29/08/2026
माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा उद्धार कार्य जारी ...
माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि उद्धार टोलीले काम तीव्र बनाएको छ। सुरुङको माथिल्लो भाग (crown) सम्म पुग्न सफल भएपछि सानो प्वालबाट हावा पठाउन सुरु गरिएको छ। अब सोही मार्गबाट खन्ने काम अघि बढाउँदै उद्धार टोलीलाई सुरुङभित्र पठाउने तयारी भइरहेको छ।