30/04/2026
रवि लामिछानेको भर्खरैको अन्तर्वार्ता सुनेँ, जहाँ सरकारले ल्याउन लागेको अध्यादेशको विषयमा उहाँले आफ्ना कुरा राख्नुभएको छ। केही कुराहरू साच्चै नै urgent छन् र चाँडो काम फत्ते गर्नुपर्ने छ, त्यसैले अध्यादेश ल्याउनुलाई ठिकै मान्न सकिन्छ। अझ आफ्नै सरकार भएपछि पार्टीभित्र छलफल गरेरै यी कुरा ल्याइएको हो, त्यसमा उहाँको प्रतिक्रिया फरक आउने कुरै भएन। देशमा परिवर्तनको अपेक्षा ठूलो छ र हामीसँग समय थोरै छ, तर समय थोरै छ भन्दैमा सबै कुरा अध्यादेशबाटै मात्र त चल्दैन नि।
सरकारले एउटा-दुइटा होइन, लगभग 6-7 वटा अध्यादेश राष्ट्रपति कहाँ पठाएको छ। मैले तीमध्ये संविधान र सरकारी प्रक्रियासँग सम्बन्धित केही अध्यादेशहरू हेरेँ, ल ठिक छ ती हतारका विषय होलान् र चाँडोको लागि गरियो। तर हरेक अध्यादेश त्यति नै important र हतारको पक्कै छैनन्। धेरै कुराहरू त सबैलाई थाहा हुनुपर्छ र त्यसमा व्यापक debate हुनुपर्छ, जसले गर्दा नयाँ बौद्धिक र important feedback पाउन सकिन्छ। आखिर सबै विज्ञ र ज्ञानीहरू रास्वपाकै सरकारमा मात्र त छैनन् होला नि। त्यसैले अब चाँडो संसद आह्वान गरेर बाँकी कुराहरू त्यहीँ राख्दा नै राम्रो हुन्छ।
यस मध्ये सहकारी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले भर्खरै जारी गरेका छन्।