Khabar Board

Khabar Board Khabar Board Is A Leading News Portal Delivering The Latest News.
(1)

Online destination for Nepal news, views, reviews, features, blogs and audio video content covering Nepali politics, society, market, arts, entertainment and sports.

लाङटाङ हाइड्रोपावरमा ४२ जना कामदार तथा कर्मचारी सम्पर्कविहीनस्याफ्रुबेसीस्थित लाङटाङ हाइड्रोपावर प्रोजेक्टमा बाढीपहिरोपछ...
29/08/2026

लाङटाङ हाइड्रोपावरमा ४२ जना कामदार तथा कर्मचारी सम्पर्कविहीन

स्याफ्रुबेसीस्थित लाङटाङ हाइड्रोपावर प्रोजेक्टमा बाढीपहिरोपछि ४२ जना कामदार तथा कर्मचारी सम्पर्कविहीन भएको जानकारी आएको छ।

सन्देश पोखरेलले दिएको जानकारीअनुसार, बाढीपहिरोका कारण आयोजनाका दुवै भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सम्पर्कविहीन भएकाहरूको अन्तिम लोकेसन आयोजनाको सुरुङ क्षेत्र वा सोही आसपासको उचाइबाट आएको जानकारी प्राप्त भएको छ।

सुरुङभित्र समेत कामदारहरू फसेको हुनसक्ने आशंका रहेकाले तत्काल खोज तथा उद्धार कार्य अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गरिएको छ।

थप जानकारीका लागि सम्पर्क: पुष्प पोख्रेल — ९८५११६९९५५

29/08/2026

कविता किसान !
कस्तो लाग्यो ?

29/08/2026
28/08/2026

थर्मल ड्रोनमार्फत सुरुङभित्र खोजी कार्य भइरहेको छ।
सुरुङभित्र फसेकाहरूको खोजीका लागि थर्मल ड्रोन प्रयोग गरी खोजी कार्य जारी राखिएको छ।

Via: MP Bablu Gupta

यी हुन् प्रधानमन्त्री बालेन शाहले सार्वजनिक गरेका बाढीपछिको अवस्थामा राज्यले गरेका प्रमुख काम तथा प्रगतिहरु: १. खोज तथा ...
28/08/2026

यी हुन् प्रधानमन्त्री बालेन शाहले सार्वजनिक गरेका बाढीपछिको अवस्थामा राज्यले गरेका प्रमुख काम तथा प्रगतिहरु:

१. खोज तथा उद्धारमा १५,४३१ सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरीका ४,४७३, नेपाली सेनाका ६,७५५ र सशस्त्र प्रहरी बल नेपालका ४,२०३ जना रसुवा तथा भोटेकोशी–त्रिशूली करिडोरलगायत प्रभावित क्षेत्रमा परिचालित छन्।

२. हालसम्म ४,४५१ जनाको उद्धार गरिएको छ, जसमा जलविद्युत् सुरुङबाट उद्धार गरिएका १९१ जना र आजको हवाई उद्धारबाट उद्धार गरिएका ५१७ जना समेत छन्। नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर परिचालन गरी धुन्चे, त्रिशूली, टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा निरन्तर Shuttle Flight सञ्चालन भइरहेको छ। हालसम्म ९९ हवाई उडान भएका छन्।

३. उद्धारसँगै राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको छ। हालसम्म ३२ ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ भने हेलिकप्टरबाट ६ वटा उडान गरी खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ। प्रभावित क्षेत्रमा सञ्चार सेटहरू समेत पठाइएको छ।

४. सुरुङमा फसेका नागरिक तथा कामदारको उद्धारलाई उच्च प्राथमिकता दिइएको छ। Upper Trishuli Hydropower Project, रसुवागढी जलविद्युत् केन्द्रमा फसेका र अन्य जोखिमयुक्त सुरुङमा खोज तथा उद्धार जारी छ। आवश्यक विशेष उद्धार उपकरणसमेत परिचालन गरिएको छ।

५. खोजी कार्य तल्लो तटीय क्षेत्रसम्म विस्तार गरिएको छ। रसुवादेखि नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्म त्रिशूली–नारायणी नदी करिडोरमा थप सुरक्षाकर्मी परिचालन गरी बेपत्ता नागरिक तथा शवको खोजी कार्य जारी छ।

६. विदेशी नागरिकको खोज, उद्धार तथा पहिचानमा विशेष समन्वय भइरहेको छ। हालसम्म १२९ जना विदेशी पर्यटक/नागरिकको उद्धार तथा पहिचान भएको छ। परराष्ट्र मन्त्रालयले दूतावास तथा परिवारसँग समन्वयका लागि Emergency Control Room सञ्चालन गरेको छ।

७. विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक हो। भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र सामग्रीबारे निरन्तर समन्वय भइरहेको छ। उद्धारमा हेलिकप्टर परिचालन गर्दा हवाई सुरक्षा, भौगोलिक पहुँच र वास्तविक आवश्यकतालाई ध्यानमा राखिएको छ।

८. भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनःबाढीको जोखिमको निरन्तर निगरानी भइरहेको छ। सम्भावित जोखिमका क्षेत्रमा पूर्वसूचना र सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गरिएको छ। जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। २ लाखभन्दा बढी SMS Alert मार्फत पूर्वसूचना दिइएको छ।

९. राहत तथा उद्धार कार्यको प्रत्यक्ष नेतृत्व र समन्वयलाई प्रभावकारी बनाइएको छ। माननीय गृहमन्त्रीज्यू स्वयं प्रभावित जिल्लामा स्थलगत रूपमा उपस्थित भई सुरक्षा निकाय, स्थानीय प्रशासन, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गर्दै आवश्यक निर्देशन दिइरहनुभएको छ।

१०. सडक सम्पर्क पुनःस्थापनाको काम तीव्र पारिएको छ। वैकल्पिक सडकमार्ग सञ्चालनमा ल्याई साना चारपाङ्ग्रे सवारीसाधन सञ्चालन सुरु भएको छ। काठमाडौ मुग्लिङको बाटो एक तर्फी रुपमा सन्चालनमा ल्याइएको छ ।

११. रसुवालाई पुनःसडक सञ्जालसँग जोडिएको छ। काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चेसम्मको वैकल्पिक सडक साना चारपाङ्ग्रे सवारीसाधनका लागि सुचारु भएको छ। क्षतिग्रस्त पुलमा बाइपास खोल्ने काम सुरु गरिएको छ। नियमित सडक सम्पर्कका लागि भारत तथा चीनबाट ४८ मिटर लम्बाइका १० वटा Bailey Bridge उपलब्ध गराउन औपचारिक पहल गरिएको छ।

१२. खानेपानी, इन्धन तथा सरसफाइको तत्काल व्यवस्था गरिएको छ। नुवाकोटमा KUKL का ४ वटा वाटर ट्याङ्कर परिचालन गरिएको छ भने सुरक्षित खानेपानीका लागि ९०० केजी ब्लिचिङ पाउडर प्रभावित क्षेत्रमा पठाइएको छ। नुवाकोटका भैरवी, सूर्यमती र पञ्चकन्या आयल स्टोरमा डिजल ४१ हजार लिटर र पेट्रोल २४ हजार लिटर मौज्दात रहेको छ। १७ हजार लिटर हवाई इन्धन नुवाकोटमा पठाइएको छ।

१३. प्रभावित क्षेत्रको क्षतिको विस्तृत मूल्यांकन सुरु गरिएको छ। सडक, पुल, विद्युत्, खानेपानी, दूरसञ्चार, जलविद्युत् तथा अन्य संरचनाको क्षति मूल्यांकनका लागि Sectoral Groups तथा १५ वटा प्राविधिक टोली परिचालन गरिएका छन्।

१४. स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र सक्रिय गरिएको छ। ६ वटा अस्पताललाई standby अवस्थामा राखिएको छ। वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, धुलिखेल अस्पताललगायतबाट मेडिकल टोली परिचालन गरिएको छ। आवश्यक औषधि तथा स्वास्थ्य सामग्री पठाइनुका साथै कम्तीमा ५,००० जनसंख्यालाई लक्षित गरी टेन्ट तथा आपतकालीन स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको छ। रोगको निगरानी तथा मातृ–बाल स्वास्थ्यसहित अत्यावश्यक स्वास्थ्य सेवा निरन्तर राखिएको छ।

१५. दूरसञ्चार सेवा पुनःस्थापनामा प्रगति भएको छ। प्रभावित १९८ टावर/साइटमध्ये १४५ वटा सञ्चालनमा आएका छन्। NTC का १२० मध्ये ८२ र Ncell का ७८ मध्ये ६३ वटा साइट सञ्चालनमा आएका छन्। बाँकी साइटमा आवश्यक प्राविधिक तथा ऊर्जा स्रोत परिचालन गरी सेवा पुनःस्थापनाको काम भइरहेको छ।

