02/09/2026
भोटेकोशीमा ‘ #ग्रीन आर्मी’को प्रवेश, #परिचालन कसले गर्यो?
भोटेकोशी बाढी #प्रभावित क्षेत्रमा ‘ग्रीन आर्मी नेपाल’ नाम लेखिएको क्यामोफ्लाज पोसाक, टोपी र #दर्जाजस्तो चिह्न लगाएका #व्यक्तिहरू देखिएपछि उनीहरूको परिचालन, अनुमति र समन्वयबारे प्रश्न उठेको छ।
सामाजिक #सञ्जालमा सार्वजनिक तस्बिर तथा भिडियोमा सैनिक शैलीको पोसाकमा देखिएका #उनीहरूलाई कसले, कहाँबाट र #कुन निकायको समन्वयमा प्रभावित क्षेत्रमा पठायो? भन्ने प्रश्न थप पेचिलो बनेको छ।
संस्थाले समाज कल्याण परिषद्को #आबद्धता नम्बर ५१७५५ उल्लेख गरेको भए पनि उक्त नम्बर र संस्थाको दर्ताबारे नै प्रश्न उठेको दाबी गरिएको छ। त्यसैले #सम्बन्धित निकायले ‘ग्रीन आर्मी’को वास्तविक दर्ता, परिचालन र अधिकारबारे स्पष्ट पार्नुपर्ने आवाज उठेको छ।
बाढीपीडितको उद्धारमा स्वयंसेवा स्वागतयोग्य छ, तर सैनिक शैलीको पहिचान र परिचालनको वैधानिकता तथा समन्वय भने स्पष्ट हुनैपर्ने देखिन्छ।
#भोटेकोशी #बाढी #उद्धार #समन्वय