Kura Feed News

Kura Feed News News & Update (Janata ko awaaj, News ko Adhar)
Kura Feed is your trusted source for timely and accurate news updates.

बाउआमाको मन, तन, धन र सर्वस्व छोराछोरीकै लागि हुन्छ। तर कहिलेकाहीँ छोराछोरीको एउटा जिद्दीले त्यही बाउआमाको जीवन नै तहसनह...
23/08/2026

बाउआमाको मन, तन, धन र सर्वस्व छोराछोरीकै लागि हुन्छ। तर कहिलेकाहीँ छोराछोरीको एउटा जिद्दीले त्यही बाउआमाको जीवन नै तहसनहस बनाइदिन्छ।

कुनाल पढाइमा निकै अब्बल विद्यार्थी थिए। कक्षा १० मा ९२ प्रतिशत ल्याएका उनी डाक्टर बन्ने सपना बोकेर NEET को तयारी गरिरहेका थिए।

तर उनलाई महँगो मोबाइलको मोह थियो। परिवारको आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि आमाबुवाले किस्तामा मोबाइल किनिदिएका थिए। तर उनी त्यसमा पनि सन्तुष्ट भएनन्।

कुनालका बुवा ट्रक चालक थिए। केही वर्षअघि मात्र रोगका कारण अर्को छोरालाई गुमाएका थिए। उपचारमै परिवारको धेरै सम्पत्ति सकिएको थियो। आर्थिक अवस्था कमजोर थियो।

iPhone नकिनिदिएको विषयलाई लिएर उनी भिरमा पुगे। उनलाई घर फर्काउन आमाबुवा, प्रहरी र गाउँलेले करिब तीन घण्टासम्म सम्झाए। आमा रोइरहिन्। बारम्बार भनिरहिन्, “बाबु, घर हिँड।”

तर अवस्था झन् भयावह बन्यो।

छोरालाई बचाउन बुवाले उनको हात समातेर तान्न खोज्दा दुवै जना भिरबाट खसे। आफ्नै आँखाअघि श्रीमान् र छोराको मृत्यु देखेपछि आमाले पनि त्यहीँबाट हामफालिन्। केही क्षणमै एउटा परिवारको जीवन समाप्त भयो।

यो घटना पढ्दा रिसभन्दा पहिले एउटा प्रश्न उठ्छ। हामी आफ्ना छोराछोरीलाई के सिकाइरहेका छौँ?

महँगो मोबाइल, बाइक, ब्रान्डेड सामान वा ऐशआराम जीवनभन्दा ठूलो होइन। छोराछोरीका हरेक इच्छा पूरा गर्नु नै राम्रो अभिभावक हुनु होइन।

छोराछोरीले आफ्नो इच्छासँगै आमाबुवाको अवस्था बुझ्न पनि सिक्नुपर्छ। परिवारको आर्थिक अवस्था, आमाबुवाको संघर्ष र उनीहरूले आफ्नो लागि गरेको त्याग बुझ्नुपर्छ।

आमाबुवाले पनि छोराछोरीको हरेक माग पूरा गर्नुभन्दा उनीहरूलाई आवश्यकता र इच्छाबीचको फरक सिकाउनुपर्छ। मेहनतको मूल्य बुझाउनुपर्छ। पैसा कमाउन कति संघर्ष गर्नुपर्छ भन्ने सिकाउनुपर्छ।

आज iPhone को माग पूरा भयो भने भोलि बाइकको माग आउन सक्छ। त्यसपछि अझ महँगो चाहना आउन सक्छ। यदि चाहनाको सीमा कहिल्यै तय गरिएन भने त्यसको अन्त्य कहाँ हुन्छ?

