Yatayat Tv

Yatayat Tv Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Yatayat Tv, News & Media Website, New Baneshwor, Kathmandu.

अनुमानित गर्नुस त बाढी कति ठुलो आएछ।
26/08/2026

अनुमानित गर्नुस त बाढी कति ठुलो आएछ।

नेपाल प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघ द्धरा जारी प्रेश विज्ञप्ती आज बिहान को भिषण बाढी ले अत्यन्तै ठूलो धन...
26/08/2026

नेपाल प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघ द्धरा जारी प्रेश विज्ञप्ती

आज बिहान को भिषण बाढी ले अत्यन्तै ठूलो धनजनको क्षती पुर्याएको छ । उक्त बाढीले बगाइ मृत्यु भएका मृतकहरुप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।बेपत्ताहरुको खोजीमा सरकारको सबै निकायबाट शिघ्र आबस्यक सबै कार्यहोस । यस दुखद घडिमा धनजन गुमाउनुहुने सबैमेरा आत्मिय मित्रहरु तथा समपुर्ण महानुभावहरु प्रती गहिरो समबेदना प्रकट गर्दछु।
यस बिपतको घडिमा उद्दार एव राहत मा सबैले हातेमालो गरौ।

अखिल नेपाल यातायात मजदुर संघ केन्द्रीय समिति द्धरा जारी        प्रेश विज्ञप्ती त्रिशूली नदीमा आएको भीषण बाढीका कारण त्यस...
26/08/2026

अखिल नेपाल यातायात मजदुर संघ केन्द्रीय समिति द्धरा जारी प्रेश विज्ञप्ती

त्रिशूली नदीमा आएको भीषण बाढीका कारण त्यस क्षेत्रको भौतिक पूर्वाधारमा र यातायातका सवारीसाधनमा ठुलो क्षति पुगेको छ। सडक विभागले दिएको पछिल्लो जानकारी अनुसार बाढी र पहिरोका कारण त्रिशूली नदी कोरिडोर र आसपासका क्षेत्रमा रहेका कम्तीमा १९ वटा पुलहरू क्षतिग्रस्त भएका छन्।
यसका साथै बाढीले सो क्षेत्रका विभिन्न खण्डमा गरी कम्तीमा ४० किलोमिटर सडक पूर्ण वा आंशिक रूपमा भत्काउनुका साथै बगाएको छ । यो ठुलो क्षतिका कारण त्यस क्षेत्रको यातायात आवागमन पूर्ण रूपमा ठप्प हुन पुगेको छ ।

१९ वटा पुल र ४० किलोमिटर सडक बगाएको छ।आज बिहान रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ,...
26/08/2026

१९ वटा पुल र ४० किलोमिटर सडक बगाएको छ।

आज बिहान रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्ला प्रभावित भएका छन्। १९ वटा पुल र ४० किलोमिटर सडक बगाएको छ।

त्रिशूली नदीमा आएको भीषण बाढीका कारण त्यस क्षेत्रको भौतिक पूर्वाधारमा ठुलो क्षति पुगेको छ। सडक विभागले दिएको पछिल्लो जानकारी अनुसार बाढी र पहिरोका कारण त्रिशूली नदी कोरिडोर र आसपासका क्षेत्रमा रहेका कम्तीमा १९ वटा पुलहरू क्षतिग्रस्त भएका छन्।

यसका साथै बाढीले सो क्षेत्रका विभिन्न खण्डमा गरी कम्तीमा ४० किलोमिटर सडक पूर्ण वा आंशिक रूपमा भत्काउनुका साथै बगाएको छ । यो ठुलो क्षतिका कारण त्यस क्षेत्रको यातायात आवागमन पूर्ण रूपमा ठप्प हुन पुगेको छ ।

सडक सञ्जाल अवरुद्ध भएपछि तत्काल बन्द बाटो खुलाउन र बिग्रेका संरचनाहरूको अस्थायी मर्मतका लागि सडक विभागले सक्रियता देखाएको छ ।

विभागले क्षतिग्रस्त सडक र पुल भएका स्थानहरूमा पहिरो पन्छाउन र सडक खुलाउनका लागि ठुला तथा हेभी मेसिनरी उपकरणहरू तीव्र रूपमा परिचालन गरेको छ। प्रभावित क्षेत्रका विभिन्न संवेदनशील स्थानहरूमा प्राविधिक टोलीसहित आवश्यक मेसिनहरू तैनाथ गरी काम सुरु गरिएको विभागले जनाएको छ ।

