Naya Parda HD

Naya Parda HD Breaking News-True Stories-Real Voice
विश्वसनीय समाचारको नयाँ पर्दा!

रुकुम पूर्वबाट रोल्पा जलजला जादै गरेको जिप दुर्घटना भै १७ जनाको निधन भएको खबरले साह्रै दुखित छु । मृतकप्रति हार्दिक श्रद...
30/04/2026

रुकुम पूर्वबाट रोल्पा जलजला जादै गरेको जिप दुर्घटना भै १७ जनाको निधन भएको खबरले साह्रै दुखित छु । मृतकप्रति हार्दिक श्रद्धाञ्जली , परिवारजनमा गहिरो समवेदना ।।

30/04/2026

Breaking news !

राष्ट्रपतिबाट अध्यादेश जारी । तपाईँलाई के लाग्छ कमेन्ट गर्नुहोला

30/04/2026

अखिल नेपाल सुकुमबासी संघले सुकुमबासी बस्तीमा सरकारले डोजर प्रयोग गरेको भन्दै त्यसको विरोधमा चरणबद्ध आन्दोलन अघि बढाउने जनाएको छ। साथै, आफ्ना मागहरू बेवास्ता गरिएमा प्रधानमन्त्रीलाई फिर्ता बोलाउन हस्ताक्षर अभियान सञ्चालन गर्ने र देशभर अनिश्चितकालीन आम हडताल घोषणा गर्ने चेतावनी दिएको छ।

देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ ...
30/04/2026

देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ ।

तल्लो वायुमण्डलको न्यून चापीय क्षेत्रको प्रभावले अहिले देशका अधिकांश स्थानमा बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित मध्यम वर्षा भइरहेको छ भने मधेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा पनि यस्तै प्रकृतिको वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल–भारत सीमा क्षेत्रमा दैनिक उपभोग्यवस्तु किनमेलमा लगाइएको सीमाबारे पुनर्विच...
30/04/2026

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल–भारत सीमा क्षेत्रमा दैनिक उपभोग्यवस्तु किनमेलमा लगाइएको सीमाबारे पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन् ।

सर्लाही क्षेत्र नं ४ अन्तर्गत धनकौलबजारमा भएको कार्यक्रममा सभापति थापाले सर्लाही प्रशासनले कानून कार्यान्वयनमा विभेद नगर्न पनि आग्रह गरे । उनले कानून सबैले समान रूपमा पालन गर्नुपर्ने बताए ।

प्रतिनिधि सभा निर्वाचनपछि आफ्नो क्षेत्रमा पुगेका थापाले पार्टी वा व्यक्ति हेरेर कानून लाग्ने वा नलाग्ने कुरा पार्टीलाई सैह्य नहुने बताए । थापाले आफू सर्लाही क्षेत्र नम्बर–४ का २३ हजार जनताको प्रतिनिधि रहेको उल्लेख गर्दै यहाँको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाए ।

सरकारले कर्मचारीको तलब पाक्षिक रूपमा प्रदान गर्न सुरु गरेको छ । यसअघि सबै कर्मचारीलाई मासिक तलब दिने गरिन्थ्यो । पाक्षिक...
30/04/2026

सरकारले कर्मचारीको तलब पाक्षिक रूपमा प्रदान गर्न सुरु गरेको छ । यसअघि सबै कर्मचारीलाई मासिक तलब दिने गरिन्थ्यो । पाक्षिक तलब दिने सरकारी कदमले कतिपय कर्मचारीलाई राहत महसुस भएको छ भने कतिपय कर्मचारीमा छिटो पैसा खर्च हुने चिन्ता बढाएको छ ।

अधिकृतस्तरभन्दा तल्लो तलका कर्मचारीले पाक्षिक रूपमा प्रदान गरिने तलबले राहत प्रदान गरेको महसुस गरेका छन् । अन्य वैकल्पिक आर्थिक स्रोत भएका, मासिक तलब स्केल बढी भएका अधिकृतस्तरभन्दा माथिका कर्मचारीका लागि भने छिटो तलब आउँदा छिटो सकिने चिन्ता बढाएको छ । अर्थ मन्त्रालयले वैशाख ४ गते महालेखा नियन्त्रकको कार्यालयलाई यसअघिसम्म मासिक रूपमा भुक्तानी हुँदै आएको कर्मचारीको तलब अब पाक्षिक रूपमा प्रदान गर्ने व्यवस्था गर्न परिपत्र गरेको थियो ।

29/04/2026

सरकारले संवैधानिक परिषद् र सहकारी ऐन संशोधनसम्बन्धी दुई वटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया देखिएको छ।
विपक्षी दलहरू र विभिन्न विश्लेषकहरूले यस कदमलाई “संसद् छल्ने प्रयास” भन्दै आलोचना गरेका छन्। उनीहरूको तर्क छ—यस्तो संवेदनशील विषयमा अध्यादेश ल्याउनुको सट्टा संसदमार्फत खुला बहस हुनुपर्ने थियो।
यता, सत्तापक्ष भने तत्काल आवश्यक सुधारका लागि अध्यादेश अपरिहार्य भएको दाबी गरिरहेको छ।
यस विषयमा सामाजिक सञ्जालमा पनि बहस चर्किएको छ, जहाँ सर्वसाधारणदेखि नेतासम्मले आफ्नो धारणा व्यक्त गरिरहेका छन्, जसमा B***n Shah जस्ता सार्वजनिक व्यक्तित्वहरूको टिप्पणी पनि चर्चामा आएको छ।
👉 तपाईंको विचार के छ? सरकारको कदम सही कि गलत?

