीका...
10/06/2026

नेपालको जेनजी आन्दोलनमा शहीद भएका सुशासन योद्धाहरु प्रति समर्पित 'अधुरा सपना जेनजी आन्दोलन विद्रोह र सुशासन ४५ बलिदानीका कथा पुस्तक बिमोचन कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं।
पुस्तक बिमोचन मिति समय र स्थान
मिति - २०८३ जेठ २८ गते।
समय : दिउँसो ३:३० बजे।
स्थान - नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी , सिद्धिचरण सभाकक्ष गोलो घर (दोस्रो तलो)

प्रार्थी
दोर्जे शेर्पा
संयोजक
युनाइटेड नेप्लिज एसोसियसन नेपाल च्याप्टर
असमर्थताको लागि - रतन चन्द - ९८६३४६०२५६।

गणतन्त्र दिवसको शुभकामना
29/05/2026

गणतन्त्र दिवसको शुभकामना

एभरेष्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा बुधबार काठमाडौँमा आयोजित भव्...
28/05/2026

एभरेष्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा बुधबार काठमाडौँमा आयोजित भव्य
कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथाको ३२औँ पटक आरोहण गरेर आफ्नै पुरानो कीर्तिमान तोड्दै नयाँ विश्व कीर्तिमान राख्ने कामीरिता शेर्पालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो । सो सम्मान मन्त्रि खडक राज पौडेलबाट ग्रहण गर्दै ।

खेल जितेलगत्तै हलमा उपस्थित नेपाली दर्शकहरूको उर्जावान् उपस्थिति र संसारभरबाट मिलेको मायाप्रति कृतज्ञता प्रकट गर्दै रबिन...
28/05/2026

खेल जितेलगत्तै हलमा उपस्थित नेपाली दर्शकहरूको उर्जावान् उपस्थिति र संसारभरबाट मिलेको मायाप्रति कृतज्ञता प्रकट गर्दै रबिन्द्रले भने: "यतिको नेपाली आइदिनु भयो, धेरै-धेरै धन्यवाद! सधैं यसरी नै माया गर्दिनुहोला। मलाई यो अवसर दिने UFC टिमलाई पनि धन्यवाद। जय नेपाल, जय हनुमान!"
नेपालको तर्फबाट एउटा ठुलो सपना बोकेर रिङमा उत्रिएका रबिन्द्रलाई यो ऐतिहासिक सफलताका लागि हार्दिक बधाई तथा आगामी सुखद यात्राको हार्दिक शुभकामना!

बाँकेमा मेरो प्रेमिलाई बोलाईदेउ भन्दै युवती च ढिन मोबाईल टावरमा 😯बाँकेको डुडुवा गाउँपालिका–२ स्थित जाफरपुरवामा एक किशोरी...
27/05/2026

बाँकेमा मेरो प्रेमिलाई बोलाईदेउ भन्दै युवती च ढिन मोबाईल टावरमा 😯
बाँकेको डुडुवा गाउँपालिका–२ स्थित जाफरपुरवामा एक किशोरी मो बाइल टावरमा च ढेकी छन् । आफ्नो प्रेमीलाई बोलाएपछि मात्रै तल झर्ने अडान लिएपछि स्थानीयवासी, अभिभावक र प्रहरीले उनलाई सुरक्षित रूपमा तल झार्ने प्रयास गरिरहेका छन् । घट नास्थलमा त नावपूर्ण अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ।

पलेशालाई कांस्यनेपालकी पलेशा गोबर्धनले ११ औं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सोमबार कांस्य पदक जितेकी  छन् ।मंगोलि...
25/05/2026

