02/07/2026
अत्यन्त दुःखद खबर… !
सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको बुलबुले यातायातको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको पाल्लेतडा सागेतडा बीचमा दुर्घटनाग्रस्त भई गाडीसहित यात्रुहरू कर्णाली नदीमा खसेको दुःखद समाचार प्राप्त भएको छ।
हालसम्म १ जनाको शव नदी किनारमा फेला परेको छ भने अन्य यात्रुहरूको खोज तथा उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ।
दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली !
शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ। 🙏
तस्वीर- सशस्त्र प्रहरी