13/09/2025
जाहेरवाला:अभिषेक प्रताप शाह
श्री महानगरीय प्रहरी वृत नयाँ वानेश्वरमा पेश गरेको
जाहेरी- दर्खास्त
मार्फतः- जिल्ला प्रशासन कार्यालय कपिलवस्तु तौलिहवा।
(१) जाहेरी दर्खास्त दिने व्यक्तिको नाम, थर, ठेगानाः जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वार्ड नं.२ कृष्णनगर बजार वस्ने वर्ष ४३ को अभिषेक प्रताप शाह ।
(२) कुन मुद्दा सम्बन्धमा जाहेर गरेको कर्तव्य ज्यान "
(३) कसूर गर्ने व्यक्तिको नाम, थर र ठेगानाः जिल्ला भक्तपुर अनन्त लिङ्गेश्वर नगरपालिका वार्ड नं.२ बालकोट वस्ने मोहन प्रसाद ओलीको छोरा अं.वर्ष ७५ को के.पी. शर्मा (ओली) भन्ने खड्क प्रसाद शर्मा ओली समेत ।
(४) कसूर गर्ने व्यक्तिको बाबु-आमाको नाम थरः निजको बाबुको नाम मोहन प्रसाद ओली, आमाको नाम मधु ओली भएको।
(५) कसूर गर्ने व्यक्तिको हुलिया र परिचय खुल्ने अन्य विवरणः गोरो वर्णको ५.५ फुटको कद भएको।
(६) कसूर सम्बन्धी विवरणः
(क) कसूर भएको स्थान, मिति र समयः मिति २०८२ भाद्र २३ गतेको दिन अं.१२ बजे दिउसोको समयमा काठमाण्डौं नयाँ बानेश्वर क्षेत्रमा घटना भएको।
(ख) कसूरसंग सम्बन्धित घटनाको विवरणः विपक्षी के.पी. शर्मा (बोली) हाल निर्वतमान प्रधानमंत्री भएको व्यक्ति हुन। निज के.पी. शर्मा (ओली) प्रधान मन्त्री हुँदाको अवस्थामा GEN-Z समूहका युबाहरु देशको राजनितीक क्षेत्रमा समेत भ्रष्टाचार व्यापत भएको। नेपाली जन्ताले सरकारबाट पाउनुपर्ने शान्ति सुरक्षा सुविधा प्राप्त गर्न नपाएको समेत विषयलाई लिइ काठमाण्डौं नयाँ बानेश्वर क्षेत्रमा समेत शान्ति पूर्ण ढंगले प्रदर्शन आन्दोलन गरि रहेको निज विपक्षी के.पी. शर्मा (ओली) समेत सो शान्ति पूर्ण आन्दोलनबाट रिहाई मिति २०८२ भाद्र २३
गते दिनको अं.१२ बजेको समयमा यी आन्दोलनकारीलाई सिद्धयाई देउ भनि निज विपक्षी के.पी. शर्मा (ओली) ले मौखिक आदेश दिइ सो आदेश क्रियान्वयन भइ सुरक्षाकर्मीले गोली चलाउदा वर्ष २१ को सुलभ राज श्रेष्ट-१, वर्ष १९ को श्री यम चौलागाइ-१, वर्ष ४२ को बुद्धि तमाङ-१. वर्ष १८ को मिसल सारु मगर-१, वर्ष ४५ को पारुहाङ उतमल राई-१, वर्ष २४ को योगेन्द्र न्यौपाने-१, वर्ष ३४ को विनोद महर्जन-१, वर्ष ४२ को दिल नारायण तमाङ-१, वर्ष २१ को प्रविन कुलुङ्ग, वर्ष २१ को उमेश महत-१, वर्ष १७ को निता गौतम-१, वर्ष २१ को शौरभकिशोर श्रेष्ट-१, वर्ष २८ को सुवाष बोहोरा-१, निरज पन्त-१ लगायतक युवाहरुको मृत्यु भएको अवस्था छ। शान्ति पूर्ण प्रदर्शन आन्दोलन गर्ने प्रजातान्त्रिक अधिकार हो कुनै पनि प्रजातान्त्रिक देशमा सरकारले गर्नुपर्ने काम नगरेको भ्रष्टाचार गरेको समेत विषयमा शान्ति पूर्ण प्रदर्शन आन्दोलन गर्न पाउने अधिकार रहेको उल्लिखित युवाहरु सो आफ्नो प्रजातान्त्रिक अधिकार प्रयोग गरी शान्ति पूर्ण जुलुस प्रदर्शन गरी राखेको अवस्थामा उक्त निहत्या युवाहरुलाई उक्त बमोजिम गोली चलाउन लगाई चलाई ज्यान मारेको अवस्था छ। स्मर्ण रहोस कि धेरै जसो युवाहरुको संवेदनशिल अंगमा गोली लागेको अवस्था छ। धेरै अन्य युवाहरु घाईते अवस्थामा भइ उपचार भइ रहेको छ। उक्त कसूर विपक्षी के.पी. शर्मा (ओली) लगायतका अन्य को-को व्यक्ति भइ गरेको सो विषयमा अनुशन्धान तहकिकात गरी गराई अनुशन्धानबाट अपराधी देखिएका व्यक्तिलाई समेत प्रतिवादी बनाई कार्यवाही गरी सजाय समेत गरी गराई पाउँ।
(ग) कसूरको प्रकृति र कसूरसंग सम्बन्धित अन्य विवरणः जघन्य अपराध।
(घ) कसूरसंग सम्बन्धित सबुद प्रमाणः उक्त मृत्यु भएका व्यक्तिहरुको लाश जाँच मेडिकल रिपोर्ट तथा वस्तुस्थिती मुचुल्का समेत बुझी पाउँ।
(७) यो दर्खास्तको व्योहोरा ठीक साँचो छ, झुट्टा व्योहोरा लेखेको ठहरे कानून बमोजिम सहुँला बुझाउँला। प्रहरीद्वारा केश अनुसन्धान हुँदा वा अदालतमा मुद्दा चल्दाका बखत उपस्थित हुनुपर्ने जनाउ पाए सो वमोजिम उपस्थित हुनेनैछु ।
जाहेरवाला
निज अभिषेक प्रताप शाह
इति सम्वत् २०८२ साल भाद्र २८ गते रोज मा शुभम्