छोराछोरीको सपना पूरा गरौँ। तर उनीहरूलाई आफ्ना सपना पूरा गर्न मेहनत गर्न पनि सिकाऔँ।

किनकि महँगो सामान गुम्दा फेरि कमाउन सकिन्छ। पैसा सकिए फेरि कमाउन सकिन्छ। तर गुमेको जीवन कहिल्यै फर्काउन सकिँदैन।

यो घटना आमाबुवा र युवापुस्ता दुवैका लागि गम्भीर पाठ हो। जिद्दी, पैसा र महँगो सामानभन्दा जीवन धेरै मूल्यवान् छ।

यो घटना भारत को हो 🙏

विदेशबाट फर्किए पछि शेरबहादुर देउवा आफ्नो पक्षको नेता कार्यकर्ता भेट्नलाइ सक्रिय भएका छ
23/08/2026

विदेशबाट फर्किए पछि शेरबहादुर देउवा आफ्नो पक्षको नेता कार्यकर्ता भेट्नलाइ सक्रिय भएका छ

TU ले यो वर्षको दीक्षान्त समारोह सातै प्रदेशका राजधानी सहरको उल्लेख छ ।
23/08/2026

TU ले यो वर्षको दीक्षान्त समारोह सातै प्रदेशका राजधानी सहरको उल्लेख छ ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘: "यो कुरा साँचो हो। अहिले देश साँच्चै सङ्कटमा छ। सबैभन्दा ठूलो कुरा, राष्ट्रिय स्वाध...
23/08/2026

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘: "यो कुरा साँचो हो। अहिले देश साँच्चै सङ्कटमा छ। सबैभन्दा ठूलो कुरा, राष्ट्रिय स्वाधीनतामा अहिले जस्तो सङ्कट देखा परेको छ, सायद सुगौली सन्धिपछि यति भयानक सङ्कट नेपालले भोग्नुपरेको थिएन।"

नेपाल सहित ७५ देशका नागरिकलाई भिसा नदिने ट्रम्पको निर्णयलाई अदालतमा रोक लगाउने छ ।
23/08/2026

नेपाल सहित ७५ देशका नागरिकलाई भिसा नदिने ट्रम्पको निर्णयलाई अदालतमा रोक लगाउने छ ।

सरकारसँग सहमति भएपछि बालिका गरिमा चौधरीको आज दिउँसो अन्तिम संस्कार गरिएको छ । 🕊️ Rest in peace garima 🕊️
23/08/2026

सरकारसँग सहमति भएपछि बालिका गरिमा चौधरीको आज दिउँसो अन्तिम संस्कार गरिएको छ । 🕊️ Rest in peace garima 🕊️

सरकारसँग सहमति जुटेसँगै धर्नामा रहेका लघुवित्त पीडितहरू घर फर्किएका छन्। आठवटा बसमार्फत उनीहरूलाई बिदाइ गर्दै घर पठाइएको...
23/08/2026

सरकारसँग सहमति जुटेसँगै धर्नामा रहेका लघुवित्त पीडितहरू घर फर्किएका छन्। आठवटा बसमार्फत उनीहरूलाई बिदाइ गर्दै घर पठाइएको छ ।

यो सरकारले कस्तो काम गर्दै छ, सबैलाई थाहा होला तर दुःखी,पीड़ितको कुराचाही सुन्दै रहिछ,यो ठीक छ,काम पनि फटाफट गरेको हेर्न ...
23/08/2026

यो सरकारले कस्तो काम गर्दै छ, सबैलाई थाहा होला तर दुःखी,पीड़ितको कुराचाही सुन्दै रहिछ,यो ठीक छ,काम पनि फटाफट गरेको हेर्न मन छ!सुभकामना #न्युज

DDC ले प्रारम्भिक परीक्षण चरणमा दुबईमा 500 केजी घी निर्यात गरेको छ र यो वर्ष दुबईमा न्यूनतम 50,000 किलो घिउ निर्यात गर्न...
23/08/2026

DDC ले प्रारम्भिक परीक्षण चरणमा दुबईमा 500 केजी घी निर्यात गरेको छ र यो वर्ष दुबईमा न्यूनतम 50,000 किलो घिउ निर्यात गर्ने सम्झौता गरेको छ।

गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता।
23/08/2026

गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Kura Feed News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share