Sudurpaschim News online

Sudurpaschim News online Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sudurpaschim News online, Kanchanpur,Nepal, Kathmandu.

अत्तरियामा भएको हत्याको कारण : चार सय चोरेको आरोपअत्तरिया स्थित दुर्गा मन्दिरमा भएको जगदीश कैनीको हत्याका आरोपी हेमन्त ब...
18/04/2025

अत्तरियामा भएको हत्याको कारण : चार सय चोरेको आरोप
अत्तरिया स्थित दुर्गा मन्दिरमा भएको जगदीश कैनीको हत्याका आरोपी हेमन्त बोहरा सार्वजनिक
अत्तरियामा भएको हत्याको कारण : चार सय चोरेको आरोप

धनगढी । चैत्र २६ गते राती अत्तरिया स्थित दुर्गा मन्दिरमा भएको जगदीश कैनीको हत्याका आरोपी हेमन्त बोहरा लाई प्रहरीले सार्वजनिक गरेको छ । आज इलाका प्रहरी कार्यालयले पत्रकार सम्मेलनको आयोजना गर्दै अभियुक्त बैतडी डिलाशैनीका बोहरा लाई सार्वजनिक गरेको हो ।
बिज्ञापन

२६ गते दिउसो देखि नै अत्तरिया स्थित शिविरमा मदिरा सेवन गरेका बोहरा रातीको समयमा मन्दिरमा सुत्न गएको र त्यही मन्दिरमा उनी आउनु पहिला कैनी सुतेका थिए ।
बिज्ञापन

आरोपित बोहरा पुनः उठेर अत्तरियाका होटलमा मदिरा खोज्न गएको र त्यही क्रममा धनगढी रोड स्थित गुरुङ मस्मस् पसलमा गएको मदिरा र डिस्पोजल ग्लास खरिद गरि मन्दिरमा गएको सुतेको खुलेको छ।

रातीको समयमा उठ्दा आफ्नो ४ सय हराएको र त्यही सुतेका कैनीले चोरेको आशन्कामा उनलाइ ढुङ्गा प्रहार गरि हत्या भएको अभियुक्तको बयान रहेको इलाका प्रहरी कार्यालय अत्तरियाका प्रमुख डिएसपी गंगा बहादुर थापाले बताए ।

उनलाई थप अनुसन्धानका लागि जिल्ला अदालत कैलालीमा पेश गरिने जनाइएको छ । यस घटनाको अनुसन्धानमा डिएसपी थापाको नेतृत्वमा ७ सदस्यीय अनुसन्धान टोली गठन गरिएको थियो । प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश कार्यालय महेन्द्रनगर लगायतका निकाए बाट प्रहरी परिचालन गरिएको थियो ।

17/04/2025
16/04/2025

शिक्षक महासंघको निर्णय : विद्यालय बन्ददेखि कक्षा १२ को परीक्षा बहिष्कारसम्म
‘स्कुल बन्द गर्ने निर्णय गरेका छौं,’ अध्यक्ष सुवेदीले भने । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् । महासंघले शैक्षिक हड्तालसमेत घोषणा गरेको छ ।

वेदकोट नगरपालिकाले निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्नेकञ्चनपुर – कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिकाले युवाहरूको ...
16/04/2025

वेदकोट नगरपालिकाले निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने
कञ्चनपुर – कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिकाले युवाहरूको भविष्य निर्माणमा सघाउन निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ। नगरपालिकाले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत यो महत्त्वाकाङ्क्षी योजना अगाडि सारेको हो। बेरोजगारीको चपेटामा परेका र सरकारी सेवामा प्रवेश गर्न चाहने युवाहरूलाई लक्षित गरी ल्याइएको यो कार्यक्रमले नगरपालिकाको शैक्षिक र सामाजिक विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावितशिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलनका कारण सामुदायिक विद्यालयमा सुरु हुन लागेको...
16/04/2025

शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावित
शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलनका कारण सामुदायिक विद्यालयमा सुरु हुन लागेको विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक महासंघको नेतृत्वमा गत चैत २० देखि आन्दोलन चलिरहेको छ। महासंघले शैक्षिक हड्तालसमेत घोषणा गरेपछि जिल्लाका विद्यालयहरूले सूचना जारी गर्दै आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्।
बिज्ञापन

महेन्द्रनगर माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज भट्टले विद्यालयको सम्पूर्ण शैक्षिक कार्य बन्द रहेको जानकारी दिए। ‘शिक्षकहरू आन्दोलनमा छन्, शैक्षिक गतिविधि सम्भव छैन,’ उनले भने।

त्यस्तै, शान्ति निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पराज ओझा र शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उत्तम विष्टले पनि माग सम्बोधन नभएसम्म विद्यालय बन्द रहने स्पष्ट पारेका छन्।

भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले शिक्षक आन्दोलनका कारण सबै सामुदायिक विद्यालय बन्द रहेकाले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न नसकेको बताए। सरकारले छिट्टै समाधान निकाल्नेमा आफूहरू आशावादी रहेको उनले जनाए।

Address

Kanchanpur,Nepal
Kathmandu
1101

Opening Hours

Monday 05:00 - 22:00
Tuesday 05:00 - 22:00
Wednesday 05:00 - 22:00
Thursday 05:00 - 22:00
Friday 05:00 - 22:00
Saturday 05:00 - 22:00
Sunday 05:00 - 22:00

Telephone

+9779842237389

Website

Alerts

Be the first to know and let us send you an email when Sudurpaschim News online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share