पलेशालाई कांस्य
नेपालकी पलेशा गोबर्धनले ११ औं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सोमबार कांस्य पदक जितेकी छन् ।
मंगोलियाको उलानबटारमा भएको प्रतियोगिताको के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले कांस्य जितेकी हुन् । पहिलो चरणमा बाइ पाउदै पलेशा सोझै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् । सेमिफाइनलमा पलेशा इरानकी जहरा रहिमीसंग पराजित भएपछि कांस्यमा सीमित भएको टोली प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।
के–४४ क्याटगोरीअन्तर्गत पुरुष ६३ केजीमुनि अमिर ब्लोन र महिला ४७ केजीमुनि रेणु तामाङ पहिलो चरणमै पराजित भए । दुवै इरानी खेलाडीसंग चुके ।
अब अमिर र रेणु उलानबटारमै मंगलबारदेखि हुने आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट प्रतियोगितामा सहभागी हुने छन् । विजेता र उपविजेता एसियाली पारा तेक्वान्दोका लागि छनोट हुने छन् ।
पलेशा भने छनोट प्रतियोगतामा सहभागी हुने छैनन् । पलेशा विश्व ¥याङकिङका आधारमा एसियाली पारा तेक्वान्दोका लागि छानेट भइसकेकी छन् ।

काठमाडौं, नेपालमा आयोजित Nepal Britain Chamber of Commerce & Industry को उच्चस्तरीय अन्तरक्रिया कार्यक्रममा संयुक्त अधिर...
24/05/2026

काठमाडौं, नेपालमा आयोजित Nepal Britain Chamber of Commerce & Industry को उच्चस्तरीय अन्तरक्रिया कार्यक्रममा संयुक्त अधिराज्य बेलायतकी इन्डो–प्यासिफिक तथा समानता मन्त्री Seema Malhotra को विशेष सहभागिता।“नेपालका लागि बेलायत : समग्र शैक्षिक साझेदार” विषयमा शिक्षा, सहकार्य र अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण छलफल साथमा नेपालका लागि बेलायतका राजदूत। तस्बिर: प्रदिपराज वन्त, रासस

रामेछाप,जेठ ४। रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–२, लुबु सिद्धेश्वर माध्यमिक विद्यालयमा युएनए लाइब्रेरी स्थापना गरिएक...
18/05/2026

रामेछाप,जेठ ४। रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–२, लुबु सिद्धेश्वर माध्यमिक विद्यालयमा युएनए लाइब्रेरी स्थापना गरिएको छ ।

सोमबार युएनए टिम लाइब्रेरी का अध्यक्ष बिकु लामा ले औपचारिक रूपमा विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरिएको छ। अमेरिका स्थित युनाइटेड नेपालीज एसोसिएसन (UNA) – यूएसएको आर्थिक सहयोगमा स्थापना गरिएको उक्त पुस्तकालयमा ३ हजारभन्दा बढी पुस्तकहरू संग्रहित रहेका छन्।

प्रिन्स र रशिला बने राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनकाठमाडौं — एपीएफका प्रिन्स दाहाल र नेपाल आर्मीकी रशिला महर्जनले ४२ औ...
17/05/2026

प्रिन्स र रशिला बने राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन

काठमाडौं — एपीएफका प्रिन्स दाहाल र नेपाल आर्मीकी रशिला महर्जनले ४२ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सिंगल्स उपाधि जित्दै राष्ट्रिय च्याम्पियन बनेका छन्।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको पुरुष सिंगल्स फाइनलमा प्रिन्सले विधान अधिकारीलाई सोझो सेटमा पराजित गर्दै दोस्रोपटक उपाधि हात पारे। यस्तै, महिला सिंगल्समा रशिलाले नङ्शल तामाङलाई हराउँदै तेस्रोपटक च्याम्पियन बनिन्।

डबल्सतर्फ पनि प्रिन्स र रशिलाले स्वर्ण जिते। पुरुष डबल्समा प्रिन्स–देवराज र महिला डबल्समा रशिला–अमिताको जोडी विजेता बन्यो भने मिक्स डबल्समा विधान–अमिताको जोडीले उपाधि जित्यो।

समग्रमा आर्मीले ३ स्वर्णसहित टिम च्याम्पियन बन्दै १ लाख नगद पुरस्कार जित्यो भने एपीएफले २ स्वर्णमा सीमित रह्यो।

चार दिनसम्म चलेको प्रतियोगितामा १० टोलीका ११५ खेलाडी सहभागी भएका थिए।

प्रधानमन्त्री बालेन को चीज मोह ।  Say CheeseDDC ko Cheese. नेपाल मै बनेको ।
16/05/2026

प्रधानमन्त्री बालेन को चीज मोह ।
Say Cheese
DDC ko Cheese. नेपाल मै बनेको ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Bodhi Sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share