Tapashya Ranaa Podcast

Tapashya Ranaa Podcast अंतः अस्ति प्रारंभ🙏.....
For Ad, Collab and Business Inquiry, mail us at: [email protected]

जिन्दगी साच्चै केहि छैन। को कतिन्जेल यो धर्तीको पाहुना हो भन्ने टुंगो हुदैन। आज सकुसल भएको हामी, भोलि सुतेकै ठाँउबाट नउठ...
27/08/2026

जिन्दगी साच्चै केहि छैन। को कतिन्जेल यो धर्तीको पाहुना हो भन्ने टुंगो हुदैन। आज सकुसल भएको हामी, भोलि सुतेकै ठाँउबाट नउठन सक्छौ। यहीँ जिन्दगी हो।
जुन घटना आज देशमा घटेकाे छ, त्यो अकल्पनीय हो।
जुन शोकमा आज हामी छौं, त्यो शब्दमा बयान गर्न नसकिने हो।
यो हामी एकजुट हुने समय हो। यो हामी साच्चै, त र म भन्ने भाष्य छोडेर, हामी हुने समय हो। यो हामी एक हौं र हामी सारा नेपाली साथमा छौँ भन्ने पुष्ठि गर्ने समय हो। यो हामी बलियो बनेर एकले अर्कोलाई सहयोग गर्ने समय हो।

मैले आफ्नो तर्फबाट Prime Minister’s Disaster Relief Fund मा सहयोग गरेकी छु। तपाईंहरू पनि आफ्नो क्षमता र इच्छाअनुसार सहयोग गर्नुस। देशलाई सहयोग गर्नुस। हाम्रै दाजुभाइ-दिदीबहिनी-आमाबुवालाई सहयोग गर्नुस। सानो-सानो सहयोगले ठुलो राहत दिन सक्छ।
एक थुकी सुकी, सय थुकी नदि।🙏

र कृपया सामाजिक सञ्जालमा देखिएका व्यक्तिगत बैंक खातामा वा अपरिचित व्यक्तिको खातामा रकम नपठाउनुहोस्। सहयोग गर्दा नेपाल सरकार वा सम्बन्धित आधिकारिक निकायले सार्वजनिक गरेका सरकारी तथा प्रमाणित खाताहरू/कोषहरूमा मात्र रकम जम्मा गरौँ, ताकि हाम्रो सहयोग सही ठाउँमा पुग्न सकोस। रकम पठाउदा तलको तस्वीरमा झैँ 'Prime Minister’s Disaster Relief Fund' लेखेको हेर्नुहोस। अनि पठाउनुहोस।

बाढी तथा विपत्तिबाट प्रभावित सबै परिवारप्रति हार्दिक समवेदना। मृतकप्रती हार्दिक श्रद्धाञ्जली😥।
मनैदेखि प्राथना छ, भगवान यस्तो विपत कहिले नपरोस्🙏।

26/08/2026

मान्छेको जीवन आखिर के नै छ र? हिजो आनन्दले परिवारसंगै बसेर, खाना खाएर सुतेका कसैले पनि, आज यस्तो हुदैछ भन्ने कल्पना समेत गरेका थिएनन। आजै यो धर्तीमा मेरो अन्तिम दिन हुन्छ भन्ने कसले सोच्छ र? तर, विडम्बना, आज रसुवामा आएको बाढीले धेरैलाई आफु संगै लिएर गयो। हामी सबै नेपालीलाई स्तब्ध बनाईदियो। देशलाई अन्धकार बनाईदियो।

अचम्म लाग्छ, जहिले चाडपर्वको मुखमा, देशमा विपत आइपर्छ अनि हाम्रा सयौं-हजारौं दाजुभाइ, दिदिबहिनी र आमाबुवाले ज्यान गुमाउनुहुन्छ। अझ गत वर्षदेखी त, यो भाद्र महिना हाम्रो लागी कालो महिनै भएको छ। पोहोर यहीँ महिनामा, त्यत्रा भाइ-बहिनी गुमाईयो। आज एका बिहानै यस्तो सुनियो। यो घटनाले मन रोएको छ। मन पोलेको छ। अहिले बाढीको हरेक तस्वीर र मानवीय क्षति देख्दा मन छियाछिया हुन्छ। गाह्राे हुन्छ।
यस्तो बेला कृपया सबै एकजुट भइदिनु। राजनीतिकरण नगर्दिनु। हरेक कुरालाई राजनीतिकरण गर्न जरुरी छैन। सबै कुरा गर्ने एउटा उचित ठाँउ हुन्छ। यो बेलामा सक्नुहुन्छ, सहयोग गर्नुस। सक्नुहुन्न भने अनावश्यक पनि नबोल्दिनुस। यो विपत हो। यो बेला अनावश्यक अभिव्यक्ति हैन, साथ र सहयोग चाहिन्छ। मानवता नै पहिलो धर्म हो भन्ने कहिले नभुल्नु🙏....

26/08/2026

Dance को Professional मान्छेसंग Step मिलाउन गाह्रै छ😊...यति चाहिँ जाने है जसोतसो🤭...
हरेस नखाई डान्स सिकाएकोमा, Big salute to Khusi❤️.

हामी तयार छौँ😊....तपाईहरु तयार हुनुहुन्छ??Podcast With Punya Gautam Sir, Coming Soon.
26/08/2026

हामी तयार छौँ😊....
तपाईहरु तयार हुनुहुन्छ??
Podcast With Punya Gautam Sir, Coming Soon.

26/08/2026

Emergency Helpline numbers📢:
APF: 1114
Nepal Police: 100
Ambulance: 102
DEOC: 1234
Asst. CDO Rasuwa : 9851164422
Rasuwa Police: 9851254960
Asst. CDO Nuwakot: 9851248777
Nuwakot Police: 9851282380
CDO Dhading: 9851247777
Dhading Police: 9851229860
Asst. CDO Chitwan: 9855088891
Chitwan Police: 9855013999

Please share among your friends and families !

26/08/2026

को हो त मलाई जिन्दगीमा पहिलोपटक नचाउने व्यक्ति?🤔

दुवैजना खुसी😊.....कि कसो???
25/08/2026

दुवैजना खुसी😊.....
कि कसो???

25/08/2026

लौ, यो पटकलाई यति नै नाच्न जाने है🤭....
बाकी बिस्तारै सिक्दै गरौंला😂.........

25/08/2026

म त नजाने, लै-लै म त नजाने😊....
Singer Babina Kiratee in the house😍.....

25/08/2026

प्रहरीबाट कुटाइ खाएका जेनजी अभियन्ता माजिद अन्सारी, के भन्छन् अहिलेको सरकारबारे?
Comedy Baaz, Ep-16...
युटउबमा आइसकेको छ। हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला।
मायाको लागी धन्यवाद🙏.....

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Tapashya Ranaa Podcast posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category