Palikanews

Palikanews https://linktr.ee/palikanews
Nepal's First Local Government Online News Portal. Help and support us in archiving local news and events.

14/09/2025

नेपालको Gen Z | आन्दोलन को हुन् Gen Z? | र यसका पछाडि कस्तो हात थियो? |Nepal Gen Z Protests




काठमाडौं — विवाह र नागरिकता प्राप्तिका लागि उमेरमा एकरुपता कायम गर्दै कानुनमा १८ वर्ष राख्न माग राखेर सर्वोच्च अदालतमा र...
23/08/2025

काठमाडौं — विवाह र नागरिकता प्राप्तिका लागि उमेरमा एकरुपता कायम गर्दै कानुनमा १८ वर्ष राख्न माग राखेर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु श्यामनारायण श्रेष्ठ, देवबहादुर बोहरा, विमल ज्ञवाली, राजेन्द्र महर्जन र चन्द्रप्रसाद घिमिरेले शुक्रबार रिट दर्ता गरेका हुन्।

काठमाडौं — विवाह र नागरिकता प्राप्तिका लागि उमेरमा एकरुपता कायम गर्दै कानुनमा १८ वर्ष राख्न माग राखेर सर्वोच्च अ...

खुसीको खबर: क्यान (क्रिकेट संघ नेपाल) ले लगातार दोस्रो पटक ICC “ग्लोबल डिजिटल फ्यान इन्गेजमेन्ट” अवार्ड जितेको छ। ❤️🇳🇵
20/07/2025

खुसीको खबर: क्यान (क्रिकेट संघ नेपाल) ले लगातार दोस्रो पटक ICC “ग्लोबल डिजिटल फ्यान इन्गेजमेन्ट” अवार्ड जितेको छ। ❤️🇳🇵

काठमाडौँ —  काठमाडौँबाट दाङ जाँदै गरेको बस आज बिहान कपिलवस्तुमा दुर्घटनामा परेको छ। दुर्घटनामा २९ जना घाइते भएका प्रहरील...
13/07/2025

काठमाडौँ — काठमाडौँबाट दाङ जाँदै गरेको बस आज बिहान कपिलवस्तुमा दुर्घटनामा परेको छ। दुर्घटनामा २९ जना घाइते भएका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणि अधिकारीले दिएको जानकारी अनुसार लु.प्र ०२००१ ख ००४५ नम्बरको बस आइतबार बिहान ३ बजेर ५५ मिनेट जाँदा दुर्घटनामा परेको हो।

घाइतेमध्ये तीन जनको अवस्था गम्भीर रहेको डीएसपी अधिकारीले जानकारी दिए। उनीहरूसहित छ जना घाइतेलाई थप उपचारको लागि बुटवल लगिएको छ।

दुर्घटनाको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट गएको २५ जनाको प्रहरी टोलीले घाइतेको उद्धार गरेको हो।

सडककाे दायँतर्फ बस पल्टिएपछि बाटो पनि अवरुद्ध भएको छ। अहिले बस पल्टिएको ठाउँमा एकतर्फी मात्रै यातायात सञ्चालनमा छन्। बसलाई घटनास्थलबाट हटाउनको लागि गोरुसिंगेबाट क्रेन पठाइएको डीएसपी अधिकारीले बताए।

संजिवनी सामुदायिक अस्पताल चन्द्रौटा कपिलवस्तुमा अहिले २६ जनाको उपचार भइरहेको छ।

यी हुन् दुर्घटनाका घाइते

१. सल्यान बागचौर न.पा.१० बस्ने बर्ष ७७ कि देबी बुढाथोकी टाउको र शरिरको बिभिन्न भागमा चोट अवस्था सिरियस, ऐ.०५:१५ बजे बुटवल रिफर।
२. सल्यान सारदा न.पा.१२

काठमाडौँ — काठमाडौँबाट दाङ जाँदै गरेको बस आज बिहान कपिलवस्तुमा दुर्घटनामा परेको छ। दुर्घटनामा २९ जना घाइते भएका ...

काठमाडौँ — युएनएफपीए, संयुक्त राष्ट्रसंघको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि संस्था, तथा बुद्ध एयर प्रा.लिले लैङ्गिक हि...
12/06/2025

काठमाडौँ — युएनएफपीए, संयुक्त राष्ट्रसंघको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि संस्था, तथा बुद्ध एयर प्रा.लिले लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्धि र रणनीतिक साझेदारी मार्फत समुदायको सुदृढिकरणका लागि सहयोग सम्झौता गरेका छन् ।
लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यमा टेवा दिन हवाई क्षेत्रको एक अग्रणि संस्था (जसले दैनिक रूपमा हजारौँ यात्रुहरूलाई गन्तव्यमा सुरक्षित रूपमा पुर्याउँदछन् ) यस संस्था मार्फत लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य सम्बन्धी सूचना सामग्री, क्षमता तथा रोजगार सहयोगको क्षेत्रमाकाम गर्ने सम्झौतामा उल्लेख गरिएको छ।
ललितपुरमा जेठ २८, २०८२ मा गरिएको सम्झौतामा, युएनएफपीएको तर्फबाट नेपालको लागी प्रतिनिधि योन योङ हङ्ग र बुद्ध एयरका तर्फबाट कार्यकारी निर्देशक आस्था बस्नेत थापाले हस्ताक्षर गरेका छन् ।

