
13/08/2023
१५ लाख रुपैयाँ नक्कली नोटसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बिहीबार काठमाडौं थानकोटबाट नेपाली जाली (नक्कली) नोटसहित केही व्यक्ति पक्राउ परेको र अनुसन्धानका क्रममा भक्तपुर चाँगुनारायण नगरपालिका–४ बुढाथोकी गाउँस्थित सिन्धुपाल्चोक बलेफी नगरपालिका–७ का ४० वर्षीय अर्जुन सुवेदीको कोठाबाट नक्कली नोट सहित नोट बनाउन प्रयोग गरिएको सामान बरामद गरेको छ ।