Innovation Invasion

Innovation Invasion Rebel Roots..

08/09/2025

तिमी बर्दिमा थियौँ !🥹
उ विद्यालयको पोसाकमा,
उसको हातमा किताब थियो
तिम्रो हातमा हतियार,
उसको आँखामा सपना थियो
तर तिम्रो आँखामा उसको शिर !🥹

'सर आज लास्ट घन्टी नपढौँ ल । हाम्रो आज प्रदर्शन छ ।' यसो भन्दै राजधानीका कलेजका विद्यार्थी निस्किएका थिए !🥹
08/09/2025

'सर आज लास्ट घन्टी नपढौँ ल । हाम्रो आज प्रदर्शन छ ।' यसो भन्दै राजधानीका कलेजका विद्यार्थी निस्किएका थिए !🥹

08/09/2025

😊

17/08/2025

"लाखे" (लाखे) शब्दले परम्परागत नेवारी राक्षस वा देवताको मुखौटा र नृत्यलाई जनाउँछ, सामाजिक पदको अर्थमा हैसियत होइन। लाखे नृत्य नेपालका चाडपर्वहरूमा, विशेष गरी नेवार समुदायमाझ एक जीवन्त सांस्कृतिक प्रदर्शन हो। लाखे मुखौटा एक विशिष्ट पेपर-माचे सिर्जना हो, जसमा प्रायः कपालको लागि याकको पुच्छर हुन्छ, र यसलाई जंगली चालहरू र लयबद्ध संगीतद्वारा विशेषता हुने ऊर्जावान नृत्यहरूमा लगाइन्छ।

09/08/2025

हिन्दुहरुको चाड रक्षाबन्धन तथा जनैपूर्निको को उपलक्ष्यमा सम्पुर्णमा धेरै धेरै शुभकामना ।।

03/08/2025

Business $

“इतिहास बनाउनेहरू सधैं सीमाना तोड्छन्।रविन्द्र ढाँटले नेपालका लागि Matrix Fight Night मा पहिलोपटक च्याम्पियनशिप जितेरहाम...
03/08/2025

“इतिहास बनाउनेहरू सधैं सीमाना तोड्छन्।
रविन्द्र ढाँटले नेपालका लागि Matrix Fight Night मा पहिलोपटक च्याम्पियनशिप जितेर
हाम्रो पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा गुञ्जाएका छन्।
यो केवल फाइट होइन — राष्ट्रको गर्व थियो। जय नेपाल! 🇳🇵🥇”
#नेपालकोगर्व

दैलेखको जलजलेमा १ अर्ब १२ करोड ब्यारेल पेट्रोलियम पदार्थ भएको पुष्टी भएको छ । यसको बजार मूल्य झण्डै ८५ अर्ब अमेरिकी डलर ...
19/06/2025

दैलेखको जलजलेमा १ अर्ब १२ करोड ब्यारेल पेट्रोलियम पदार्थ भएको पुष्टी भएको छ । यसको बजार मूल्य झण्डै ८५ अर्ब अमेरिकी डलर बराबर हुन आउँछ । ❤️

18/06/2025

#"डिप्रेसन भनेको के हो?"(Overthinking)

- सबैलाई छुने, तर कमैले बुझ्ने पीडा !

डिप्रेसन कुनै फेशन होइन, यो मनको मौन रुवाइ हो, जहाँ अनुहारमा मुस्कान हुन्छ, तर आत्मा चिच्याइरहेको हुन्छ !

वैज्ञानिक रूपमा, डिप्रेसन शरीरको रसायनहरू (जस्तै serotonin, dopamine) को असन्तुलन हो -जसले हामीलाई उदास, थकित, निराश बनाउँछ। तर यसको कारण केवल रसायन होइन -जीवनका चोटहरू, सामाजिक दबाब, विफलता, तिरस्कार, बाल्यकालको पीडा... यी सबै मिलेर मनको भित्र गहिरो घाउ बनाउँछन्।

धार्मिक रूपमा, गीता भन्छ- "दुःख र सुख जीवनका दुई पाटा हुन्।" तर जब दुःखको मात्रा हद नाघ्छ, तब मनलाई अन्धकारले घेर्छ। प्रार्थना, साधना, भक्ति यी सबै उपाय हुन्, मनको बिर्खा हटाउने।

सांस्कृतिक रूपमा, हामी 'के भो र तँ त बलियो मान्छे' भनेर भावनालाई दबाउने गर्छौं। 'रोए कमजोर, चुप बस बलियो' भन्ने संस्कारले डिप्रेसनलाई झन गहिरो बनाइदिन्छ। भावना व्यक्त गर्नु कमजोरी होइन उपचारको सुरुवात हो।

मनोवैज्ञानिक रूपमा, डिप्रेसन कुनै 'मनको रोग' मात्र होइन -

यो आत्माको थकान हो। कसैलाई मनका कुरा सुनाउने मान्छे नहुनु, आफैंभित्र

गुम्सिँदै जानु -यिनले डिप्रेसनलाई मलजल गर्छ।

कुरीति के छ त?

