K - BHAYO News

K - BHAYO News " Breaking Updates. "

04/09/2026

१० दिनपछि टनेलबाट सकुशल उद्धार भए सञ्जय साह

04/09/2026

सुरुङभित्रबाट यसरी भएको थियो दुइ जनाको उद्धार

04/09/2026

Breaking: ठमेलमा युवतीमाथि दुर्व्यवहारको आरोप, सीसीटीभीमा घटना कैद

मंगलबार साँझ ठमेलमा हिँडिरहेकी एक युवतीलाई एक पुरुषले जानाजानी छोएको आरोप लागेको छ। युवतीले प्रतिकार गरेपछि पुरुषले झुक्किएर छोएको दाबी गरे पनि सीसीटीभी फुटेजमा घटना फरक देखिएको बताइएको छ। युवतीले दोषी पहिचान गरी कानुनी कारबाही र न्यायको अपेक्षा गरेकी छन्। घटनाले सार्वजनिक स्थानमा महिला सुरक्षामाथि पुनः प्रश्न उठाएको छ।

Source: moon_world025 (Instagram)


04/09/2026

Good News: त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका एक जनाको सकुशल उद्धार गरिएको छ। उद्धार टोलीको निरन्तर प्रयासपछि उनलाई सुरुङबाट बाहिर निकाल्न सफल भएको हो।

Update: बाढी प्रभावित विभिन्न क्षेत्रबाट हिजोसम्म हेलिकप्टरमार्फत २७३ जना विदेशी नागरिकसहित कुल ३,९२५ जनाको उद्धार गरिएक...
03/09/2026

Update: बाढी प्रभावित विभिन्न क्षेत्रबाट हिजोसम्म हेलिकप्टरमार्फत २७३ जना विदेशी नागरिकसहित कुल ३,९२५ जनाको उद्धार गरिएको छ। 🙏🏼

03/09/2026

बाढीपीडितको पीडा र अपेक्षामाथि ओलीको प्रतिक्रिया

02/09/2026

रसुवा बाढीबारे प्रधानमन्त्रीको सम्बोधन

***nshah

PM B***n Shah regarding recent flood says, "विज्ञहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमाली क्षेत्रको हिउँ चट्टानले ह...
02/09/2026

PM B***n Shah regarding recent flood says, "विज्ञहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमाली क्षेत्रको हिउँ चट्टानले हिमपहिरोबाट सिर्जित र यस क्षेत्रकै ठूलो विपत्ति भएको बताएका छन्। यस घटनाले जलवायु परिवर्तनसँगै हिमाली क्षेत्रमा हामीले खेप्नु परेको जोखिम बढ्दै गएको गम्भीर संकेत गरेको छ। ​त्यसैले हामी त सचेत हुनैपर्छ। सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपद् बारे अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असर न्यूनीकरण तथा व्यवस्थापन विश्व विश्व समुदायको साझा जिम्मेवारी रहेको बुझिएको छ।"

Update: नागढुंगा चेकपोस्टबाट करिब ७ सय मिटर अगाडि पात्लेबनमा सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। सडक भासिएसँगै ...
02/09/2026

Update: नागढुंगा चेकपोस्टबाट करिब ७ सय मिटर अगाडि पात्लेबनमा सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। सडक भासिएसँगै उक्त सडकखण्डमा यातायात आवागमन प्रभावित भएको छ।

02/09/2026

बाढीपीडितका लागि संकलन गरिएको राहत सामग्रीमा फाटेको कट्टुसमेत पठाइएको भन्दै इभा गिरीले असन्तुष्टि जनाएकी छन्।

उनले उक्त फाटेको कट्टु सार्वजनिक गर्दै यस्तो अवस्थामा प्रयोग गर्न नमिल्ने वा कसैले प्रयोग नगर्ने सामग्री दान नगर्न आग्रह गरेकी छन्। “यो फाटेको कट्टु कसले पठाएको हो? कसले लगाउँछ यस्तो फाटेको कट्टु?” भन्दै उनले प्रश्न गरेकी छन्। 😳

Address

Kalanki
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when K - BHAYO News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share