Hulak Post

Hulak Post Hulak Post Stands for Accurate, Balance, Credible, Decent and Ethical News.

सामाजिक काममा विद्यार्थी नेता श्रेष्ठ
28/09/2025

सामाजिक काममा विद्यार्थी नेता श्रेष्ठ

काठमाडौं । विजय दशमी मनाउन घर फर्किने क्रममा गण्डकी प्रदेशका विद्यार्थीहरूलाई काठमाडौं–पोखरा यात्रामा सहजीकर.....

नक्कली भुुटानी शरणार्थी काण्डमा आरजुसँगै भुषणको पनि संलग्नता रहेको भन्दै सिआइवीले प्रमाणका निम्ती भुषणको घरमा खोजतलास गर...
28/09/2025

नक्कली भुुटानी शरणार्थी काण्डमा आरजुसँगै भुषणको पनि संलग्नता रहेको भन्दै सिआइवीले प्रमाणका निम्ती भुषणको घरमा खोजतलास गरेको हो। तर उनी भने देश बाहिर रहेको बताइएको छ।

भूषण राणाकाे घरमा छापा
28/09/2025

भूषण राणाकाे घरमा छापा

काठमाडौं : पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउपाका भाइ भूषण राणाकाे घरमा प्रहरीले छापा मारेकाे छ । राणा पूर्वप्...

 आरजु राणाकाे भाइ भूषण निवासमा छापा !कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका नातेदार भूषण राणाको घरमा प...
28/09/2025



आरजु राणाकाे भाइ भूषण निवासमा छापा !

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका नातेदार भूषण राणाको घरमा प्रहरीले छापा मारेको छ । सीआईबीबाट खटिएको टोली एवं स्थानीय प्रहरीको सहयोगमा जावलाखेलस्थित राणाको घरमा प्रहरी घेराबन्दी गरेर सामानहरू खानतलासी र बरामद गर्ने काम भइरहेको पारिवारिक स्रोतले बताएको छ ।

जेनजी आन्दाेलनका घाइतेलाई तत्कालका लागि परिचय पत्र र २० हजार भैपरी खर्च उपलब्ध गराउने सरकारको निर्णय
28/09/2025

जेनजी आन्दाेलनका घाइतेलाई तत्कालका लागि परिचय पत्र र २० हजार भैपरी खर्च उपलब्ध गराउने सरकारको निर्णय

28/09/2025

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विदेश जान राेक लगाइएपछि एमालेले के भन्याे ?

ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्न सिफारिस, उपत्यका बाहिर जान रोक !जसमा पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गो...
28/09/2025

ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्न सिफारिस, उपत्यका बाहिर जान रोक !

जसमा पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणी दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व सीडीओ छवि रिजालको पासपोर्ट रोक्का गर्न सिफारिस गरेको हो ।

28/09/2025

जेनजी आन्दोलनका क्रममा यसरी लुटिएकाे थियाे प्रहरी चाैकीबाट हतियार ।

नेपाल प्रहरीकाे विवादमा परेकाे खरिद प्रक्रिया राेकिएकाे छ । विवादित खरिद प्रक्रियाकाे समाचार हुलाकपाेष्ट डट कमले शुरू मा...
28/09/2025

नेपाल प्रहरीकाे विवादमा परेकाे खरिद प्रक्रिया राेकिएकाे छ । विवादित खरिद प्रक्रियाकाे समाचार हुलाकपाेष्ट डट कमले शुरू मा प्रकाशन गरेकाे थियाे ।

नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले भने-अब तुवाँलो फाट्नुपर्छ!यहाँ व्यक्ति वा नेताको मुख ताकेर बस्ने बेला छैन।हाम्रो...
28/09/2025

नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले भने-
अब तुवाँलो फाट्नुपर्छ!