डिप्रेसन भएछ भने "यो कमजोर छ", "पागल भइसक्यो", "धामीझाँक्रीकहाँ लैजाऊ" यो सोच नै सबैभन्दा खतरनाक कुरीति हो।

साँचो कुरा के हो भने -

डिप्रेसन सबको जीवनमा कुनै न कुनै चरणमा आउँछ। तर बुझ्ने, सुन्ने, साथ दिने कोही भएन भने मात्र यो घातक बन्छ।

त्यसैलेः - मान्छे हाँसिरहेको छ भनेर ठीक छ भन्नुहोस् - तर कहिले काहीँ "तिमी ठीक छौ?" भनेर सोधिदिनुहोस्

- र कसैले "ठिक छैन" भने त्यसलाई मजाक बनाउने होइन - हृदयले सुन्नुहोस्।

किनकि डिप्रेसन लाजको कुरा होइन यो उपचारको खाँचो भएको मनको चोट हो।

"अब डिप्रेसनबाट कसरी जोगिने त?" मनलाई सम्हाल्ने केही सरल तर गहिरा उपायहरू

डिप्रेसन कुनै दिन अचानक नआउने रोग हो, यो त बिस्तारै-बिस्तारै मनभित्र बस्दै जाने अँध्यारो हो। तर हामी चाहीँ भने -

केही साना तर प्रभावशाली बानीहरूले त्यस अँध्यारोलाई उज्यालोमा फेर्न सकिन्छ।

१. नियमित रूपमा मन खोलेर बोलौं -

"तिमी ठीक छौ?" भन्नुहोस्, र "म ठीक छैन" भन्न सक्ने आँट राखौं। मनको पीडा मनमै थुपार्नाले होइन, बाँड्नाले हल्का हुन्छ।

२. शारीरिक गतिविधि बढाऔं -दिनको ३० मिनेट हिँड्नुस्, बगैंचामा काम गर्नुस्, शरीर चलाउनुस्। व्यायाम केवल शरीरका लागि होइन, मनका लागि पनि औषधि हो।

३. डिजिटल डिटोक्स -

सामाजिक सञ्जाल हेरौं, तर तुलना नगरौं। अरुको खुशी देखेर आफू दुःखी हुने हो भने थप पीडा सिर्जना हुन्छ।

कहिलेकाहीँ फोन बन्द गरेर मनसँग कुरा गर्नुस्।

४. पर्याप्त निद्रा अनि सन्तुलित खाना -

भोक नमेटिएको शरीरले, मनलाई कसरी बलियो बनाओस् ?

निद्रा र आहार - यी मानसिक स्वास्थ्यका मूल जरा हुन् ।

५. अध्यात्म र ध्यान -

केही समय आफूभित्र फौँ,

ध्यान (Meditation), प्रार्थना, भक्ति, साइलेंस... यी सबैले मनलाई स्थिरता दिन्छन् ।

६. नकारात्मक मान्छे र वातावरणबाट टाढा बसौं -हरपल आलोचना गर्ने,

तपाईंलाई सानो बनाउने मान्छेबाट टाढा रहनुहोस्। सकारात्मक साथ र सान्त मन-यी नै रक्षा कवच हुन्।

७. आवश्यकता परेमा मनोपरामर्श लिऔं -डाक्टर कहाँ जानु लाज होइन।

मानसिक रोग पनि रोग नै हो उपचार योग्य छ।

डिप्रेसनलाई जित्न तपाईं एक्ला हुनुहुन्न। हामी सबै कहिलेकाहीँ लड्छौं -तर सँगै रहेर, बुझेर, माया गरेर जित्न सकिन्छ।

#जनचेतनाका_लागि share

18/06/2025

शहीद गंगालाल !

तिमीले गोली खाएर फालेको राणाशासन फेरि आयो ।

अब-

यो राणाशासन फाल्न

तिमी आफैं आउँछौ कि अर्को गंगालाल पठाउँछौ ?।

13/03/2025

😊

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Innovation Invasion posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share