यस साझेदारी मार्फत दुबै पक्षले आगामि दुई बर्ष सम्म पैरवि र क्षमता अभिबृद्दिका क्षेत्रमा सहकार्य गर्दै महिला तथा किशोरीलाई सूचना प्रदान गर्ने र हिंसा प्रभावितका लागि पुनर्स्थापनका निम्ति अवसरहरू प्रदान गर्दै सुरक्षित र समाबेशि वातावरण निर्माण गर्ने उद्देश्य राखिएको छ।
बुद्ध

काठमाडौँ — युएनएफपीए, संयुक्त राष्ट्रसंघको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि संस्था, तथा बुद्ध एयर प्रा.लिले लै...

काठमाडौँ — प्रतिनिधिसधाको बैठक आइतबर १ बजेसम्मका लागि स्थगित गरिएको छ।आज १ बजेका लागि बोलाइएको बैठक दलहरुबीच सहमति हुन न...
06/06/2025

काठमाडौँ — प्रतिनिधिसधाको बैठक आइतबर १ बजेसम्मका लागि स्थगित गरिएको छ।

आज १ बजेका लागि बोलाइएको बैठक दलहरुबीच सहमति हुन नसक्दा सूचना टाँस गरेर आइतबार १ बजेसम्मका लागि स्थागित गरिएको हो।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरुले बैठक अवरुद्ध गर्दै आएका छन्।

अब भने विपक्षी दलहरुले केही लचिलो बनेका छन्। सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्ने प्रतिबद्धता जनाए सदन चल्न दिने अवस्थामा पुगेका छन्।

काठमाडौँ — प्रतिनिधिसधाको बैठक आइतबर १ बजेसम्मका लागि स्थगित गरिएको छ।

काठमाडौँ —  नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्द...
05/06/2025

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गामा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

जग्गा अपचलनमा नेपालको संलग्नता देखिएको भन्दै भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो। मन्त्रिपरिषदको नीतिगत निर्णयमा मुद्दा चलाउन नपाइने कानुनी व्यवस्था रहे पनि व्यक्तिगत संलग्नता देखाएर मुद्दा दर्ता भएको हो।

भ्रष्टाचार मुद्दा दायर भएपछि नेपालको सांसद पद पनि स्वतः निलम्बनमा परेको छ। अख्तियारले विगो सहित सबै व्यहोरा खुलाएर प्रेश विज्ञप्ति जारी गर्ने तयारी गर्दै छ ।

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्...

  😲:  काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय...
03/06/2025

😲: काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई निलम्बन गरेका हुन् ।

आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको बुझिएको छ ।

काठमाडौँ —  प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्...
02/06/2025

काठमाडौँ — प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको बताएका छन्।

एमालेको संसदीय दलको सोमबार बानेश्वरमा भएको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मङ्गलबारदेखि संसदका नियमित गतिविधि सञ्चालन हुने बताएका हुन्।

‘भोलिदेखि नियमित संसद चलाउँ भनेर मैले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालजी कुरा गर्न खोजँ,े तर उहाँ जानीजानी सम्पर्कमा आउनुभए । वार्ता, संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँहरु हुनुहुन्छ होला। यस्तो व्यवहार सँधै चल्दैन। संसद यस्ता नचाइने कुरामा सँधै बन्द हुँदैन्,’ प्रधानमन्त्री ओलीले भने, ‘केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको छ, जबकि गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन चलेको छैन । त्यसकारण यस्ता कुरामा संसद अवरुद्ध हुँदैन। माननीयज्यूहरु तयार भएर बस्नुस्। भोलिदेखि सदन चल्छ।’

सडकमा कुनै समूहले केही माग लिएर बस्दा पनि कुँदेर गएर समर्थन गर्ने र सदन पनि अवरोध गर्ने यस्ता कामले प्रतिगमनलाई सहयोग पुग्ने र लोकतन्त्रलाई असहयोग

काठमाडौँ — प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओल

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले हालको सरकारले प्रतिगमनकारी शक्तिहरूलाई बलियो बन्न...
01/06/2025

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले हालको सरकारले प्रतिगमनकारी शक्तिहरूलाई बलियो बन्ने मौका दिएको आरोप लगाएका छन्।

आइतबार काठमाडौंमा आयोजित माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यथास्थितिवादको राजनीति संविधान र गणतन्त्रका लागि खतरा बनेको बताए।

