Routine Of Nepal Post

Routine Of Nepal Post हाम्रो देश नेपाललाई माया गर्ने सम्पूर्ण साथीहरूले यो पेजलाई like follow र सेयर गर्नुहोला। धन्यवाद🙏🙏🇳🇵🇳🇵🌹🌹🌹

14/08/2026

‘मलाई मिडियामा बोल्न ड'र लाग्छ, उ'ल्टोपाल्टो पार्दिन्छ्न, का'टेर हाल्दिन्छन्’ : कृष्ण कडेंल

काठमाडौं, साउन २९। मुगुकी ३८ वर्षीया सुत्केरी दिपा भण्डारी र नवजात शिशुको जटिल स्वास्थ्य अवस्था देखिएपछि नेपाली सेनाको ह...
14/08/2026

काठमाडौं, साउन २९। मुगुकी ३८ वर्षीया सुत्केरी दिपा भण्डारी र नवजात शिशुको जटिल स्वास्थ्य अवस्था देखिएपछि नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरिएको छ।

खत्याड गाउँपालिका–११, रातापानीकी भण्डारीलाई स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी भएपछि समस्या देखिएपछि थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल ल्याइएको हो।

दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीलाई आकस्मिक अवस्थामा विशेषज्ञ उपचारमा पहुँच पुर्‍याउने उद्देश्यले सरकारले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

नेपालको राजनीति .......
14/08/2026

नेपालको राजनीति .......

14/08/2026

बालेनले देउवालाई समात्न सक्छन्? दुर्गा प्रसाईंको कडा जवाफ! 💥

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको प*हिरोले घर तथा गोठ पु*रिँदा मृ'त्यु हुनेको संख्या १० पुगेको ...
14/08/2026

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको प*हिरोले घर तथा गोठ पु*रिँदा मृ'त्यु हुनेको संख्या १० पुगेको छ। घ!टनामा दुई जना घा'इते भएका छन् भने तीन जना अझै बे'पत्ता छन्।

काठमाडौं, २९ साउन । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सरकार कानून सुधारसँगै विधेयक निर्माणको कामलाई पन...
14/08/2026

काठमाडौं, २९ साउन । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सरकार कानून सुधारसँगै विधेयक निर्माणको कामलाई पनि ‘फास्ट ट्र्याक’मा अघि बढाइरहेको बताउनुभएको छ। उहाँका अनुसार भदौ १५ गतेसम्म करिब १५ वटा विधेयक अघि बढ्ने अवस्था रहेको छ।

कानून सुधार तथा कानून निर्माण वर्ष कार्यान्वयनका लागि गठित उच्चस्तरीय समितिअन्तर्गतको अध्ययन समितिको दोस्रो बैठकमा मन्त्री गौतमले कानून सुधारको गति बढाउँदा अध्ययनको गुणस्तरमा सम्झौता गर्न नहुने बताउनुभयो।

बैठकले सबै मन्त्रालयबाट सुधार, संशोधन वा नयाँ निर्माण गर्नुपर्ने कानूनको विवरण माग्ने तथा १६६ विधेयकमा सीमित नराखी आवश्यक अन्य कानूनसमेत अध्ययनको दायरामा समेट्ने विषयमा छलफल गरेको छ। अध्ययनमा दोहोरोपन हटाउन प्रत्येक १५ दिनमा उच्चस्तरीय बैठक बस्ने निर्णयसमेत भएको छ।

अध्ययन प्रतिवेदनले कानूनमा ‘के सुधार गर्ने’ मात्र नभई ‘किन सुधार गर्ने’ र ‘सुधारपछि के प्रभाव पर्छ’ भन्ने विषयसमेत स्पष्ट पार्नुपर्नेमा जोड दिइएको छ।

नेपालगञ्जको भाइरल घर
14/08/2026

नेपालगञ्जको भाइरल घर

झापा । जिल्ला भूमि समस्या समाधान समिति झापाले कनकाइ नगरपालिका–३ र ६ का १३ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।भूमिही...
14/08/2026

झापा । जिल्ला भूमि समस्या समाधान समिति झापाले कनकाइ नगरपालिका–३ र ६ का १३ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।

भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारलाई वितरण गरिएको पुर्जामध्ये केही जग्गा आवास र केही कृषि प्रयोजनका रहेका छन्।

लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित स्थानीयले लालपुर्जा पाएसँगै कानुनी रूपमा जग्गाधनी बनेका छन्। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्दै लालपुर्जा वितरणलाई तीव्रता दिएको छ।

काठमाडौं, साउन २९। महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र UNFPA प्रतिनिधि श्रीराम हरिदासबीच भेटवार्ता ...
14/08/2026

काठमाडौं, साउन २९। महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र UNFPA प्रतिनिधि श्रीराम हरिदासबीच भेटवार्ता भएको छ। मन्त्रालयमा भएको भेटमा महिला तथा बालबालिकाको संरक्षण, लैङ्गिक समानता, सामाजिक न्याय र सीमान्तीकृत समुदायको सशक्तीकरणका क्षेत्रमा सहकार्य थप प्रभावकारी बनाउने विषयमा छलफल भएको हो।

मन्त्री बादीले लैङ्गिक हिंसा, बालविवाह तथा सामाजिक कुप्रथा अन्त्यलाई प्राथमिकतामा राख्दै UNFPA सँगको सहकार्यलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो। भेटमा सीमान्तीकृत समुदायका महिलाको सीप विकास, उद्यमशीलता र नेतृत्व क्षमता अभिवृद्धि तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार संरक्षणमा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो।

प्रहरी जवान गोविन्द आफ्नै सपना र परिवारको भविष्यका लागि जागिर छाडी विदेशिए !प्रहरी जवान गोविन्द साउद वैदेशिक रोजगारीका ल...
14/08/2026

प्रहरी जवान गोविन्द आफ्नै सपना र परिवारको भविष्यका लागि जागिर छाडी विदेशिए !

प्रहरी जवान गोविन्द साउद वैदेशिक रोजगारीका लागि मकाउ गएका छन् । नेपाल प्रहरीमा जागिर खाएको ५ वर्ष ९ महिना १३ दिनका दिन साउदले जागिर छाडेर आफ्नो सपना र परिवारको भविष्यका लागि प्रहरीको जागिर छाड्दा दुःख महसुस गरेको जनाएका छन् ।

वैदेशिक रोजगारीका लागि त्रिभुवन विमानस्थलबाट बाहिरिँदै गर्दा उनले सामाजिक सञ्जालमा लेखेका छन्,
👮‍♂️नेपाली सरकारी जागिर छोडेर विदेश जानु, यो निर्णय जति बाहिरबाट सजिलो देखिन्छ, त्यति नै भित्रबाट गाह्रो हुन्छ 🇳🇵💔
👮‍♂️देशको सेवा गर्ने कसम खाएको मान्छे, एक दिन आफ्नै सपना र परिवारको भविष्यका लागि त्यो पहिचान त्याग्न बाध्य हुन्छ 😧
बर्दीसँग जोडिएको गर्व, अनुशासन र सम्मान छोड्दा मन भित्र कहि कतै केही टुटेजस्तो लाग्छ 💔
[ Resigned after serving 5 years 9 months 13 days]
[MISS YOU SO MUCH ALL💐❣️]

अबदेखि कोही पनि राष्ट्रसेवकले सुरक्षित भविष्यका लागि बर्दी छाड्नु पर्ने दिन नदोहोरियोस् .... नेपाल सरकार

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Nepal Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share