यहाँ व्यक्ति वा नेताको मुख ताकेर बस्ने बेला छैन।हाम्रो जीवन कुनैं नेता बिशेषमा समर्पित छैन।राज्य सञ्चालनको अवसर पाएका हरेक नेताको परिक्षण भइसक्यो।अब बुझ्न,हेर्न,थाहा पाउन र भोग्न केही बाँकी छैन।पार्टीका हरेक सदस्यको योगदान र बलिदानको चरम अवमूल्यन भइसक्यो।मनपरि र स्वेच्छाचारले सिमा नाघ्यो।अब सहन सकिदैन।आगामी असोज २६ गतेको बैठकले कांग्रेस पुनर्जीवनको ढोका खोल्छ कि खोल्दैन,हेर्न बाँकी छ।
बिशेष महाधिवेशन,महाधिवेशन प्रतिनिधिहरुको वैधानिक बिशेषाधिकार हो।हालसम्मका गतिविधि हेर्दा हामीलाई वर्तमान केन्द्रीय कार्य समितिसँग बिश्वास र भरोसा छैन।देश,लोकतन्त्र र पार्टी जोगाउन हामी सचेत र गम्भीर छौं।२६ गते अघि नैं हस्ताक्षर दर्ता गराउन जागरुक,सक्रिय र प्रतिबद्ध भएर लागौं।
इतिहासको यस चुनौतीपूर्ण कालखण्डमा हामी नेपाली नागरिक र कांग्रेस सदस्यको भूमिका निर्बाह गर्न नचुकौं।

जेनजी आन्दोलनमा सहभागीलाई पक्राउ नगर्न गृहमन्त्रालयको प्रहरीलाई दबाबजेजनी आन्दोलनको दोस्रो दिन भदौ २४ गते सिंहदरवार, सर्...
28/09/2025

जेनजी आन्दोलनमा सहभागीलाई पक्राउ नगर्न गृहमन्त्रालयको प्रहरीलाई दबाब

जेजनी आन्दोलनको दोस्रो दिन भदौ २४ गते सिंहदरवार, सर्वोच्च अदालत लगायत सरकारी कार्यालय तोडफोड गर्नेहरूलाई पक्राउ नगर्न प्रहरीलाई दबाब दिइएको छ। जेनजी आन्दोलनमा तोडफोड, लुटपाट र आगजनी गर्नेहरूको फोटो, भिडियो संकलन गर्दै प्रहरीले कारबाहीमा ल्याउन थालेपछि पक्राउ नगर्न गृह मन्त्रालयले दबाब दिएको हो।

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई यस्तो दबाब दिएका हुन्। ‘काठमाडौंबाट प्रहरीले तोडफोड लुटपाटमा संलग्न एक सयभन्दा बढी पक्राउ गरेपछि यस्तो दबाब आयो,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो।

प्रहरीले आफैँबाट लुटिएका हतियार खोज्नुपर्ने बाध्यता रहेका कारण शंकास्पद व्यक्तिहरू पक्राउ गरिरहेको छ। जेल र हिरासतबाट भागेका कैदीबन्दी तथा थुनुवाहरूले आक्रमण गरेको आशंकमा पनि प्रहरीले पक्राउ गरिरहेको छ। महाराजगञ्ज वृत्तमा डिएसपी भन्दै मारिएका प्रहरी जवानको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरिसकेको छ।

‘जे भयो भयो, जे जे नहुनु थियो त्यो सबै भयो, अबको नयाँ पुस्ता, आउँदै गरेको नयाँ समय, आशा, विश्वास र भरोसाका साथ अघि बढोस्...
28/09/2025

‘जे भयो भयो, जे जे नहुनु थियो त्यो सबै भयो, अबको नयाँ पुस्ता, आउँदै गरेको नयाँ समय, आशा, विश्वास र भरोसाका साथ अघि बढोस्।’ दसैंको शुभकामना दिँदै पूर्व राजाले भनेका छन्, ‘यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ। त्यसैले पारिवारीक र सांस्कृतिक रुपमा मात्रै यो पर्व मनाउन हामी बाध्य छौं। हाम्रो आम शुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झैं हामीबाट वृहत्तरुपमा टीका जमरा प्रदान नहुने जानकारी गराउँदछौं। श्री नवदुर्गाभवानीले हामीलाई दिव्यपथ तर्फ अग्रसर राखून् - यही हाम्रो कामना।’

Address

New Baneshwor/10
Kathmandu
44600

Telephone

+9779861938115

Website

https://www.youtube.com/@hulakpost

Alerts

Be the first to know and let us send you an email when Hulak Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hulak Post:

Share