भौगोलिक विकटता र निरन्तरको प्रतिकूल मौसमका कारण अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउने कार्य निकै चुनौतीपूर्ण बनेको छ । धेरै ठाउँमा सडकको जग नै बगेकाले र पुलहरूमा गम्भीर क्षति पुगेकाले यातायात सेवालाई पूर्ववत् अवस्थामा फर्काउन तत्काल नसक्ने देखिएको छ।

सडक विभागले जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन र सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा तय गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

७४८ मेगावाट क्षमताका १३ विद्युत् आयोजनामा असर उत्तरी नाका चिनबाट आएको बाढीबाट कारण रसुवा जिल्ला र नुवाकोट जिल्लामा सञ्चा...
26/08/2026

७४८ मेगावाट क्षमताका १३ विद्युत् आयोजनामा असर

उत्तरी नाका चिनबाट आएको बाढीबाट कारण रसुवा जिल्ला र नुवाकोट जिल्लामा सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी १३ विद्युत् आयोजना प्रभावित भएका छन् । प्रारम्भिक विवरणअनुसार बाढीबाट प्रभावित आयोजनामध्ये ८ वटा सञ्चालनमा रहेका छन् भने ५ वटा निर्माणाधीन अवस्थामा थिए।

yatayattv

नेपाल सरकार प्रधानमन्त्री वालेन्द्र शाहको सन्देशरसुवा बाढी सम्बन्धमा:नेपाल सरकार आपतकालीन मन्त्रिपरिषदले गरेका निर्णय 1....
26/08/2026

नेपाल सरकार प्रधानमन्त्री वालेन्द्र शाहको
सन्देश
रसुवा बाढी सम्बन्धमा:
नेपाल सरकार आपतकालीन मन्त्रिपरिषदले गरेका निर्णय

1. उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल (APF) र नेपाल प्रहरी परिचालन गरिएको छ अन्य जिल्लाहरू बाट पनि अतिरिक्त जनशक्ति प्रभावित क्षेत्र तर्फ move भैसकेको छ ।
2. विपद् व्यवस्थापन प्राधिकरण सक्रिय छ, मेडिकल टिम, स्काउट, रेडक्रस सबै सँग समन्वय हुँदै आवश्यक कदम चाल्न भनिएको छ । अतिरिक्त एम्बुलेन्स र मेडिकल जनशक्ति पनि प्रभावित एरियामा पठाउने प्रक्रिया अघि बढिसकेको छ ।
3. तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित CDO लाई निर्देशन दिईएको छ , sms कल मार्फत जानकारी गराउने सुरक्षित स्थानमा जान अलर्ट गरिएको छ ।
4. सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइमा राख्न भनिएको छ । निजी हेलिकप्टर कम्पनीहरूलाई पनि हेलिकप्टरहरु standby राख्न जानकारी गराइएको छ।
5. अबको केही बेरमा आगामी आवश्यक कदमहरू चाल्न उच्च स्तरीय बैठक बोलाइएको छ ।
6. सबै जना सुरक्षित स्थानमा बस्नुहोला र आफन्तहरू सँग सम्पर्क नभएमा हाम्रो निकायहरूको रेस्क्यु अपडेट कुर्नुहोला । १२३४ नम्बरमा सम्पर्क गरी अन्य जानकारी र राहत बारे बुझ्न सकिनेछ ।

अखिल नेपाल ट्रेड युनियन महासंघको हार्दिक अपिल २०८३/०५/१० गते बुधबार आज विहान करिव ८ बजे रसुवाको भोटेकोशी नदीमा आएको विना...
26/08/2026

अखिल नेपाल ट्रेड युनियन महासंघको हार्दिक अपिल

२०८३/०५/१० गते बुधबार आज विहान करिव ८ बजे रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो संख्यामा मानिसहरु हताहत हुनुका साथै सयौंको संख्यामा घर, पुल, सडक तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगको छ । प्राकृतिक विपत्तिले निम्त्याएको यस दुःखद घटनाप्रति अखिल नेपाल ट्रेड युनियन महासंघ गहिरो दुःख व्यक्त गर्दछ ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीपंक्तिलाई स्थानीय प्रशासनसँग समन्वय गरेर बाढी प्रभावि...
26/08/2026

