09/05/2026
कोहलपुर–११ मा रहेको Kohalpur International Cricket Ground अगाडिको नगर विकासको जग्गामा भएको सुकुम्बासी बस्तीमा पुगेर त्यहाँ बसेका मानिसहरूको आँसु देख्दा मन साँच्चै भारी भयो।
कसैको रहरले होइन, बाध्यता र परिस्थितिले उनीहरू त्यहाँ पुगेका हुन्।
एउटा आमाको आँखामा डर थियो — “भोलि मेरा छोराछोरी कहाँ बस्लान् ?”
एउटी दिदीको आवाजमा पीडा थियो — “हामीलाई पनि सम्मानसहित बाँच्न पाउने अधिकार चाहिन्छ।”
सानो टहराभित्र ठूलो संघर्ष लुकेको रहेछ।
भोक, अभाव र अनिश्चित भविष्यसँग लडिरहेका ती परिवारहरूको कथा सुन्दा मन नै खिन्न भयो।
समाज परिवर्तन भाषणले मात्र होइन,
यस्ता पीडा बुझ्ने मन र साथ दिने हातबाट सुरु हुन्छ।
मानवता जिउँदो रहोस्,
गरिबको आँसु कसैले राजनीति होइन, पीडा भनेर बुझोस्। 🙏 कोहलपुर नगरपालिका - Kohalpur Municipality Kapil Shah Kamal Talking All category Facebook Kp Khanal/केपि खनाल