१६. विद्युत् सेवा पुनःस्थापनाको काम तीव्र पारिएको छ। नुवाकोटमा करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा सुचारु भएको छ भने धुन्चेमा विद्युत् सेवा सञ्चालनका लागि आवश्यक काम भइरहेको छ।

१७. जोखिममा रहेका परिवारका लागि सुरक्षित बसोबास तथा आवतजावतको व्यवस्था अघि बढाइएको छ। Emergency Shelter का लागि स्थल पहिचान तथा Relocation को काम भइरहेको छ। सडक तथा पुल अवरुद्ध भएका बस्तीमा पहुँच सहज बनाउन रसुवा तथा नुवाकोटका करिब १० स्थानमा तुइन निर्माण गर्ने काम अघि बढाइएको छ।

१८. राहत, उद्धार तथा पुनःस्थापनाका लागि आर्थिक स्रोत परिचालन भइरहेको छ। बाढी तथा विपद्बाट प्रभावित १५ वटा स्थानीय तहलाई तत्काल राहत, उद्धार तथा आवश्यक व्यवस्थापनका लागि कुल रु. ६ करोड ७५ लाख रकम उपलब्ध गराइएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो करिब ३६ घण्टामा रु. १.९ अर्बभन्दा बढी रकम संकलन भएको छ। प्रभावित व्यक्ति, परिवार तथा व्यवसायका लागि राहत तथा पुनःस्थापना प्याकेज तयार भइरहेको छ। मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थालाई लक्षित Business Recovery Package तयार गर्ने काम अघि बढाइएको छ। साथै, प्रधानमन्त्रीज्यूलगायत मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूको एक महिनाको तलब/पारिश्रमिक उद्धार कोषमा जम्मा गर्ने व्यवस्था अघि बढाइएको छ।

१९. राहत, उद्धार तथा पुनःस्थापनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग एकीकृत रूपमा परिचालन गरिएको छ। सुरक्षा निकाय, स्वास्थ्य संस्था, रेडक्रस, नेपाल स्काउट, स्वयंसेवी संस्था, निजी क्षेत्र तथा विकास साझेदारसँग समन्वय गरी आवश्यक स्रोतसाधन परिचालन भइरहेको छ।

२०. अन्त्यमा, नेपाली MMA खेलाडी रवीन्द्र ढाँटले ‘Road to UFC’ मा जित हासिल गर्दै फाइनलमा प्रवेश गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।

पृथ्वी राजमार्ग सञ्चालनमा! पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएर पहिलो चरणमा अत्यावश्यक सवार...
28/08/2026

पृथ्वी राजमार्ग सञ्चालनमा!

पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएर पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको छ।

राजमार्गमा अलपत्र सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ। सडक खुलाउने कार्यसँगै पृथ्वी राजमार्ग सञ्चालनमा आएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

रविन्द्र ढाँट, जसले आज नेपालीको गौरवलाई ठूलो उचाइमा पुर्‍याएका छन्। उहाँको जन्म सुदूरपश्चिमको दुर्गम जिल्ला बझाङको एक वि...
28/08/2026

रविन्द्र ढाँट, जसले आज नेपालीको गौरवलाई ठूलो उचाइमा पुर्‍याएका छन्। उहाँको जन्म सुदूरपश्चिमको दुर्गम जिल्ला बझाङको एक विपन्न परिवारमा भएको हो। ​जीवनयापनका क्रममा उहाँले भारतमा गएर ढुङ्गा फुटाउने, बिजुलीका पोलहरू बोक्ने र चिया पकाउनेसम्मका दुःखद कामहरू गर्नुभयो। पछि काठमाडौँ आएपछि पनि उहाँसँग गाडी भाडासमेत नहुँदा कीर्तिपुरबाट तालिमका लागि पैदलै झम्सीखेलसम्म जाने-आउने गर्नुहुन्थ्यो।​तमाम अभाव र सङ्घर्षलाई चिर्दै आज उहाँ 'Road to UFC' को फाइनलमा पुगेर सम्पूर्ण नेपालीको छाती गर्वले चौडा बनाउन सफल हुनुभएको छ। 🇳🇵🙏

28/08/2026

३६ घण्टामा झण्डै १ अर्ब ९१ करोड रूपैयाँ सहयोग रकम संकलन

-अर्थमन्त्रालय

28/08/2026

कुलमानको अपिल

28/08/2026

रसुवास्थित हाइड्रोपावरकाे सुरूङमा फसेकाेहरूकाे उद्दार जारी

Address

Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Khabar Board posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khabar Board:

Shortcuts

Share