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीपंक्तिलाई स्थानीय प्रशासनसँग समन्वय गरेर बाढी प्रभावित क्षेत्रमा तत्काल उद्दार, राहत र मानवीय सेवामा जुट्न निर्देशन दिएका छन् ।

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान तिब्बततर्फबाट ठूलो बाढी आएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीपंक्तिलाई उद्दार, राहत र मानवीय सेवामा जुट्न निर्देशन दिएका हुन् ।

नेपाली कम्युनिष्ट पार्टीका सम्पूर्ण पार्टीपंक्तिलाई प्रभावित क्षेत्रमा तत्काल उद्दार, राहत र मानवीय सेवामा जुट्न तथा स्थानीय प्रशासनसँग समन्वय गर्न निर्देशन गर्दछु,’ प्रचण्डले भनेका छन् ।

विपद्को घडीमा नागरिकको जीवनरक्षा पहिलो दायित्व भएको भन्दै उनले संघ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज र आमनागरिक सबै एकजुट भएर उद्दार, राहत तथा मानवीय सहयोगलाई प्रभावकारी बनाउन पनि आग्रह गरेका छन् ।

संयोजक प्रचण्डले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने खतरा औंल्याउँदै सबै नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न अपिल पनि गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात व्यवसायी यातायात मजदुर लगायत सम्पुर्णमा हार्दिक अपिल गर्दछौं नेपालको उ...
26/08/2026

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात व्यवसायी यातायात मजदुर लगायत सम्पुर्णमा हार्दिक अपिल गर्दछौं

नेपालको उत्तरि भेग रसुवा जिल्ला निजिक चिनको तिब्बत बाट सुरु हुँने गोसाइँकुण्ड लेन्दि खोलाको बाँध फुट्न गई भिषण वाडि आईरहेको छ सो तिब्र गतिको वाडिबाट रसुवा जिल्लाको आसपासमा धेरै हाम्रा सवारिसाधन यात्रु हरु लगायत ठुलो जनधनको क्षेति भईरहेको छ माथि देखि तिब्र वेगमा आईरहेको वाडिबाट सुरक्षित रहन गोसाइँकुण्ड,बेत्रावति,त्रिसुलि,मुङलिन नारायणघाट नारायणी नदि आसपासमा रहनु हुने महासंघ मातहातका सम्पुर्ण यातायात ब्यावसायी मजदुर लगायत सबैमा अनुरोध गर्दछु साथै यस बिपदको बेला नेपाल सरकारका सबै निकाए हरु सक्रिय भई त्यस भेगमा जाने सवारिहरुलाई रोकि तत्काल घाइते हरुको उद्वार गर्न र जनधनको सुरक्षार्थ खटिनु हुन हार्दिक अनुरोध गर्दछु ।🙏
अध्यक्ष
पुण्य प्रसाद सिटौला(सरोज)
नेपाल यातायात ब्यावसायी राष्ट्रिय
महासंघ केन्द्रिय कार्यालय ललितपुर

रसुवा।चीनको ल्हेन्दे खोलामा आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूलीतर्फ आइरहेको हुँदा।बाढीका कारण सडकमा जोखिम हुनसक्ने आक...
26/08/2026

रसुवा।चीनको ल्हेन्दे खोलामा आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूलीतर्फ आइरहेको हुँदा।

बाढीका कारण सडकमा जोखिम हुनसक्ने आकलन गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीलाई काठमाडौँमा रोकेको छ ।

काठमाडौंको नागढुंगा र भीमढुंगा नाका प्रयोग गरेर बाहिरिने सवारीसाधनलाई बाहिरिनबाट रोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । उनले भने, ‘जोखिमका कारण त्यसतर्फ जान लागेको सवारीलाई नजान भनिएको छ ।’

यातायात व्यवसायीहरूलाई पनि त्यसतर्फ सार्वजनिक सवारी नपठाउन आग्रह गरिएको एसपी सुवेदीले बताए । उनले भने, ‘हामीले यातायात व्यवसायीहरूलाई पनि नागढुंगा र भीमढुंगातर्फबाट चितवन र धादिङतर्फ सवारी नपठाउन अनुरोध गरेका छौँ ।’

त्यसतर्फ चल्ने चारपाङ्ग्रे निजी सवारी र दुईपाङ्ग्रे सवारीसाधनलाई पनि ट्राफिक प्रहरीले रोकेको छ ।

Address

New Baneshwor
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Yatayat Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share