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज दोस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।खेल कीर्तिपुरस्थित टियु मैदानमा बिहान...
29/04/2026

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज दोस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल कीर्तिपुरस्थित टियु मैदानमा बिहान ९ः३० बजे सुरु हुनेछ । आजको खेलमा वर्षा बाधक बन्ने सम्भावना छ ।

घरेलु टोली नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो भने ओमान यूएईसँग २५ रनले पराजित भएको थियो ।

लिग २ मा २१ खेलमा ६ जितमात्रै निकालेको नेपाल अंकतालिकाको सातौँ स्थानमा छ । यस्तै, ओमान २५ खेलबाट १३ जितका साथ २९ अंकसहित तेस्रो स्थानमा छ ।

सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारीबीच विपक्षी दलहरूको बैठक बोलाइएको छ ।प्रमुख व...
29/04/2026

सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारीबीच विपक्षी दलहरूको बैठक बोलाइएको छ ।

प्रमुख विपक्षी नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मध्याह्न १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाएका छन् ।

बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेतालाई बोलाइएको छ ।

बैठकमा संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदम र प्रमुख विपक्षीसँगै अन्य विपक्षी दलहरूको प्रतिवाद रणनीतिलगायत एजेण्डामा छलफल हुने छ ।

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको करिब दुई बिघाभन्दा बढी जग्गा लामो समयदेखि अतिक...
28/04/2026

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको करिब दुई बिघाभन्दा बढी जग्गा लामो समयदेखि अतिक्रमणमा परेको छ, जसका कारण अस्पतालको फोहोर व्यवस्थापन, शैक्षिक पूर्वाधार विस्तार र पार्किङ निर्माण जस्ता महत्त्वपूर्ण कार्यहरू अवरुद्ध भएका छन्। घोराही उपमहानगरपालिका–१४ को खोलीगाउँ क्षेत्रमा पर्ने उक्त जग्गा खाली गराउन गृह मन्त्रालयले २०८२ चैत १८ गते जिल्ला प्रशासन कार्यालयलाई पत्राचार समेत गरिसकेको छ। यद्यपि, सो क्षेत्रमा विगत चार दशकदेखि बसोबास गर्दै आएका १५९ घरपरिवार सुकुम्बासी तथा भूमिहीनहरूले उचित पुनर्वास र स्थायी व्यवस्थापन बिना ठाउँ नछोड्ने अडान राखेका छन्। हाल प्रशासन, स्थानीय तह र प्रतिष्ठानबीच समन्वय गरी वास्तविक सुकुम्बासीको पहिचान गर्ने र समस्याको समाधान खोज्ने प्रयास भइरहेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्री निशा मेहताको निर्देशनपछि मन्त्रालय मातहतका निकायहरूमा दुरुपयोग भइरहेका सरकारी...
28/04/2026

स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्री निशा मेहताको निर्देशनपछि मन्त्रालय मातहतका निकायहरूमा दुरुपयोग भइरहेका सरकारी सवारी साधनहरू फिर्ता ल्याउन थालिएको छ। कानूनअनुसार सहसचिव र सोभन्दा माथिका पदाधिकारीले मात्र गाडी पाउने व्यवस्था भए तापनि तल्लो तहका कर्मचारीहरूले विभिन्न बहानामा गाडी प्रयोग गरिरहेको पाइएपछि यो कदम चालिएको हो। फिर्ता ल्याइएका गाडीहरू हाल मन्त्रालयमा राखिएका छन् र तिनलाई अब आवश्यकताका आधारमा कानूनसम्मत ढङ्गले मात्र परिचालन गरिनेछ।

बालेन सरकारले ओली सहित पूर्वप्रधानमन्त्री र पूर्वराष्ट्रपतिलाई भ्र ष्टाचार मु द्दा चलाउँदै! सर्वोच्चले बाटो खोल्दा अख्ति...
28/04/2026

बालेन सरकारले ओली सहित पूर्वप्रधानमन्त्री र पूर्वराष्ट्रपतिलाई भ्र ष्टाचार मु द्दा चलाउँदै! सर्वोच्चले बाटो खोल्दा अख्तियार तात्यो

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Naya Parda HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share