‘संंविधानको रक्षाको पक्षमा उभिनेहरूसँग कार्यगत एकता वा तालमेल हुनसक्छ। तर, प्रतिगमनको नाममा भ्रष्टाचारलाई संरक्षण गर्ने र इमानदारमाथि कारबाही गर्ने कार्यहरूलाई समर्थन गर्न सकिन्नँ,’ उनले भने, ‘तर अहिले प्रतिगमनले जसरी टाउको उठाएको छ त्यो गणतन्त्र समर्थन गरिदिएको भरमा भ्रष्टाचारीलाई बचाउने, कुशासन कायम गर्ने, इमानदारहरुलाई कारवाही गर्ने सरकारबाट भएको छ। यसका कारणले पनि प्रतिगमनले टाउको उठाउने मौका पाएका छन्।’

अध्यक्ष दाहालले आफूहरु यथास्थितीवादलाई वैचारिक राजनीतिक रुपले कहिकतै छुट दिन सकिने ठाउँमा नभएको बताउँदै अहिलेको सरकार र त्यसको नेतृत्ववालाहरुले यथास्थितीवादी धाराहरूको प्रतिनिधित्व गरिरहेको उल्लेख गरे।

‘उहाँहरू परिवर्तन र प्रगतिको

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले हालको सरकारले प्रतिगमनकारी शक्तिहरूलाई .....

काठमाडौँ —  उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य सर्तका रूपमा अवलम्बन र ...
30/05/2025

काठमाडौँ — उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य सर्तका रूपमा अवलम्बन र कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका छन‍्।

सातौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले लैङ्गिक समानता, महिला सशक्तीकरण र महिलाप्रति हुने हिंसा, विभेद र असमनाताविरुद्ध आवाज उठाउने अठोट र प्रण लिने अवसरका रूपमा पनि यो दिवसलाई लिन सक्नुपर्नेमा जोड दिएका छन्। उनले भने, 'महिला सशक्तीकरणका लागि शिक्षा र सीप विकास, आर्थिक स्वतन्त्रता, राजनीतिक सहभागिता, महिला नेतृत्व र उद्यमशीलता, कानुनी सुधार र अधिकार, स्वास्थ्य र प्रजनन अधिकारजस्ता मुलभूत विषयलाई अनिवार्य सर्तका रूपमा अवलम्बन र कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ।'

संविधानमा उल्लेखित लैंगिक समानताका प्रावधानलाई कार्यान्वयन गर्न र सामाजिक जागरुकता फैलाउनमा यो दिवसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उपराष्ट्रपति यादवले विश्वास व्यक्त गरेका छन्। लैङ्गिक असमानता र महिलाप्रति हुने सबैखाले अन्यायको अन्त्यका लागि सचेतना फैलाउन, सरकार र सम्बन्धित निकायलाई महिला अधिकारका लागि

काठमाडौँ — उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य सर्तका रूपमा...

काठमाडौँ — ट्रम्प प्रशासनले अमेरिकी विश्वविद्यालयहरूमा अध्ययन गर्न आवेदन दिने सबै विदेशी विद्यार्थीहरूको भिसा अन्तर्वार्...
28/05/2025

काठमाडौँ — ट्रम्प प्रशासनले अमेरिकी विश्वविद्यालयहरूमा अध्ययन गर्न आवेदन दिने सबै विदेशी विद्यार्थीहरूको भिसा अन्तर्वार्ताका लागि नयाँ अप्वाइन्टमेन्टहरू स्थगित गरेको छ। प्रशासनले अमेरिकी दूतावासहरूलाई विद्यार्थी भिसा अन्तर्वार्ताका नयाँ अप्वाइन्टमेन्टहरू तत्काल रोक्न निर्देशन दिएको हो।

ट्रम्प प्रशासनले आवेदन दिने विद्यार्थीहरूको सामाजिक सञ्जाल (सोसल मिडिया) छानबिन गर्नुपर्ने कारण देखाएर तत्कालका लागि भिसा अन्तर्वार्ताहरू स्थगित गर्ने निर्णय गरेको हो। यसअघि पनि सामाजिक सञ्जालको छानबिन हुँदै आएकोभए तापनि अब अलि कडा रूपमा छानबिन गर्ने योजना प्रशासनले बनाएको देखिन्छ।

यो निर्देशन मङ्गलबार जारी गरिएको थियो र यसमा विदेशमन्त्री मार्को रुबियोले हस्ताक्षर गरेका छन्। यो निर्देशन कार्यान्वयनमा आएमा विद्यार्थी भिसाको प्रक्रिया अत्यन्तै ढिलो हुने सम्भावना छ।

भिसामा हुने ढिलाइले विदेशी विद्यार्थीहरूमा निर्भर रहेका विश्वविद्यालयहरूलाई आर्थिक रूपमा समस्या पर्नेछ। एफ, एम र जे श्रेणीअन्तर्गतका विद्यार्थी तथा एक्सचेन्ज भिसाअन्तर्गतका नयाँ अन्तर्वार्ताहरू थप नगर्न दूतावासहरूलाई प्रशासनले निर्देशन

काठमाडौँ — ट्रम्प प्रशासनले अमेरिकी विश्वविद्यालयहरूमा अध्ययन गर्न आवेदन दिने सबै विदेशी विद्यार्थीहरूको भिस.....

Address

New Baneshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Palikanews posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Palikanews:

Share